काठमडौँ । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्मुख छ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा सहसंयोजक माधवकुमार नेपालले अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
गत साता भारतमा उपचार गराएर फर्किनुभएकी चित्रकारलाई भेट्न संयोजक दाहाल र सहसंयोजक नेपाल आज बिहान डल्लुस्थित खनाल निवास पुग्नु भएको हो।
उहाँको स्वास्थ्य अवस्था जोखिमुक्त रहेको र उपचार जारी रहेको पूर्वप्रम खनालले दिनुभएको संयोजक दाहालको निजी सचिवालयले जनाएको छ।रासस
