• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाँकेमा १९३ कुष्ठरोगी
  • ७ घण्टा 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • ७ घण्टा 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • ७ घण्टा 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ८ घण्टा 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • १३ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • १३ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १ दिन 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १ दिन 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ८. विपद्पछि सरुवा रोगको प्रकोप

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

स्वास्थ्यमन्त्री डा गौतमद्वारा तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक

  •  आइतबार, माघ ११, २०८२ मा प्रकाशित

काठमाडौँ  । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको छ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मन्त्रीको जिम्मेवारी सम्हालेपछिको प्रमुख उपलब्धि सार्वजनिक गर्दै सेवा प्रवाह र प्रणालीगत सुधारलाई प्राथमिकता राखिएको बताउनुभयो।

मन्त्रालयले नागरिक केन्द्रित स्वास्थ्य प्रणाली निर्माण गर्ने योजनासहित काम अघि बढाएको उहाँले उल्लेख गर्नुभयो। डा गौतमले गत कात्तिक ९ गते स्वास्थ्यमन्त्रीको पदभार ग्रहण गर्नुभएको थियो। उहाँले सो अवधिमा जेनजी प्रदर्शनमा घाइते भएकाहरूको उपचार तथा व्यवस्थापन, मातृ तथा नवजात शिशु स्वास्थ्य सुधार, मानसिक स्वास्थ्य, खरिद तथा आपूर्ति शृङ्खला व्यवस्थापन, औषधि÷प्रयोगशाला सुधार, वैदेशिक रोजगारमा संलग्न श्रमिक नेपालीको स्वास्थ्य बिमालाई सुधार गर्नेलगायत पक्षलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो।

मन्त्री गौतमले स्वास्थ्य बिमालाई सही दिशामा डो¥याउन विभिन्न विज्ञसँग पटकपटक छलफल र अध्ययन गरेको बताउँदै स्वास्थ्य बिमा सुधारमा जोड दिइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिमाबाट लाखौँ जनताले सेवा पाएका छन् तर बिमाभित्र थुप्रै समस्या थन्किँदै गइरहेको छ।

वित्तीय असन्तुलन, समयमा दाबी भुक्तानी नहुनु, महँगो औषधि दर, दाबी व्यवस्थापनमा कमजोरी, कानुनमा व्यवस्था भएबमोजिम सङ्गठित क्षेत्रलाई बिमामा आवद्ध गराउन नसक्नु, स्वास्थ्य बिमा बोर्डको आन्तरिक क्षमता र व्यवस्थापनलगायत समस्या विद्यमान छन्।” स्वास्थ्यमन्त्री डा गौतमले केही समयअघि स्वास्थ्य बिमा सुधारका लागि राष्ट्रिय कार्यशालाले निक्र्यौल गरेका राय सुझावसम्बन्धी कार्ययोजना तयार पारेको र कार्यान्वयनको लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको बताउनुभयो।

यसैगरी तीन महिनाको अवधिमा जेनजी घाइतेहरूको उपचार तथा व्यवस्थापनमा सरकारको गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम गठित समितिले दुई हजार ६०९ जनाको विवरण सङ्कलन गरेकामा सम्पर्कमा आएका १८९ जनाको वर्गीकरण गरिएको उहाँले जानकारी दिनुभयो।

मन्त्रालयले अस्पतालबाट डिस्चार्ज भइसकेका बिरामीको पुनः परीक्षण (फलोअप) तथा व्यवस्थानका लागि उपत्यका बाहिर ११ र उपत्यकाभित्र पाँच गरी १६ वटा सरकारी अस्पतालमा जेनजी क्लिनिक सञ्चालन गरी सेवा प्रवाह गरिरहेको मन्त्री डा गौतमले उल्लेख गर्नुभयो।

मन्त्री गौतमले केही महत्वपूर्ण ऐनहरू (स्वास्थ्य बिमा ऐन, स्वास्थ्य सेवा ऐन, औषधि ऐन, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान ऐन र स्वास्थ्यकर्मी सुरक्षा ऐन) अध्यादेशमार्फत संशोधन प्रक्रिया अगाडि बढाइएकामा मन्त्रिपरिषद्स्तरसम्म पुगेको जानकारी गराउनुभयो।

उहाँका अनुसार वर्षौँदेखि हुन नसकेको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणलाई मूर्तरूप दिन १५ वटा निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्वसहमति लिई छ वटा निकाय (स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग र अन्तर्गतका कार्यालय, राष्ट्रिय औषधि प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र, सिंहदरबार वैद्यखाना) को प्रतिवेदन सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ।

साथै नवजात शिशु स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न राष्ट्रिय नवजात कार्ययोजना र मातृ तथा पेरिनेटल मृत्यु (गर्भको २८औँ हप्तादेखि जन्मिएको सात दिनसम्मको अवधिमा हुने नवजात शिशुको मृत्यु) अनुगमन तथा प्रतिक्रिया प्रणाली १२१ वटा अस्पताल र ५२ जिल्लामा विस्तार गरिएको विवरण सार्वजनिक गरिएको छ। यसैगरी मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई सहज परामर्श उपलब्ध गराउन देशभरका सबै सङ्घीय अस्पतालहरूमा मनोसामाजिक परामर्श केन्द्र स्थापना गरी सेवा सुरु गरिएको छ।

औषधिको गुणस्तर परीक्षणका लागि राष्ट्रिय औषधि प्रयोगशालाको क्षमतालाई अन्तरराष्ट्रियस्तरमा पु¥याउन आवश्यक पूर्वाधार विकासको प्रक्रिया अघि बढाइएको छ।

वैदेशिक रोजगारमा जाने श्रमिकलाई स्वास्थ्य बिमामा आवद्ध गराउने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको समन्वयमा वैदेशिक रोजगारमा जाने व्यक्तिका लागि स्वास्थ्य परीक्षण सर्वसुलभ तथा गुणस्तरीय बनाउने, उपत्यका र उपत्यका बाहिरका सङ्घीय अस्पतालबाट टेलिमेडिसन (दूर चिकित्सा) सेवा विस्तार गर्ने विषयमा गृहकार्य भइरहेको मन्त्री डा गौतमले जानकारी दिनुभयो।रासस

आइतबार, माघ ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाँकेमा १९३ कुष्ठरोगी
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

बाँकेमा १९३ कुष्ठरोगी

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

सङ्घीय अस्पतालमा शवगृह बनाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.