• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ११ मिनेट 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • १४ मिनेट 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १३ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १७ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १८ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १८ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १८ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २० घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

‘एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन

  •  बिहिबार, चैत १९, २०८२ मा प्रकाशित

टीकापुर । कैलालीको टीकापुरका एचआईभी सङ्क्रमितहरुले पोषण सहयोग नियमित गर्न पालिकासँग माग गरेका छन् । एचआईभी सङ्क्रमितलाई टीकापुर नगरपालिकाले विगत ६ वर्षदेखि पोषण सहयोगबापतप्रति व्यक्ति ६ हजार उपलब्ध गराउँदै आएको छ ।

सङ्क्रमित व्यक्तिको बैंक खातामार्फत पोषणका लागि रकम भुक्तानी हुने गरेको छ । टीकापुरमा गत वर्ष ११५ जनाले पोषण सहयोग लिएका थिए । पोषण सहयोगका लागि गतवर्ष रु सात लाख ५० हजार बजेट थियो । यस वर्ष रु तीन लाखमात्रै बजेट विनियोजन भएकाले नपुग्ने हुँदा पुरानै व्यवस्था अनुसार सहयोग उपलब्ध गराउन सङ्क्रमितको अधिकारका क्षेत्रमा क्रियाशिल नवजीवन एकता समाजका अध्यक्ष जगत भण्डारीले माग गर्नुभयो ।

‘‘एचआईभी सङ्क्रमित शारीरिक रुपमा कमजोर छन्, उनीहरु अन्यव्यक्ति जसरी काम गर्न सक्दैनन्’’, अध्यक्ष भण्डारीले भन्नुभयो, ‘‘पालिकाले दिने थोरै रकमले पनि उनीहरुलाई एक÷दुई महिना छाक टार्न सहयोग हुन्छ । नियमित रुपमा दिइरहेको यस्तो सहयोग घटाउन हुँदैन ।’’ विसं २०६४ मा स्थापना भएको नवजीवन एकता समाजले कैलालीमा एचआईभी सङ्क्रमितको अधिकार, रोग निदान, स्वास्थ्य उपचार र परामर्श जस्ता कार्यमा सघाउँदै आएको छ ।

समाजका अनुसार टीकापुरमा मात्रै १६५ जना एचआईभी सङ्क्रमित छन् । समाजले कैलाली जिल्लाभरिका १८ वर्ष मुनिका ७० जना बालबालिकालाई पोषण र शिक्षाका लागि मासिक रु एक अहजार ५०० उपलब्ध गराउने गरेको छ । ‘‘उनीहरुको शिक्षा आर्जनका लागि कापी किताब किन्न समस्या नहोस् भनी थोरै सहयोग गर्ने गरेका छौँ’’, अध्यक्ष भण्डारीले भन्नुभयो, ‘‘एकल महिलाका समस्या थुप्रै छन् । कमाउने श्रीमान बितेपछि, आफू पनि सङ्क्रमित हुँदाआर्थिक समस्या झेलिरहेका छन् ।’’

सङ्क्रमितको उपचारका लागि कैलालीमा चारवटा स्वास्थ्य संस्थामा एआरटी सेन्टर स्थापना छन् । सेती अस्पताल धनगढी, टीकापुर, अस्पताल, मालाखेती अस्पताल, लम्कीचुहा अस्पतालमा एआरटी सेवा सञ्चालनमा छ । टीकापुर अस्पतालबाट करिब ६०० जनाले एआरटी सेवा लिने गरेका छन् । एक पालिकाको मानिस अझैँ समाजमा सम्मानजनक व्यवहार नभएकाले अर्को पालिक वा टाढाको स्वास्थ्य संस्थाबाट एआरटी तथा उपचार सेवालिइरहेका छन् ।

विगतमा टीकापुर अस्पतालमा उपचार सेवा लिन आउने टाढाका सङ्क्रमित बिरामीलाई नवजीवन एकता समाजमा गाँस, बाँसको व्यवस्थासमेत गरिएको थियो । बर्दगोरियाबाट टीकापुर अस्पतालमा सेवा लिन आउनुभएकी एक महिलाले भन्नुभयो, ‘‘अस्पतालमा रगत परीक्षण लगायतका सेवा लिँदा कहिलेकाहीँ एक÷दुई दिन बस्नुपर्ने हुन्छ, पहिले पहिले यही संस्थामा खान र बस्न पाइन्थ्यो’’, उहाँले भन्नुभयो, ‘‘अहिले आर्थिक समस्याले राख्न सकिँदैन भन्छन्, अब होटलमा बसेर कसरी उपचार गर्नु ? नजिकका अस्पतालमा उपचार गरे सबैले चिन्छन्, समाजमा सङ्क्रमित भनेपछि दुव्र्यवहार गर्छन् ।’’

टीकापुर अस्पतालमा मोहन्याल गाउँपालिका, घोडाघोडी नगरपालिका, बर्दयोरिया गाउँपालिका, लम्कीचुहा, भजनी नगरपालिका, जोशीपुर, जानकीसहित बर्दियाको गेरुवा गाउँपालिकाका बिरामी उपचार सेवा लिनआउने गरेका छन् । टीकापुरले कार्यविधि नै बनाएर विगत केही वर्षदेखि सघाउँदै आएको हो । चालु आर्थिक वर्षमा पालिकामा आर्थिक स्रोत कम भएकाले बजेट घटेको, आगामी वर्ष बजेट व्यवस्था गर्ने नगरपालिकाका कार्यवहाक नगर प्रमुख रामबहादुर नगार्जीले बताउनुभयो ।

‘‘तपाईहरुको उपचार पहिलो प्राथमिकताहो, त्यसबाहेकका समस्यापनि धेरै छन्’’, उहाँले भन्नुभयो, ‘‘पालिकाको जिम्मेवारी धेरै, बजेट कमहुँदाकतिपयकाम इच्छा भएर पनिगर्न सकिएको छैन, आगामीवर्ष बजेट सुनिश्चितगर्नेछौँ ।’’रासस

बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.