• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • ९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • ९ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • ९ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीको चाप

स्वास्थ्य सङ्कटबीच डब्लुएचओ बैठक

  •  सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित

जेनेभा । घातक हान्ता भाइरस र इबोला सङ्क्रमणको नयाँ चुनौतीसँग जुधिरहेको विश्व स्वास्थ्य क्षेत्र अहिले अर्को जटिल मोडमा पुगेको छ । अमेरिका र अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेपछि उत्पन्न अनिश्चितताका बीच सदस्य राष्ट्रहरू सोमबार जेनेभामा वार्षिक विश्व स्वास्थ्य सभाका लागि भेला भएका छन् ।

विश्वव्यापी स्वास्थ्य संयन्त्रको भविष्य, महामारी तयारी र सङ्गठनको वित्तीय स्थायित्व यसपटकको बैठकका प्रमुख चिन्ताका विषय बनेका छन् । विश्व स्वास्थ्य सङ्गठनको निर्णय गर्ने सर्वोच्च निकायका रूपमा रहेको यो वार्षिक सभा शनिबारसम्म सञ्चालन हुनेछ । तर यस वर्षको बैठक नियमित स्वास्थ्य एजेन्डाभन्दा धेरै फरक र संवेदनशील विषयहरूले प्रभावित बनेको छ ।

विश्वव्यापी ध्यान तानेको क्रुज जहाजमा फैलिएको दुर्लभ हान्ता भाइरसको सङ्क्रमण औपचारिक एजेन्डामा नरहे पनि बैठकका अधिकांश छलफलमा यसको प्रभाव देखिने अपेक्षा गरिएको छ । त्यस्तै, कङ्गो लोकतान्त्रिक गणतन्त्रमा पुनः देखिएको इबोला सङ्क्रमणले पनि सदस्य राष्ट्रहरूको चिन्ता बढाएको छ । कूटनीतिक स्रोतहरूका अनुसार डब्लुएचओले यस्ता महामारी र स्वास्थ्य सङ्कटलाई विश्वव्यापी सहकार्य तथा संस्थागत समर्थनको आवश्यकता देखाउने अवसरका रूपमा प्रयोग गर्ने सम्भावना छ ।

स्ता सङ्कटले भूमिका खेल्न सक्ने सङ्केत गर्‍यो । विश्व स्वास्थ्य सङ्गठनका लागि पछिल्लो वर्ष अत्यन्त चुनौतीपूर्ण रह्यो । अमेरिकी फिर्ती घोषणासँगै वित्तीय सहयोग कटौती भएपछि संस्थाले बजेट घटाउनुका साथै कर्मचारी सङ्ख्या पनि कम गर्नुपरेको थियो । त्यसले विश्वव्यापी स्वास्थ्य कार्यक्रमहरूमा प्रत्यक्ष असर पारेको थियो । यद्यपि डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले अप्रिल अन्त्यमा संस्थाले अहिले स्थायित्वतर्फ फर्कँदै अगाडि बढिरहेको दाबी गर्नुभएको थियो । उहाँका अनुसार सङ्गठनले कठिन अवस्थाबीच पनि आवश्यक कार्यलाई निरन्तरता दिन सक्ने अवस्था बनाएको छ । कूटनीतिज्ञ र स्वास्थ्य क्षेत्रका पर्यवेक्षकहरूले पनि अहिलेको अवस्था अझै संवेदनशील भए पनि डब्लुएचओले आगामी दुई वर्षका लागि आवश्यक अधिकांश स्रोत जुटाउन सफल भएको बताएका छन् ।

जेनेभास्थित ग्राजुएट इन्स्टिच्युटको विश्व स्वास्थ्य केन्द्रकी सह–निर्देशक सुरी मुनले हान्ता भाइरस सङ्कटले प्रभावकारी, निष्पक्ष र पर्याप्त वित्तीय स्रोत भएको विश्व स्वास्थ्य सङ्गठन किन आवश्यक छ भन्ने कुरा फेरि स्पष्ट पारेको बताउनुभयो । तर संस्थाभित्रका विभाजनहरू भने अझै कायम छन् । विशेषगरी धनी र विकासशील राष्ट्रबीचको मतभेदले सन् २०२५ मा पारित ऐतिहासिक महामारी सन्धिको महत्त्वपूर्ण अधुरो पक्षमा सहमति जुट्न सकेको छैन । त्यससम्बन्धी वार्ता अब अर्को वर्षसम्म लम्बिने अपेक्षा गरिएको छ ।

अमेरिका र अर्जेन्टिनाको फिर्ती घोषणाले पनि बैठकमा विशेष चासो पाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०२५ मा कार्यकाल सुरु गरेको पहिलो दिन नै अमेरिकालाई डब्लुएचओबाट बाहिर निकाल्ने सूचना दिनुभएको थियो । त्यसको केही समयपछि अर्जेन्टिनाले पनि त्यही बाटो अपनाएको थियो । यद्यपि डब्लुएचओको संविधानमा सदस्य राष्ट्र बाहिरिने स्पष्ट व्यवस्था नरहेकाले संस्थाले अहिलेसम्म ती फिर्तीलाई औपचारिक रूपमा स्वीकार गरेको छैन ।

अमेरिका सन् १९४८ मा डब्लुएचओमा आबद्ध हुँदा एक वर्षअघि सूचना दिएर र बाँकी वित्तीय दायित्व पूरा गरेर बाहिरिन सक्ने अधिकार सुरक्षित राखिएको थियो । तर सूचना अवधिको समय सकिँदासमेत वासिङ्टनले २०२४ र २०२५ का लागि तिर्न बाँकी करिब २६ करोड अमेरिकी डलर बुझाएको छैन । यसले अमेरिकाको कानूनी स्थिति अझ अन्योलपूर्ण बनाएको छ । यसैबीच जनवरीमा बसेको डब्लुएचओ कार्यकारी बोर्ड बैठकमा इजरायलले अर्जेन्टिनाको फिर्तीलाई अनुमोदन गर्ने प्रस्ताव पेश गरेको थियो । त्यस विषयमा अहिलेको सभामा छलफल हुन सक्ने अनुमान गरिएको छ । तर अमेरिकाको बहिर्गमनबारे भने औपचारिक रूपमा कुनै प्रस्ताव अघि सारिएको छैन ।

कूटनीतिज्ञहरूका अनुसार धेरै देश अहिले अमेरिकाको स्थिति अस्पष्ट नै रहन दिन इच्छुक देखिएका छन् । एक युरोपेली कूटनीतिज्ञले नाम नखुलाउने सर्तमा अमेरिका चुपचाप संस्थाबाट अलग हुने अवस्था बनोस् भन्ने अपेक्षा रहेको बताउनुभयो । यसपटकको सभा अर्को महत्त्वपूर्ण कारणले पनि चासोको केन्द्रमा छ । आगामी वर्ष डब्लुएचओको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुँदैछ । अहिलेसम्म कसैले उम्मेदवारी घोषणा नगरे पनि सेप्टेम्बर २४ को मनोनयन समयसीमाअघि यसै साताभित्र केही नाम सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ ।

बैठकमा युक्रेन, प्यालेस्टिनी भूभाग र इरानसँग सम्बन्धित संवेदनशील प्रस्तावहरू पनि प्रस्तुत हुने भएका छन् । ती विषयमा सदस्य राष्ट्रबीच चर्को बहस हुन सक्ने अनुमान गरिएको छ । यस वर्षको सभाको मुख्य केन्द्र भने विश्व स्वास्थ्य संरचनाको पुनर्गठन बन्ने देखिएको छ । विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य निकायबीचको समन्वय अभाव, कार्य दोहोरिने प्रवृत्ति र जिम्मेवारीको अस्पष्टतालाई सुधार गर्ने औपचारिक प्रक्रिया सुरु गर्ने कि नगर्ने भन्ने विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ ।

महामारी तयारी तथा प्रतिकारसम्बन्धी स्वतन्त्र प्यानलकी सह–अध्यक्ष तथा न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले विश्वव्यापी र क्षेत्रीय तहमा कुन काम कसरी प्रभावकारी रूपमा गर्न सकिन्छ भन्नेबारे स्पष्ट जिम्मेवारी निर्धारण आवश्यक रहेको बताउनुभयो । क्यानाडाकी स्वास्थ्यमन्त्री मार्जोरी मिचेलले पनि प्रमुख सदस्य राष्ट्रहरूको बहिर्गमनले डब्लुएचओलाई आफ्ना सदस्य राष्ट्रसँग रणनीति पुनरावलोकन गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय सहायता कोष घट्दै गएको अवस्थामा जलवायु परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्य अधिकारजस्ता विवादास्पद मानिएका विषयहरू उपेक्षामा नपरोस् भन्ने विषयमा पनि सदस्य राष्ट्रहरू सचेत देखिएका छन् । एक कूटनीतिक स्रोतका अनुसार स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न निकायबीच राम्रो समन्वय सुनिश्चित गर्दै कुनै समुदाय वा स्वास्थ्य कार्यक्रम पछाडि नछुटोस् भन्ने उद्देश्यसहित सुधार प्रक्रिया अघि बढाउन खोजिएको हो । तर ‘नलेज इकोलोजी इन्टरनेसनल’ नामक गैरसरकारी संस्थाका थिरु बालासुब्रमण्यमले डब्लुएचओले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी केही गतिविधि पहिले नै सीमित बनाउन थालेको आरोप लगाउनुभयो । उहाँका अनुसार वित्तीय सङ्कट गहिरिँदै जाँदा कतिपय संवेदनशील स्वास्थ्य कार्यक्रमहरू प्रभावित हुन थालेका छन्।रासस

सोमबार, जेठ ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.