• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाँकेमा १९३ कुष्ठरोगी
  • २ घण्टा 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ घण्टा 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ घण्टा 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • ३ घण्टा 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ८ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ८ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २१ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १ दिन 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. विपद्पछि सरुवा रोगको प्रकोप

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  •  बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित

नेपालको स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय, पहुँचयोग्य र प्रभावकारी बनाउने अभियानमा केही व्यक्तित्वहरू आफ्नो समर्पण, नेतृत्व क्षमता र व्यावसायिक दक्षताका कारण विशिष्ट पहिचान बनाउन सफल भएका छन् । त्यस्तै एक व्यक्तित्व हुनुहुन्छ, डा. विश्वबन्धु बगाले । बालरोग विशेषज्ञ, जनस्वास्थ्यविद् तथा अनुभवी स्वास्थ्य प्रशासकका रूपमा उहँले स्वास्थ्य सेवाको विकास, व्यवस्थापन र नीतिगत सुधारमा उल्लेखनीय योगदान पुर्‍याउनु भएको छ ।

हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत भरतपुर अस्पतालमा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (११औँ तह) को जिम्मेवारीमा कार्यरत डा. बगालेले तीन दशकभन्दा लामो स्वास्थ्य सेवाको यात्रामा क्लिनिकल उपचारदेखि नीति निर्माण तहसम्मको अनुभव हासिल गर्नुभएको छ । ग्रामीण स्वास्थ्य चौकीदेखि मन्त्रालयसम्मको उहाँको कार्यअनुभवले नेपालको स्वास्थ्य प्रणालीलाई नजिकबाट बुझ्ने अवसर प्रदान गरेको छ ।

बालरोग विशेषज्ञ डा. बगाले नेपालका हरेक जिल्लामा बाल अस्पतालहरू विस्तार हुनुपर्ने बताउनुहुन्छ । समग्र स्वास्थ्य क्षेत्रलाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउनुपर्ने उहाँको धारणा छ । उहाँ भन्नुहुन्छ, “निजी क्षेत्रलाई इग्नोर गर्नसक्ने अवस्था छैन ।” सामूहिक कार्यमा विश्वास राख्ने डा. बगाले कामको नतिजा राम्रो वा नराम्रो जस्तो आए पनि त्यसको श्रेय व्यक्तिलाई नभई समूहलाई दिनुपर्ने बताउनुहुन्छ ।

भरतपुर अस्पतालको सेवा प्रभावकारी बनाउन आफू प्रयासरत रहेको बताउँदै डा. बगाले भन्नुहुन्छ, “सरकारी अस्पतालमा बिरामीको संख्या बढ्नु भनेको अस्पतालप्रतिको विश्वसनीयता बढ्नु हो । सरकारी अस्पतालहरूमा ओपिडीको भिड व्यवस्थापन सबैतिरको साझा समस्या हो । भरतपुर अस्पतालमा अधिकांश बिरामी स्वास्थ्य बिमाका छन् । बिमाको भुक्तानी समयमा नआउँदा अस्पताल संचालनमा समस्या परेको छ ।”

शैक्षिक यात्रामा अन्तर्राष्ट्रिय उत्कृष्टता

एसएलसी परीक्षा २०५३ को नतिजामा बोर्ड फस्ट हुनुभएका डा. बगालेको शैक्षिक यात्रा अत्यन्त प्रेरणादायी छ । विद्यालय तह (एसएलसी) को अध्ययन सिद्धार्थ वनस्थली इन्स्टिच्युट काठमाडौँबाट पूरा गरेपछि उहाँले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट विज्ञान विषयमा उच्च माध्यमिक शिक्षा (आइएस्सी) को पढाइ सिध्याउनुभयो । त्यसपछि उहाँ पोखरास्थित मणिपाल मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पूरा गरी चिकित्सकीय सेवामा प्रवेश गर्नुभयो ।

बालरोग विषयमा विशेषज्ञता हासिल गर्ने लक्ष्यसहित उहाँले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) बाट एमडी पेडियाट्रिक्स अध्ययन सम्पन्न गर्नुभयो । चिकित्सा सेवामा सक्रिय रहँदै उहाँले जनस्वास्थ्यको महत्वलाई आत्मसात् गर्दै अष्ट्रेलियाको प्रतिष्ठित मेलबर्न विश्वविद्यालयबाट सन् २०२४ मा जनस्वास्थ्य विषयमा स्नातकोत्तर (मास्टर अफ पब्लिक हेल्थ) उपाधि प्राप्त गर्नुभयो ।

उहाँको शैक्षिक उचाइ त्यतिमै सीमित रहेन । विश्वकै अग्रणी शैक्षिक संस्थामध्ये एक हार्वर्ड मेडिकल स्कुल, बोस्टन, अमेरिकाबाट सन् २०२५ मा ग्लोबल क्लिनिकल स्कलर्स रिसर्च ट्रेनिङ कार्यक्रम पूरा गरी उहाँले अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान तथा नेतृत्व क्षमता अझ सुदृढ बनाउनुभयो ।

स्वास्थ्य सेवाको बहुआयामिक अनुभव

डा. बगालेको व्यावसायिक यात्रा नेपालको विभिन्न स्वास्थ्य संस्थासँग जोडिएको छ । सरकारी सेवाअन्तर्गत चितवनको जुटपानी प्राथमिक स्वास्थ्य केन्द्र, भरतपुर अस्पताल, बकुलहर रत्ननगर अस्पताल तथा गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयमा उहाँले महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत रहँदा उहाँले स्वास्थ्य नीति कार्यान्वयन, योजना निर्माण, बजेट व्यवस्थापन, स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन, मानव संसाधन व्यवस्थापन तथा सार्वजनिक स्वास्थ्य कार्यक्रमहरूको अनुगमन र मूल्याङ्कनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्थापनमा उहाँको योगदान उल्लेखनीय रहेको छ ।

स्वास्थ्य प्रशासनसँगै उहाँले बिरामीको प्रत्यक्ष उपचारलाई पनि निरन्तरता दिनुभएको छ । बहिरंग, अन्तरंग तथा आकस्मिक सेवामा बिरामीको उपचार, परामर्श तथा नवजात शिशुहरूको सघन उपचार व्यवस्थापनमा उहाँको अनुभव प्रशंसनीय छ । साथै चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको प्रशिक्षण र क्षमता विकासमा पनि उहाँ सक्रिय रहँदै आउनुभएको छ ।

निजी तथा सामुदायिक स्वास्थ्य सेवामा योगदान

सरकारी सेवाबाहेक डा. बगालेले देशका विभिन्न प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा समेत सेवा प्रदान गर्नुभएको छ । संखुवासभाको हेल्पिङ ह्यान्ड्स क्लिनिकदेखि काठमाडौंका ओम अस्पताल, मनमोहन मेमोरियल अस्पताल, हेल्पिङ ह्यान्ड्स कम्युनिटी अस्पताल तथा चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म उहाँको सेवायात्रा फैलिएको छ । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालमा बालरोग विशेषज्ञका रूपमा कार्य गर्नुका साथै अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) सँग पनि उहाँले स्वास्थ्य सेवामा योगदान दिनुभएको छ ।

डा. बगाले उपचार सेवामा मात्र सीमित नभई अनुसन्धान र वैज्ञानिक लेखनमा पनि सक्रिय हुनुहुन्छ । नवजात शिशुहरूको स्वास्थ्य, नवजात सेप्सिस, बर्थ एस्फिक्सिया तथा दुर्लभ रोगसम्बन्धी उहाँका अनुसन्धान लेखहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भएका छन् । यी लेखहरूले विशेषगरी नेपालका विभिन्न अस्पतालहरूमा बर्थ एस्फिक्सियाको अवस्था, जोखिम कारक र उपचार परिणामसम्बन्धी बहुकेन्द्रित अनुसन्धानले नवजात शिशु स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण तथ्यहरू उजागर गरेका छन् । उहाँको अनुसन्धानले चिकित्सकीय अभ्यासलाई प्रमाणमा आधारित बनाउन सहयोग पुर्‍याएको छ ।

व्यावसायिक नेतृत्व र सामाजिक सक्रियता

नेपाल मेडिकल काउन्सिलका स्थायी सदस्य डा. बगाले नेपाल चिकित्सक संघ र नेपाल बालरोग विशेषज्ञ संघका आजीवन सदस्य हुनुहुन्छ । उहाँ अष्ट्रेलियाको पब्लिक हेल्थ एसोसिएसनको पूर्वविद्यार्थी सदस्यका रूपमा अन्तर्राष्ट्रिय जनस्वास्थ्य सञ्जालसँग पनि आबद्ध हुनुहुन्छ । नेपाल सरकारी चिकित्सक संघ (गोडान) को वरिष्ठ उपाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका उहाँले चिकित्सकहरूको हकहित, स्वास्थ्य सेवा सुधार तथा व्यावसायिक नेतृत्व विकासमा महत्वपूर्ण योगदान दिनुभएको छ ।

उहाँको शैक्षिक तथा व्यावसायिक उत्कृष्टतालाई विभिन्न संस्थाहरूले सम्मानित गरेका छन् । सन् २०२३ मा प्रतिष्ठित ‘अष्ट्रेलिया अवार्ड स्कलरसिप’ प्राप्त गर्नु उहाँका लागि अन्तर्राष्ट्रिय मान्यताको महत्वपूर्ण उपलब्धि थियो । त्यसअघि बकुलहर रत्ननगर अस्पतालमा उत्कृष्ट कर्मचारी पुरस्कार प्राप्त गर्नुभएको थियो । विद्यार्थी जीवनमै उहाँले एसएलसीमा बोर्ड फस्ट भई उत्कृष्ट शैक्षिक पुरस्कार प्राप्त गरी आफ्नो प्रतिभाको परिचय दिनुभएको थियो ।

समर्पित चिकित्सक, कुशल स्वास्थ्य प्रशासक, अनुसन्धानकर्ता तथा जनस्वास्थ्यविद्का रूपमा डा. विश्वबन्धु बगाले नेपाली स्वास्थ्य क्षेत्रका प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ । उपचार, व्यवस्थापन, अनुसन्धान र नेतृत्वका चारै आयाममा सक्रिय उहाँको योगदानले नेपालको स्वास्थ्य प्रणालीलाई अझ प्रभावकारी र जनमुखी बनाउन महत्वपूर्ण भूमिका खेलेको छ । स्वास्थ्य सेवामा गुणस्तर, उत्तरदायित्व र नवप्रवर्तनको पक्षमा निरन्तर लागिपर्नुभएका डा. बगालेको यात्रा आगामी पुस्ताका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि प्रेरणाको स्रोत बनेको छ ।

लमजुङ जिल्लामा जन्मिएर चार कक्षासम्म त्यहीँ अध्ययन गरी कक्षा पाँचदेखि काठमाडौँमा अध्ययन गर्नुभएका डा. बगाले भन्नुहुन्छ, “फस्ट हुनका लागि कहिल्यै पढिन तर अकल्पनीय रुपमा एसएलसीमा बोर्ड फस्ट भएँ । त्यो नै मेरो शैक्षिक यात्राको पहिलो र अन्तिम फस्ट पोजिसन बनेको छ ।” एसएलसीको उत्कृष्ट नतिजा र पढेर डाक्टर बन्नुपर्छ भन्ने बुवा बैकुण्ठप्रसाद बगाले र आमा शरदादेवी बगालेको हौसलाले आफूलाई चिकित्सक बन्न प्रेरणा दिएको डा. बगाले बताउनुहुन्छ ।

बिहिबार, भदौ २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाँकेमा १९३ कुष्ठरोगी
विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
सङ्घीय अस्पतालमा शवगृह बनाइने

लोकप्रिय

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

बाँकेमा १९३ कुष्ठरोगी

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

सङ्घीय अस्पतालमा शवगृह बनाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.