• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • १७ घण्टा 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • १८ घण्टा 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • २० घण्टा 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • २१ घण्टा 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • २ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • २ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ४. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ५. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

क्यान्सरग्रस्त यामबहादुर विकको जीवनको याचना

  •  बुधबार, साउन २५, २०७९ मा प्रकाशित

बागलुङ । क्यान्सरग्रस्त यामबहादुर विकको अहिले कठिन समय चलिरहेको छ । ओछ्यानबाट ‘म बाँच्न चाहान्छु” भनिरहनुभएका ४१ वर्षीय विकले जीवनको याचना गरिरहनुभएको छ । काठेखोला गाउँपालिका–५ का उहाँ क्यान्सरले गाल्दै लगेपछि नौ महिनादेखि ओछ्यान पर्नुभएको हो ।

जस्ताले बारेको छाप्रोमा रोगले थलिएको शरीर लिएर विकले कष्टपूर्ण दिनहरु काटिरहनुभएको छ । एकातिर बाँच्ने रहर, अर्कातिर उपचारमा अर्थाभाव । यस्तो पीडादायी स्थितिबाट विक गुज्रिरहनुभएको छ । क्यान्सरको महँगो उपचार के गरी थेग्ने ? विकलाई कसरी बचाउने ? निरुपाय छन्, परिवारजन । विककी श्रीमती अमृताका अनुसार उपचारमा अहिलेसम्म रु २० लाख बढी खर्च भइसकेको छ ।

“किमो चढाउन डाक्टरले बोलाएको दिन कटिसक्यो पैसा नभएर जान सकिएको छैन”, उहाँले रुँदै भन्नुभयो, “भएको सम्पत्ति, गरगहना उपचारमै गयो ।” दुवैमा सात वर्ष रोजगारी गरेर घर फर्कनुभएका विकलाई दुई वर्षअघि भक्तपुर क्यान्सर अस्पतालमा परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको थियो । पहिले मूत्रनलीमा ट्युमर देखिएको र पछि शरीरमा फैलिएर क्यान्सरको रुप लिएको अमृताले बताउनुभयो ।

“ट्युमर भएको छ भनेपछि शल्यक्रिया गरायौँ, केही समय निको पनि भएको थियो, पछि फेरि रोगले समातेपछि परीक्षण गर्दा क्यान्सर थाहा भयो”, उहाँले भन्नुभयो । अहिलेसम्म विकलाई दुई वटा किमो दिइसकिएको छ । पहिलो किमो चढाएपछि आयुर्वेद उपचारतिर लागेपनि त्यसले उल्टो झन् शरीर, खुट्टा सुन्निने समस्या निम्ताएको अमृताको भनाइ छ । आयुर्वेदले नभएपछि फेरि अस्पतालमै उपचार सुरु गरिएको छ ।

विकलाई भक्तपुर क्यान्सर अस्पतालमै गत महिना दोस्रो किमो दिइएको थियो । चिकित्सकले २० दिनपछि अर्को किमोका लागि बोलाएकोमा पैसा नभएकै कारण जान नसकिएको अमृताले बताउनुभयो ।

किमोका लागि एकैपटकमा रु एक लाख बढी खर्च हुने भएपछि परिवार र आफन्तजन अत्तालिएका छन् । अमृतालाई श्रीमान्लाई केही भइहाले आफ्नो र छोराछोरीको विचल्ली हुने डरले सताएको छ । “आज सञ्चो होला, भोलि सञ्चो होला भन्दाभन्दै बिमारले झन् गाल्दै गयो, अहिले त शरीर पनि हलन चल भएको छ”, अमृताले भन्नुभयो, “डाक्टरले त निको हुँदै जान्छ, नआत्तिनु भन्नुभएको छ, तर उपचारमा जाने खर्च छैन ।”

उहाँले आफन्त, दाजुभाइ र छरछिमेकमा आर्थिक सहयोगका लागि हात थापेको बताउनुभयो । यसअघि करलिम समाज जापानमार्फत रु तीन लाख र बिहुँकोट समाज जापानबाट रु एक लाख बढी सहयोग आएको उहाँको भनाइ छ । गतवर्ष सरकारको विपन्न नागरिक औषधोपचार कोषबाट रु एक लाख रुपैयाँ सहयोग पाएको अमृताले बताउनुभयो । क्यान्सरका बिरामीलाई औषधि खर्चबापत सरकारले दिने मासिक रु पाँच हजार दिलाउन पनि प्रक्रिया अघि बढेको छ ।

प्रवासमा रहेका नेपालीबाट पनि सक्दो आर्थिक सहायताका लागि पहल भइरहेको बागलुङ समाज दक्षिण कोरियाका पूर्वसचिव सज्जनकुमार सिँहले बताउनुभयो । विक परिवारको अवस्था सारै दर्दनाक भएकाले गाउँपालिकासहित राज्यका निकायले पनि सहयोगको हात फैलाउनुपर्ने उहाँको भनाइ छ ।

“नागरिकको स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने हो, विपन्नलाई निःशुल्क उपचार दिलाउने सरकारको नीति पनि छ, तर कार्यान्वयन हुँदैन”, उहाँले भन्नुभयो, “यामबहादुर विक जस्ता कैयन व्यक्ति आर्थिक अवस्था कमजोर भएकै कारण समयमा उपचार नपाइ मर्नुपर्ने स्थिति छ ।”

बुधबार, साउन २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लोकप्रिय

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

ताजा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.