चितवन। नेकपा (माओवादी) बाट चितवन क्षेत्र नं. ३ मा भरतपुर अस्पतालका अध्यक्ष, फिजिसियन डा. भोजराज अधिकारी उम्मेदवार बन्ने भएको छ । नेकपा (माओवादी)ले अधिकारीलाई उम्मेदवार बनाउन निश्चित गरिएको बताएको छ ।
गएको संसदीय निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उक्त क्षेत्रबाट निर्वाचित भएका थिए ।
प्रचण्ड नेकपा एमालेको समर्थनमा विजयी भएका थिए । आगामी मंसिर ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनका तर्फबाट डा. अधिकारी उम्मेदवार बन्नेछन । प्रचण्ड चितवन छाडेर गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने निश्चित भएको छ । अधिकारी उक्त क्षेत्रको बासिन्दा समेत हुन् ।
