चितवन । नेकपा माओवादी केन्द्र बाट चितवन ३ नम्बर क्षेत्रमा उम्मेदवारी दिएका डा भोजराज अधिकारी आफूले यो क्षेत्रबाट भारी मतले जित्ने दाबी गरेका छन ।
आज प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएपछि बोल्दै उनले आफू यो क्षेत्रका ५० हजार बढी मतदातासंग प्रत्यक्ष सम्पर्कमा भएकाले आफू जित्नेमा विश्वस्त रहेको बताए ।
माओवादी नेतृत्वले आफूलाई विश्वास गरेको भन्दै आफ्नो जित पक्का भएको दाबी गरे ।
यसअघि चिकित्सकको रुपमा जनताको सेवामा रहेपछि अहिले मोडेल परिवर्तन गरेर जनताको सेवाका लागि चुनावी माहोलमा होमिएको अधिकारीले बताए ।
यसक्षेत्रबाट गठबन्धनको तर्फबाट प्रदेश ३ ‘क’ मा कांग्रेसका डा.सूर्यकान्त घिमिरे र ३ ‘ख’मा माओवादीका ठाकुर ढकाल उम्मेदवारी दिएका छन ।
