• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १० घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १६ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १६ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १६ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • १ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • १ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • १ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • १ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

बाटोमा रोक्दै, स्यानिटरी प्याड थमाउँदै

  •  सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित

सप्तरी । साँझको बेला छ । कार्यालय बिदा भएर फर्किएका र हाटबजारमा किनमेल गरेर फर्किनेको भीड लागेको छ । सबैलाई दिनभरिको कामको भारी बिसाएर सुस्ताउन घर जाने हतार छ ।

यसैबेला राजविराजस्थित सहिद दशनचौकमा उभिएका एकदर्जन बढी स्वयंसेवी अधिकारकर्मीहरूले बाटो हिँड्ने महिला र किशोरीलाई डाक्दै हातहातमा स्यानिटरी प्याड थमाइरहेका छन् । किशोरीहरूले निसङ्कोच लिए पनि कतिपय महिला सार्वजनिक रुपमा प्याड लिन सङ्कोच मानिरहेका देखिन्छन् । उनीहरूलाई अधिकारकर्मीहरूले बोलाएर महिनावारी हुँदा प्रयोग गर्ने प्याडको प्रयोग र उपयोगिताबारे जानकारी दिन्छन् ।

महिनावारीसँग जोडेर कुनै पनि किसिमको छुवाछूत, विभेद, दुव्र्यवहार वा हिंसा गर्न नहुने र मर्यादापूर्वक जीउन पाउनुपर्ने अधिकारको वकालत गर्छन् । त्यसपछि बल्ल महिला प्याड लिँदै घरका लागि प्रस्थान गर्छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत मूल समारोह समितिले राजविराजमा स्यानिटरी प्याड वितरण गरेर स्वयंसेवक दिवस मनाएको दृष्य हो यो । ‘स्वयं सेवामार्फत ऐक्यबद्धता’ नाराका साथ बाटो हिँड्ने महिला र किशोरीलाई प्याडको प्रयोग र उपयोगिताबारे जानकारी मात्र दिएनन् अधिकारकर्मीहरूले लैङ्गिक हिंसा नगर्न र हिंसा नसहन आग्रह गरे ।

महिनावारीले हाम्रो वरपर भएका मिथ्या, भ्रम, कुसंस्कारलाई फोर्दै, चिर्दै सशक्तिकरण गर्न र स्वयंसेवाको माध्यमबाट सकारात्मक परिवर्तन ल्याउन स्यानिटरी प्याड वितरण गरिएको एक प्रतिनिधि मनोहर पोखरेलले बताउनुभयो । गजेन्द्रनारायण सिंह अस्पताल र ग्रिन नेपालबाट उपलब्ध स्यानिटरी प्याडको पोका पाँच सय महिला, किशोरीलाई वितरण गरिएको ग्रिन नेपालका कोषाध्यक्ष दीपक दासले जानकारी दिनुभयो । सामूहिक मानवताको शक्तिलाई प्रकाश पार्न र महिनावारी सम्बन्धमा रहेको गहिरो अन्धविश्वास, डर र मौनतालाई तोड्न सडकपेटीमा बसेर स्यानिटरी प्याड वितरण उहाँले बताउनुभयो ।

बढ्दो असमानताले उत्पन्न समस्याको साझा समाधान खोज्नको लागि मिलेर काम गर्न आवश्यक छ भनी सन्देश दिन राज्यका प्रतिनिधि र गैरराज्य सङ्घ संस्थाका स्वयंसेवक ऐक्यबद्ध भएर अभियानमा सहभागी रहेको सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लालदासले बताउनुभयो ।

विश्वास, नम्रता, सम्मान र समानताको स्थितिबाट एक अर्कालाई समर्थन गर्दै विकासका लागि ऐक्यबद्ध हुन स्वयंसेवक दिवसले विश्वभरका स्वयंसेवकलाई आह्वान गरेको छ । स्वयंसेवाबाट आउने आनन्द र सन्तुष्टि अतुलनीय रहेको कार्यक्रममा सहभागी लायन्स क्लबका सेकेण्ड डिस्ट्रिक गर्भनर शङ्कर शारदाले बताउनुभयो ।

राजविराजमा १६ दिने अभियानअन्तर्गत विभिन्न संस्थाहरूको संयोजनमा मूल समारोह समितिले ¥याली, गोष्ठी, अन्तरक्रिया, विद्यार्थी सचेतना, कविता र वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गर्दै आएको छ ।

यसैगरी समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वयंसेवकको ठूलो भूमिका रहेको छ । स्वयंसेवा मानवताको पर्याय पनि हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्ले, राजविराज नगरपालिकाकी अनिता चौधरी, सामुदायिक सेवा केन्द्रका सचिव सञ्जय शर्मा, सहसचिव धीरेन्द्र दास, आसमान नेपालकी शान्ता सिंह, हेल्प मधेसका अध्यक्ष प्रमोद शर्मा, पत्रकारलगायतको सहभागिता रहेको थियो । रासस

सोमबार, मङि्सर १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.