• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

रोग लाग्दा समुदायको सहारा बन्यो ‘जीवन वरदान’

  •  सोमबार, पुष ११, २०७९ मा प्रकाशित

झापा । मेचीनगर–९ का ४२ वर्षीय खगेन्द्र दर्जीलाई सात महिनाअघि ठूलो आन्द्रामा क्यान्सर रोग सङ्क्रमण भएको पहिलोपटक थाहा पाउँदा उपचार गर्न नसकेर मरिएला कि भन्ने चिन्ताले पिरोलेको थियो । उपचार धान्नै नसक्ने महँगो हुने र लामो अवधि लाग्ने भएका कारण आर्थिक अवस्था नाजुक भएका खगेन्द्रजस्ता क्यान्सर सङ्क्रमित अत्तालिनु अस्वाभाविक होइन । स्वास्थ्य परीक्षण, शल्यक्रिया र औषधिको विभिन्न चरण पार गर्दा बिरामीले उपचारका लागि घरखेत नै बेच्नुपर्ने बाध्यता आउने गरेको छ ।

रोगले थलिएको कठिन अवस्थामा दर्जीको उपचार खर्च झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले व्यहोरिदिएको छ । क्यान्सर उपचारको अधिकांश खर्च सहारा नेपालले व्यहोरेपछि दर्जी चिन्तामुक्त भएर सुविधा सम्पन्न पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारमा जुट्नुभएको छ । “अस्पतालमा भर्ना हुँदाको शय्या, शल्यक्रिया र औषधि खर्च सहाराले नै भुक्तानी गरिरहेको छ”, हाल १२औँ चरणको केमो उपचार गरिरहनुभएका दर्जी भन्नुहुन्छ, “क्यान्सर लागेको पहिलोपल्ट थाहा पाउँदा उपचार गर्न नसकेर मरिन्छ होला जस्तो लागेको थियो, अब सबै खर्च सहाराले व्यहोर्ने भएपछि बाँच्छु भन्नेमा ढुक्क भएको छु ।”

सहारा नेपालले विनाकारण उहाँको उपचार खर्च व्यहोरेको भने होइन । सहारा नेपालका सहकारी शेयर सदस्य दर्जी संस्थाको ‘जीवन वरदान’ कार्यक्रमको सदस्य रहनुभएको छ । हरेक शेयर सदस्यले वार्षिक रु तीन हजार चार सय ७५ बुझाएपछि ‘जीवन वरदान’ कार्यक्रमको सदस्य बन्न पाउँछन् । ती सदस्य जटिल बिरामी भएमा उपचार खर्च संस्थाले व्यहोर्दै आएको छ ।

‘जीवन वरदान’ के हो ?

आफ्नो संस्थाका सदस्य बिरामी भएको र दुर्घटनामा परेका अवस्थामा उपचार सुविधा पु¥याउनका लागि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको स्वास्थ्य कार्यक्रम हो ‘जीवन वरदान’ । ‘जीवन वरदान’ कार्यक्रमको सदस्य बन्नका लागि सबैभन्दा पहिला शेयर सदस्य हुन जरुरी छ । संस्थाले शेयर सदस्यलाई वार्षिकरुपमा शुल्क लिएर सदस्यता नवीकरण गरिदिन्छ ।

सदस्य बनेबापत एउटा स्मार्ट कार्ड पाउँछन् सदस्यले । शल्यक्रिया गर्नुपर्ने र श्ययामा भर्ना हुनुपर्ने कुनै पनि अवस्थाको बिरामीले मान्यताप्राप्त स्वदेशी अस्पतालमा सो कार्ड देखाएर उपचार सेवा लिनसक्ने व्यवस्था संस्थाले मिलाएको छ । प्रदेश नं. १ को बिएन्डसी हस्पिटल, बिर्तासिटी हस्पिटल, मनमोहन हस्पिटल, ओमसाई पाथिभरा हस्पिटल, नोभेल मेडिकल कलेज, न्यूरो हस्पिटल, बिराट मेडिकल कलेज मात्र होइन, काठमाडौँका नर्भिक हस्पिटल, ग्रान्डी हस्पिटलजस्ता ३४ वटा ठूला निजी हस्पिटलमा उपचार गराउन सक्ने सुविधा ‘जीवन वरदान’ कार्यक्रमले प्रदान गरेको संस्थाका उपनिर्देशक लक्ष्मणप्रसाद खतिवडाले बताउनुभयो ।

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान होस् या काठमाडौँको वीर अस्पताल, सहाराको ‘जीवन वरदान’ कार्यक्रमका सदस्यले त्यहाँ उपचार सुविधा पाउने गरेका छन् । भारतको प्रख्यात राजीव गान्धी क्यान्सर अस्पताल, मेदान्त अस्पताललगायतमा समेत उपचार गराउन सकिने सुविधा संस्थाले प्रदान गरेको उहाँको भनाई छ । बिएन्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीले सहारा नेपालको ‘जीवन वरदान’ कार्यक्रमबाट क्यान्सर लगायतका ठूलो रोग लागेका बिरामीको उपचारको जिम्मेवारी लिएर समुदायबाट प्रशंसा पाएको बताउनुभयो ।

गिरीका अनुसार बिएन्डसी हस्पिटलमा सहारा नेपालले हेल्थ डेस्क नै सञ्चालन गरेर बिरामीलाई उपचारमा सहजीकरण गरिरहेको जानकारी दिनुभयो । यस्तो हेल्प डेस्क झापाको बिर्तासिटी र मनमोहन हस्पिटलमा समेत राखिएको छ । ती डेस्कमा स्वास्थ्य क्षेत्रका जानकार कर्मचारी खटाइने गरेको छ । वार्षिक रु एक करोडभन्दा बढी उपचार शुल्क तिर्नुपर्ने अस्पतालमा सहारा नेपालले ‘जीवन वरदान’ कार्यक्रमको हेल्प डेस्क राखिने गरेको कार्यक्रमका संयोजक भक्तबहादुर खड्का बताउनुहुन्छ ।

छ लाखसम्मको शल्यक्रिया सुविधा

सहारा नेपालको ‘जीवन वरदान’ कार्यक्रमबाट बिरामीले शल्यक्रियाबापत रु छ लाख र औषधिबापत रु पाँच लाखसम्मको सुविधा पाउने गरेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिनुभयो । “क्यान्सरको उपचारकै कुरा गर्ने हो भने शल्यक्रिया गर्दा छ लाखसम्म र केमो चढाउँदा पाँच लाख रुपैयाँसम्मको खर्च व्यहोर्दै आएका छौँ”, ‘जीवन वरदान’ कार्यक्रमका परिकल्पनाकार गिरीले भन्नुभयो, “यसरी हेर्दा रु दश लाखभन्दा बढीको उपचार सहाराको सदस्यले ‘जीवन बरदान’बाट पाउनुहुन्छ ।”

नेपाली सेना र नेपाल प्रहरीको कल्याण कोषबाट सैनिक तथा प्रहरीले जस्तोसुकै बिरामी र दुर्घटनाको अवस्थामा निःशुल्क उपचार पाउने गरेको थाहा पाएर त्यही उत्प्रेरणाबाट ‘जीवन वरदान’ कार्यक्रमको थालनी २०६७ सालमा सुरु गरिएको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख गिरीले बताउनुभयो । “हामीले यो कार्यक्रम सुरु गर्दा ३५० जना सदस्य हुनुहुन्थ्यो, उहाँहरुलाई बिरामी भएका अवस्थामा उपचार गरेको बिलका आधारमा १० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराइन्थ्यो”, गिरीले भन्नुभयो, “२०७० सालदेखि मुटु, मिर्गौला र क्यान्सरजस्ता घातक रोगका बिरामीलाई २५ हजार रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराउने निर्णय भयो ।”

हाल सहारा नेपालको ३० हजार सदस्य जीवन बरदान स्वास्थ्य कार्यक्रमको सदस्य बनिसकेको कार्यक्रमका संयोजक भक्तबहादुर खड्काले जानकारी दिनुभयो । सदस्यले वर्षेनी बुझाउने शुल्क र संस्थाले वार्षिक आयबाट छुट्याउने निश्चित प्रतिशत रकमको स्वास्थ्य कोष बनाएर राखिएको रकम नै हाल करोडौं भइसकेको छ । जसबाट सदस्यको उपचार खर्च व्यहोर्ने गरिएको उहाँ बताउनुहुन्छ ।

संस्थाले जीवन वरदान कार्यक्रमलाई आफ्नो सबैभन्दा महत्वको परियोजना मानेको छ । विर्तामोडस्थित प्रधान कार्यालयमा यसको छुट्टै शाखा सञ्चालनमा छ भने अस्पतालमा सेवाग्राहीको सुविधाका लागि हेल्पडेक्सहरु स्थापना गरिएका छन् । हेल्पडेस्कका कर्मचारीले सेवाग्राहीलाई अस्पतालको उपचार सेवामा सहजीकरण गर्दै आएका छन् ।

साना तथा मझौला रोगको उपचारका लागि १२ वर्षअघि परिकल्पना गरिएको जीवन बरदान कार्यक्रम हाल पूर्वी नेपालको आकर्षक स्वास्थ्योपचार कार्यक्रमका रुपमा स्थापित भइसकेको पहिलो सदस्य बन्नुभएका संस्थाका संस्थापक सदस्य छविलाल खतिवडाले बताउनुभयो ।

उहाँका अनुसार कार्यक्रमका सदस्यको बाबुआमा र सासूससुरामध्ये कसैको निधन हुँदा संस्थाले किरिया खर्चवापत रु ३० हजार र सरायवापत रु ३० हजार दिने गरिएको छ । सदस्य सुत्केरी हुँदा रु दुई हजारको पोषण सहयोग र शल्यक्रिया भएका बिरामी अस्पतालबाट घर फर्किसकेपछि समेत ‘होम केयर’ सुविधा दिइने गरिएको छ । मधुमेह, रक्तचाप, दम, थाइराइड लगायतका १० वटा दीर्घरोगका बिरामीको औषधि खरिदमा ५० प्रतिशत अनुदान यसै कार्यक्रमबाट दिइने गरिएको छ ।

कार्यक्रमका संयोजक खड्काका अनुसार आव २०७६÷७७ मा एक हजार दुई सय ३८ जना, आव २०७७÷७८ मा एक हजार तीन सय पाँच जना, आव २०७८÷७९ मा एक हजार चार सय ६० जना र चालू आर्थिक वर्षको पाँच महिनामा पाँच सय ७० जना बिरामीले ‘जीवन वरदान’ कार्यक्रमबाट उपचार सुविधा लिइसकेका छन् । बिवगत १२ वर्षमा यस्तो स्वास्थ्योपचार सुविधा लिने सदस्यको सङ्ख्या पाँच हजार नाँघिसकेको उहाँले बताउनुभयो ।

उपचार पाउनेमा अधिकांश महिला रहेको र उल्लेख्य सङ्ख्यामा मुटु, मिर्गौला, क्यान्सरजस्ता जटिल रोग लागेकाहरु रहेका छन् । सहिद दशरथ माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एवं राजनीतिकर्मी हरिचरण बानियाँ सहाराको ‘जीवन बरदान’ कार्यक्रम ग्रामीण तथा सहरमा बस्ने विपन्न तथा मध्यम वर्गका समुदायको स्वास्थ्योपचारका लागि अत्यन्त आवश्यक सावित भएको बताउनुहुन्छ । “म र मेरी श्रीमती दुवै जना क्यान्सरको उपचार गराइरहेका छौँ, यसमा सहाराको यस कार्यक्रमबाट धेरै सुविधा पाएका छौँ”, उहाँले भन्नुभयो, “अरु सहकारीले सदस्यसँग बचत तथा ऋणको मात्र कारोबार गर्छन्, तर सहाराले रोग लाग्दा उपचारकोसमेत जोहो गरिदिएको छ ।”

सहारा नेपालको यो स्वास्थ्य उपचार कार्यक्रम लोकप्रिय भएपछि संस्थाको शेयर सदस्य बन्न चाहनेहरु बढेका छन् । संस्थाका अध्यक्ष हरि राजवंशीका अनुसार निकट भविष्यमा सहाराका सबै सदस्यलाई उपचार निःशुल्क बनाउने लक्ष्य राखिएको छ ।

शेयर पुँजी डेढ अर्ब नाघ्यो

झापाको विर्तामोडमा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको शेयर पुँजी डेढ अर्ब नाघेको छ । सदस्य र पुँजीका आधारमा देशकै ठूलो सहकारी संस्था बनेको दाबी गर्दै संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा शेयर पुँजी रु एक अर्ब ६३ करोड १४ लाख ८० हजार पाँच सय पुगेको जानकारी दिनुभयो ।

झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुर गरी छ जिल्लामा ७९ वटा सेवा केन्द्र रहेको सहारा नेपालमा एक लाख ५९ हजार सात सय ७८ जना शेयर सदस्य र पाँच सय १५ जना कर्मचारी कार्यरत छन् । संस्थाको जगेडा कोषमा रु. एक अर्ब ११ करोड २१ लाख ६६ हजार आठ सय ४० जम्मा रहेको र कूल वासलात रु १५ अर्ब ३८ करोड पुगेको उहाँले बताउनुभयो ।

बचत, ऋण, लघुवित्त, स्वास्थ्योपचार र सामाजिक सेवाका विभिन्न कार्यमा अग्रणी रहेको यस सहकारीले बैंकिङ, गरिबी निवारण, रोजगार सिर्जना, व्यावसायिक प्रवद्र्धन, सामाजिक जागरणका क्षेत्रमा अतुलनीय योगदान पु¥याउँदै आएको संस्थाका अध्यक्ष हरि राजवंशी बताउनुहुन्छ ।

कोरोना महामारी र युक्रेन युद्धका कारण सिर्जित आर्थिक मन्दीसँग जुझ्दै सहारा नेपालले आफ्ना सदस्यको आर्थिक क्रियाकलापमा कमी आउन नदिएको जनाउँदै उहाँको भनाइ छ । यस वर्ष रु ४९ करोड ७७ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । रासस

सोमबार, पुष ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.