• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ८ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १२ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १२ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १२ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १३ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १६ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. विपद्पछि सरुवा रोगको प्रकोप

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

डडेल्धुरा अस्पतालमा जनशक्ति अभाव

  •  आइतबार, पुष २४, २०७९ मा प्रकाशित

डडेल्धुरा । सुदूरपश्चिमको एक मात्रै सङ्घीय सरकार मातहतमा रहेको डडेल्धुरा अस्पतालमा जहिल्यै पनि जनशक्ति अभाव हुने गरेको छ । उपक्षेत्रीयबाट सङ्घीय सरकारको मातहतमा रहने गरी डडेल्धुरा अस्पताल नामकरण गरिए पनि अस्पतालमा दक्ष जनशक्तिको अभाव छ । १९ जना विषय विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल १२ जना मात्रै कार्यरत छन् । त्यसमा पनि तीनजना मात्रै दरबन्दीअनुसार स्थायी छन् भने नौजना छात्रवृत्तिका चिकित्सक हुन् ।

दरबन्दी अनुसारका विषय विशेषज्ञ चिकित्सक नहुँदा यस क्षेत्रका बिरामीहरूलाई उपचारका लागि तराईका जिल्ला धाउनुपर्ने बाध्यता छ । सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको केन्द्रमा रहेको अस्पतालमा चिकित्सकलगायत मेडिकल अधिकृतको समेत अभाव हुँदा यहाँका बिरामी उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता छ । यसबाट आर्थिक व्ययभारसमेत स्थानीयवासीले बढी व्यहोर्नु परेको गुनासो छ ।

अठार जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा हाल तीनजना मात्रै मेडिकल अधिकृत छन् । यसअघि आठजना मेडिकल अधिकृत थिए । उहाँहरू छात्रवृत्तिबाट अध्ययन सकेर आउनुभएको थियो । उहाँहरू दुई वर्ष काम गरेर जानुभयो । अठार जना मेडिकल अधिकृतमध्ये तीनजना मात्रै हुँदा बिरामीको उपचारमा समस्या हुने गरेको अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा चेतराज भट्टले बताउनुभयो ।

अहिले अस्पतालमा फिजिसियन एक, हाडजोर्नी विशेषज्ञ दुई, बालरोग विशेषज्ञ दुई, एमडिजिपी एक, जनरल सर्जन दुई, रेडियोलोजिष्ट एक, नाककान घाँटी रोग विशेषज्ञ एक, एनएसथिसियोलोजिष्ट एक, ल्याब एक गरी १२ जना विशेषज्ञ चिकित्सक रहेको अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा भट्टले जानकारी दिनुभयो । अझै दरबन्दीअनुसार सातजना विशेषज्ञ चिकित्सकको अभाव रहेको बताउनुभयो ।

अस्पतालमा ३५ जना नर्स भए पनि हाल १० जना सुत्केरी बिदामा बस्दा वार्डमा समस्या छ । एक सय शय्या रहेको अस्पतलामा आइसियु, एनआइसियु, सर्जिकल वार्ड, जेनेरल वार्ड, इमरजेन्सीलगायतका वार्डहरू सञ्चालनमा रहेका छन् । एउटा वार्डमा पाँचजना नर्स खटाउँदा पनि ३० जना खटिनुपर्छ । अहिले १० जना नर्स बिदामा बस्दा उपचार र बिरामीको हेरचाहमा समस्या भइरहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयसँग बारम्बार दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मीको माग गरे पनि पूर्ति हुन नसकेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । छात्रवृत्तिमा आउने चिकित्सकहरू पनि एक वर्ष बस्ने र त्यसपछि बिदामा बस्ने, अरू अस्पतालमा दरबन्दी मिलाई जाने गरेका कारण अस्पतालमा जहिल्यै जनशक्ति अभाव हुने गरेको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताउनुभयोे । अस्पतालमा दक्ष जनशक्ति नहँुदा बिरामी, गर्भवती र ज्येष्ठ नागरिकलाई बढी समस्या हुने गरेको छ । रासस

आइतबार, पुष २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.