• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ८ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १२ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १२ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १२ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १३ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १६ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • १०. विपद्पछि सरुवा रोगको प्रकोप

टीकापुर अस्पतालमा हाडजोर्नीको विशेषज्ञ सेवा

  •  शुक्रबार, पुष २९, २०७९ मा प्रकाशित

टीकापुर । कैलालीको टीकापुर अस्पतालले हाडजोर्नीको समस्या भएका तीनदेखि चार बिरामीको दैनिक शल्यक्रिया गर्ने गरेको छ ।

अस्पतालमा गत वर्ष हाडजोर्नीको समस्या भएका पाँच सय ३७ जटिल तीन सय छ सामान्य खालको शल्यक्रिया गरिएको छ । अस्पतालमा यस वर्षको मङ्सिरसम्ममा दुई सय ३५ जटिल एक सय ३३ जनाको सामान्य शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । विगतमा साधारण शल्यक्रिया सेवा मात्र दिने गरेको अस्पतालले विगत दुई वर्षदेखि सर्जन चिकित्सकको सेवा दिँदै आएको छ । अस्पतालमा साधारणलगायत जटिल शल्यक्रियासमेत हुने गरेको छ । अस्पतालले हातखुट्टा भाँच्चिएका, कापका जोर्नी, जोर्नीको प्रत्यारोपण, मेरुदण्डको शल्यक्रिया, शल्यक्रियापछि किलाकाटा निकाल्ने, नसा काटिएका, घुँडाको जोर्नीको मेसिनका माध्यमबाट पनि शल्यक्रिया सेवा दिन थालेको छ ।

मेरुदण्डको शल्यक्रियाका लागि चिकित्सक नभएकाले नियमित गर्न नसकिएको अस्पतालले जनाएको छ । एमआरआइ सुविधा नभएकाले दूरबिनका माध्यमबाट हुने शल्यक्रिया गर्न समस्या भइरहेको अस्पतालका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ तथा अस्पतालका प्रमुख रेमकुमार राईले जानकारी दिनुभयो । “एमआरआइ गर्न गएका अधिकांश बिरामी फिर्ता नआउने समस्या छ”, उहाँले भन्नुभयो, “अस्पतालमा सुत्केरी, पत्थरीलगायतको शल्यक्रिया सेवासमेत हुने गरेको छ । पित्तथैलीमा भएका पत्थरी र आन्द्राको शल्यक्रिया हुने गरेका छन् ।”

उहाँले बिरामीको लेखाजोखा गरेर बिरामीलाई फाइदा हुने अवस्थामा शल्यक्रिया गर्ने गरिएको बताउनुभयो । “बिरामीलाई थप जोखिम हुने भएमा अन्य विधि अपनाउन सल्लाह दिन्छौँ । हामी सरकारी अस्पतालका चिकित्सक भएकाले चाहिने भएमात्र शल्यक्रिया गर्छौं”, उहाँले भन्नुभयो, “विगतमा १५ शय्याको अस्पताल थियो । हाल ५१ शय्याका छ । हामीले आफैँले थपेर ७८ शय्या सञ्चालन गरेका छौँ ।” डाक्टर राईले सेवा दिनका लागि धेरै उपकरण अभाव भएको बताउँदै भन्नुभयो, “म आएपछि प्रदेश सरकारलाई अनुरोध गरेर धेरै बजेट ल्यायौँ र आवश्यक उपकरण खरिद गरेका छाँै ।”

अस्पताललाई सबैले सहयोग गरेर राम्रो बनाउनुपर्ने उहाँका भनाइ छ । “बिरामीको चाप धेरै छ । अब विशेषज्ञ थपिएमा सेवा दिने ठाउँ छैन । बेड छैन”, डा राईले भन्नुभयो, “बिरामीको चाप व्यवस्थापन गर्न थप लगानी बढाउनुपर्छ । अस्पतालमा न्यूनतम दरमा सेवा दिइन्छ । यहाँका बिरामीले बाहिर सेवा लिन जानुपरेको छैन जसले आर्थिक खर्च र समय बचाएको छ ।”

अस्पतालले यसरी शल्यक्रियामा खट्ने वा थप सेवा दिने चिकित्सकलाई प्रोत्साहनलगायतका सेवा दिन्छ । अस्पतालमा शल्यक्रिया सेवा लिन नसक्ने आर्थिक अवस्था कमजोर भएकालाई छुटको सुविधा पनि दिने गरेको अस्पतालले जनाएको छ । “अस्पतालमा अहिले पनि सबै खालका विशेषज्ञ सेवा उपलब्ध छैनन्”, “अर्थोपेडिक चिकित्सकलाई अन्य विशेषज्ञ चिकित्सक पनि चाहिन्छ । त्यो अझैँ छैन”, डा राईले भन्नुभयो, “यहाँ आउने चिकित्सक पनि भौतिक र आर्थिक सुरक्षा खोज्ने भएकाले आउन चाहँदैनन् । विकट ठाउँमा बस्दा ज्ञान, सीप विकास गर्न सकिँदैन ।” सिकेका सबै सीप प्रयोग गर्न नपाएकाले आफू पनि बेलाबेलामा रिफ्रेसर तालिम लिन जाने गरेको उहाँको भनाइ छ ।

आफू टीकापुर आउनुअघिको अवस्था सम्झदै डा राई भन्नुहुन्छ, “म आउँदा हाडजोर्नीका केही सामान थिएनन्, अहिले धेरै सामान व्यवस्था गरिएको छ । यहाँका नागरिकको माग धेरै छ । थप सेवा दिनका लागि हामीलाई वातावरण बनाइदिनुपर्छ ।” अस्पतालमा सुविधा सेवा भएन भन्नुभन्दा कसरी सेवा राम्रो बनाउने, कसरी व्यवस्था राम्रो बनाउने भन्नेमा यहाँका नेतृत्वले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट सोडारी अस्पतालमा हाल अर्थोपेडिक, जनरल सर्जरी, अन्य इमर्जेन्सीलगायतका सेवा पाइने भएकाले दैनिक पाँच सय बढी बिरामीले सेवा लिइरहेका बताउनुभयो । “अहिले शय्या अभावको समस्या छ । हामीले सय शय्या बनाइदिन पहल गरिरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “प्रदेश सरकारले शय्या अनुमति दिएर थप दरबन्दी स्वीकृति र बजेटको व्यवस्था गरेमा थप सेवा सुचारु गर्न सकिन्छ ।”

यसअघि हाडजोर्नीका बिरामी उपचार गराउन भारत, नेपालगञ्ज जानुपर्नै बाध्यता थियो। टीकापुर अस्पतालले सेवा दिन थालेपछि आम नागरिकले ठूलो राहत महसुस गरेका छन् । हाडजोर्नीका बिरामीको उपचार गर्न अन्यत्र जाँदा आर्थिक भार पर्नुका साथै कुरुवाको समस्या पर्ने गरेको छ । बर्दिया र कैलालीका बिरामीले यतिखेर हाडजोर्नीको उपचारलाई थप सुविधायुक्त बनाउनुपर्नेमा जोड दिइरहेका छन् । “टीकापुर अस्पतालको सेवा चुस्त दुरुस्त बनाउन यहाँका जनप्रतिनिधिले ध्यान दिन जरुरी छ”, स्थानीय भुवनेश्वर अधिकारीले भन्नुभयो, “टीकापुर अस्पतालले दिइरहेको विशेषज्ञ सेवामा सुधार भइरहेको छ, तर भइरहेको सेवालाई थप प्रभावकारी बनाउन अस्पताल व्यबस्थापन समितिले स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्न जरुरी छ ।”

उहाँले हाडजोर्नीका बिरामीले राहत पाएको भए पनि शुल्कलगायत अन्य सुविधाका बारेमा अस्पतालले सोच्न जरुरी छ भन्नुभयो । रासस

शुक्रबार, पुष २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.