• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ७ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ११ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १२ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १२ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १२ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १४ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १५ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १७ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. विपद्पछि सरुवा रोगको प्रकोप

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

पाँच वर्षमा शुक्लाफाँटा नगरपालिकाले पाँच जनालाई चिकित्सक बनाउने

  •  सोमबार, माघ ०९, २०७९ मा प्रकाशित

कञ्चनपुर ।पाँच वर्षमा पाँचजनालाई चिकित्सक (एमबिबिएस) र इन्जिनियरिङ पढाउन शुक्लाफाँटा नगरपालिकाले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरेको छ ।

नगरपालिकाले नगर क्षेत्रका जेहन्दार तथा विपन्न अवस्थाका विद्यार्थीमध्ये अब्बल विद्यार्थीको छनोट गरी एमबिबिएस र इन्जिनियरिङ पढाउने भएको हो । प्रत्येक वर्ष एक÷एकजनाका दरले पाँच वर्षमा पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी एमबिबिएस र इन्जिनियरिङ पढाउनका लाागि कार्यक्रम अघि सारिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताउनुभयो । “पढाइ पूरा नहुन्जेलसम्मका लागि पूरै खर्च नगरपालिकाले व्यहोर्ने गरी छात्रवृत्ति प्रदान गर्छौं”, उहाँले भन्नुभयो, “छात्रवृत्ति पाएर एमबिबिएस र इन्जिनियरिङ उत्तीर्ण गरेका छात्रछात्रालाई नगरपालिकामै रोजगारी उपलब्ध गराउने योजनासहित कार्यक्रम अगाडि बढाइएको छ ।”

चालू आवमा छात्रवृत्ति प्रदान गर्नका लागि रु १५ लाख बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । रु १० लाख एमबिबिएस पढ्नेलाई र रु पाँच लाख इन्जिनियरिङ पढ्नेलाई छात्रवृत्ति प्रदान गरिनेछ । “पढाइमा अब्बल रहेका विद्यार्थी आर्थिक अभावका कारण एमबिबिएस तथा इन्जिनियरिङ पढ्नबाट वञ्चित नहुन भनेर चालू आवको नीति तथा कार्यक्रममै छात्रवृत्तिको कार्यक्रम ल्याउने घोषणा गरेका थियौँ”, नगरप्रमुख रणबहादुर महराले भन्नुभयो, “चालू आवदेखि नै एमबिबिएस र इन्जिनियरिङ पढ्न चाहनेलाई छात्रवृत्तिबापतको रकम उपलब्ध गराउँछौँ ।”

पढाइ पूरा नहुन्जेलसम्म छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीको खर्च नगरपालिकाले ब्यहोर्ने उहाँले जानकारी दिनुभयो । “सामुदायिक विद्यालयमा पढेका कक्षा १२ मा राम्रो अङ्क ल्याएका विद्यार्थीले आर्थिक अभावकै कारण रोजेको विषय पढ्न नपाएको गुनासो अभिभावकले पटक–पटक गरेको सुनेका छौँ, त्यसै समस्यालाई निराकरण गर्दै, आर्थिक अभावले पढाइ छाड्नु नपरोस् भनेर कार्यक्रम अघि सारेका हौँ”, उहाँले भन्नुभयो ।

नगरपालिकाबाट छात्रवृत्ति पाएर पढेका विद्यार्थीले कम्तीमा दुई वर्ष नगरपालिकाको स्वास्थ्य संस्था र प्राविधिक फाँटमा रहेर काम गर्नुपर्ने सर्त अघि सारिएको छ । पढाइ पूरा गरी नगरपालिकाका स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकलाई र इन्जिनियरिङ पढेकालाई नगरपालिकाले सम्झौता गरी तलबमानमा रोजगारी उपलब्ध गराउने नगरप्रमुख महराले बताउनुभयो । रासस

सोमबार, माघ ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.