• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल

  •  बिहिबार, माघ १२, २०७९ मा प्रकाशित

बलेवा ।गलकोट नगरपालिका–५ को हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर नगर अस्पताल बनाइएको छ ।

नगर अस्पतालको सबै मापदण्ड पूरा गर्न नगरपालिकाले दरबन्दी पूरा गर्ने, आवश्यक पूर्वाधार र सामग्रीको जोहो गर्ने तयारी गरेको छ । त्यसका लागि हालको जग्गा कम भएकाले दुई रोपनी जमिन थप गर्ने तयारीसमेत गरिएको वडा नं ५ का अध्यक्ष पवन हमालले बताउनुभयो ।

पन्ध्र शय्याको अस्पताल बनाउने तयारी पछि यहाँको संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता भएको हमालले जानकारी दिनुभयो । त्यसका लागि कम्तीमा दुई जना डाक्टर रहने व्यवस्थापन गरिएको छ । हाल दरबन्दीमा रहेका एकजना डाक्टरले मात्र सेवा प्रवाह नपुगेपछि अर्का डाक्टरको थप गर्न लागिएको हो । “छात्रवृत्ति करारमा आएका डा राजेश पौडेललाई नगरपालिकाले समेत सेवा थप गरेर राख्ने तयारी छ”, उहाँले भन्नुभयो, “नियमित डाक्टर बस्ने भएमा सेवाग्राहीमा पनि विश्वास बढेर नगर अस्पतालको गरिमा बढ्छ ।” गलकोट नगरपालिका वडा नंं ५ र ६ बाहेक ताराखोला गाउँपालिकालाई पायक पर्ने प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नति हुँदा गलकोट नगरपालिका भरका सेवाग्राहीले पनि सेवा लिन पाउने छन् ।

नगरपालिकाले स्वास्थ्य मन्त्रालयलाई ‘ओएनएम’ सर्भे गरिदिन पनि आग्रह गरेको छ । यो अस्पतालमा नियमित उपचार सेवाबाहेक शल्यक्रिया सेवा पनि सञ्चालनमा छ । नगरपालिका र अस्पतालमा जानकारी नभई डाक्टर हिँड्ने प्रवृत्ति अन्त्य गर्न पनि अधिकांश नगरवासीले माग गरेका छन् । अस्पतालमा अहिले नै दैनिक ५० देखि ६० बिरामी आउने गर्छन् ।

तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्दा यो केन्द्र पनि अस्पताल बनाउने निर्णय भएको थियो तर नगरपालिकाले नयाँ भवन बनाएपछि मात्रै अस्पतालको स्वरुप बन्न लागेको हो । “तीन वर्षअघिनै बोर्ड फेरे पनि सबै पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेर बल्ल अस्पताल बनाउन लागेका छौँ”, नगरप्रमुख भरत शर्मा गैरेले भन्नुभयो, “भएका जनशक्ति र सामग्रीबाट आएका बिरामीको उपचार भने नियमित थियो ।” अस्पतालका लागि कुनै पूर्वाधार र जनशक्ति मन्त्रालयबाट नआउँदै नगरपालिकाले आन्तरिक स्रोतबाट जनशक्ति राखेर सञ्चालनमा ल्याएको हो ।

अस्पताल बन्नका लागि १५ शय्या, एक जना विशेषज्ञ डाक्टरसहित तीन डाक्टर, सुरक्षित प्रसूतिकर्मीलगायतको स्वास्थ्यकर्मीको दरबन्दी चाहिन्छ । औषधि र एम्बुलेन्सलगायतका साधन पनि प¥याप्त बनाएर अस्पताललाई चुस्त बनाउन लागिएको नगर उप्रमुख फमलाल निउरेले बताउनुभयो । अमित बिल्डर्सले बनाएको केन्द्रको नयाँ भवनले अस्पताल सञ्चालनमा सहज भएको हो । अस्पताल भए पनि चाहिने अन्य पूर्वाधारका लागि भने जग्गा अभाव भएपछि नजकिको जग्गा व्यवस्थापन गर्न नगरपालिकाले चासो दिएको हो ।

मन्त्रालयका प्राविधिक आएर सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेपछि मात्रै सरकारले दरबन्दी र उपकरण दिने प्रक्रिया ‘ओएनएम’ हो । “ओएनएम सर्भे भयो भने पाइने सेवा सुविधाबाट गलकोट अस्पताल राम्रो चल्छ”, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देबप्रकास घिमिरेले भन्नुभयोे, “आवश्यक स्थानमा सेवा प्रवाहमा चाहिने तालिमलगायतको सेवा कार्यालयले सहयोग गर्छ ।” कार्यालयले अहिलेसम्म औषधि र अन्य उपकरणमा पनि साथ दिएको थियो । केही समयदेखि यहाँ फेयरमेड फाउण्डेसन र ग्रामीण स्वास्थ्य सुधार परियोजनाले पनि उपकरणमा साथ दिएको छ । यहाँ कम्तीमा एकजना विशेषज्ञ डाक्टरसहित दुई मेडिकल अधिकृत, एक जना हेल्थ असिस्टेन्ट, तीन जना अनमी, दुई जना अहेव, दुई नर्स रहने व्यवस्था छ । हाल पाँच शय्या सञ्चालन भएको अस्पताललाई १५ पन्ध्र बनाउन लागिएको हो । रासस

बिहिबार, माघ १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.