• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

नवलपरासी पूर्वमा २८ कुष्ठरोगी उपचाररत

  •  आइतबार, माघ १५, २०७९ मा प्रकाशित

मध्यविन्दु ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको पुस मसान्तसम्म नौ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि पुससम्म जिल्लामा नौ जना नयाँ कुष्ठरोगी पहिचान भएको जनाइएको छ ।

जिल्लामा अहिले नयाँ र पुराना गरी २८ कुष्ठरोगीले औषधि सेवन गरिरहेका छन् । औषधि सेवन गरिरहेका कुष्ठरोगीमध्ये १२ पुरुष र १६ महिला रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले बताउनुभयो ।

“अहिले गैँडाकोट नगरपालिकामा १२ जना कुष्ठरोगी रहनुभएको छ”, प्रमुख चापागाईंले भन्नुभयो, “देवचुली नगरपालिकामा छ, कावासोती नगरपालिकामा पाँच, विनयी त्रिवेणी गाउँपालिकामा तीन, मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा एक÷एक कुष्ठरोगी औषधि सेवन गरिरहनुभएको छ ।”

नयाँ फेला परेका कुष्ठरोगीमध्ये पुरुष सात र महिला एक जना छन् । “जिल्लाको मध्यविन्दु नगरपालिकामा एक पुरुष, गैँडाकोट नगरपालिकामा एक जना पुरुष एक महिला, हुप्सेकोट गाउँपालिकामा एक पुरुष र कावासोती नगरपालिकामा एक पुरुष नयाँ कुष्ठरोगी भेटिएका छन् ।” उहाँले भन्नुभयो, “नयाँ फेला परेका कुष्ठरोगीले नियमित औषधि सेवन गरिरहेका छन् ।”

नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा गत आव २०७८÷७९ को असारसम्म २३ जना कुष्ठरोगी फेला परेका थिए । आव २०७७÷७८ को असारसम्म जम्मा सङ्क्रमितको सङ्ख्या ३५ थियो । “जिल्लामा प्रत्येक वर्ष कुष्ठरोगीको सङ्ख्या घट्दै गइरेको छ”, प्रमुख चापागाईंले भन्नुभयो, “समयमै उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत् जागृत गराइएपछि रोगीको संख्या क्रमिकरूपमा घट्दै गइरहेको छ ।”

कुष्ठरोग माइक्रो ब्याक्टेरियम लेप्री नामक ब्याक्टेरियाद्वारा सर्ने एक प्रकारको ब्याक्टेरियल इन्फेक्सन हो । यो लामो समयसम्म रहने र लगातार बढ्ने खालको सङ्क्रमण हो । अन्य सरुवा रोगको तुलनामा कम सर्ने रोग भए पनि बिरामीले हाच्छँयु गर्दा रोग सर्ने सम्भावना रहन्छ ।

उठबस गर्दा, हात मिलाउँदा यो रोग सर्दैन । “मुख्यरूपमा नशा, हातखुट्टा, नाकको भाग र श्वास लिने तन्त्रलाई प्रभावित गर्ने गरेको भन्दै प्रमुख चापागार्इंले भन्नुभयो, “कुष्ठरोगले नशालाई क्षतिग्रस्त गर्नुका साथै छालामा घाउ पार्दै मांशपेशीलाई कमजोर पार्छ ।”

छालामा रातो फुस्रो दाग देखिने, छाला नदुख्ने, गिर्खा आउने, अनुहारको छाला रातो र चम्किलो हुने, कानको लोती बाक्लो हुने, आँखा झिम्काउन नसकिने, शरीरको कुनै भागमा छोएको थाहा नहुने, हातखुट्टा लत्रिने जस्ता कुष्ठरोगका लक्षण हुन् ।

नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत् निःशुल्क रूपमा कुष्ठरोगको औषधि उपलब्ध गराउने गरेको छ । प्रत्यक वर्ष जनवरी २९ तारिकका दिन मनाइँदै आइएको विश्व कुष्ठरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी विश्वभर मनाइँदै छ । ७०औँ विश्व कुष्ठरोग दिवसको नारा ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ तय गरिएको छ । रासस

आइतबार, माघ १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.