• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, कार्तिक १२, २०८३
बुधबार, कार्तिक १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • १७ घण्टा 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • १७ घण्टा 

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा
  • १८ घण्टा 

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • २ दिन 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • २ दिन 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • २ दिन 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • २ दिन 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ३ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ४. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ५. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ६. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ७. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

  • ८. मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

स्वास्थ्य शिविरले स्थानीयवासीलाई राहत

  •  सोमबार, फागुन १५, २०७९ मा प्रकाशित

रामपुर (पाल्पा) । आधारभुत स्वास्थ्य सेवा गाउँघरकै स्वास्थ्य संस्थामै हुने भए पनि छाती र पेट दुख्ने समस्याले ६० वर्षीय हुमकला कामी राम्रो उपचारको अभावमा ग्रस्त हुनुहुन्छ ।

आर्थिक अभावका कारण उहाँले निजी अस्पतालमा गएर उपचार गराउन सक्नुभएको थिएन । हाल रामपुरमा मुटु तथा मृगौलाका बिरामीलाई लक्ष्य गरी बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकाले उहाँलाई पनि यसबाट राहत मिलेको छ । शिविरमा आफ्ना रोगको उपचार गराउन पाउँदा हुमकला खुशी देखिनुहुन्छ ।

“छाती, पेटसम्बन्धी समस्याले बेला–बेलामा दुःख दिएको थियो, गाउँका स्वास्थ्य संस्थामा उपचार गरायो पटक्कै निको नहुने” हुमकला भन्नुहुन्छ, “बाहिरका अस्पतालमा गएर उपचार गर्न सक्ने क्षमता छैन, हामीजस्ता रोगसँग लडेर बाँचेका बिरामीलाई गाउँमै शिविरमार्फत सेवा पाउँदा ठूलो राहत मिलेको छ” । उहाँले मुटु, पेट र छातीको परीक्षण गराई निःशुल्क औषधि समेत पाउनुभयो । आर्थिक अभावका कारण सहर जानुपर्ने बाध्यताबाट मुक्ति मिलेकोमा हुमकला खुसी हुनुहुन्छ । शिविरमा उपचारसँगै निःशुल्क औषधि पनि पाएइपछि ज्येष्ठ नागरिक र महिलालाई सहज भएको उहाँ बताउनुहुन्छ ।

शिविरमा स्थानीयवासी दुर्गाप्रसाद श्रेष्ठ पनि गाउँमै विशेषज्ञसहितको सेवा पाएइएकाले अन्यत्र उपचार गर्न जाने समस्या टरेको बताउनुहुन्छ । चौरासी वर्षका उहाँले शिविरमा मुटु, मृगौला र रगत परीक्षण गराउनुभएको थियो । बुढेसकालमा गाउँमै उपचार पाउँदा दुर्गाप्रसाद पनि खुसी हुनुहुन्छ । “यहाँ मुटु तथा मृगौलाको परीक्षण नहुँदा ठूला शहरमा जानुपर्ने बाध्यता थियो । यसरी गाउँमा शिविर सञ्चालन गरी बिशेषज्ञ सेवा उपलब्ध भएकामा जेष्ठ नागरिकलाई धेरै राहत भयो ”, उहाँ भन्नुहुन्छ ।

रोटरी क्लव रामपुर, ज्योतिपुन्ज युवा क्लव, रोट्रायाक्ट क्लव अफ बुटवलको आयोजनामा मुटु तथा मृगौला रोगीलाई प्राथमिकता दिएर सञ्चालन गरिएको शिविरमा एक हजार २१० जनाले उपचार गराएका थिए । कालीगण्डकीवेशी, पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपुरवासीले शिविरबाट स्वास्थ्य परीक्षण गराउनाका साथै निःशुल्क औषधि पनि पाएका थिए।

रामपुर नगरपालिकाको समन्वयमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, कालीगण्डकी आँखा उपचार केन्द्र, शहीद बहुमुखी क्याम्पसको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका बिशेषज्ञसहित ६० भन्दा बढी स्वास्थ्यकर्मी सहभागी थिए । नगरप्रमुख रमणबहादुर थापा मुटु तथा मृगौलालाई प्राथमिकता दिएर शिविर आयोजना गरिएकाले स्वास्थ्योपचारमा स्थानीयवासीको चासो बढेको बताउनुहुन्छ ।

स्वास्थ्य परीक्षणका साथै रोग निदान हुने गरी उपचार गरिएकाले शिविर प्रभावकारी भएको उहाँको भनाइ छ । “पालिकाले बेला–बेलामा यस्ता शिविर सञ्चालन गर्दै आएकामा अहिले ज्येष्ठ नागरिक, बालबालिका तथा महिलालाई लक्ष्य गरी सो शिविर आयोजना गर्ने गरिएको हो”, नगरप्रमुख थापा जोड दिनुुहुन्छ ।

उक्त अस्पतालका अध्यक्ष एजाज अलाम स्वास्थ्यजस्तो संवेदनशील कुरामा बेवास्ता गर्दा घातक रोगको सिकार बन्नु परेकाले मुटु, मृगौलाजस्ता रोग समयमै पहिचान गरी उपचार गराउन सजग बनाउने उद्देश्यले अस्पतालले विभिन्न ठाउँमा शिविरमार्फत सेवा दिइरहेको बताउनुहुन्छ । शिविरमा स्वास्थ्य परीक्षण गराउने स्थानीयवासीको ठूलो भीड देखिन्थ्यो । रगत परीक्षण, ईसिजि, ईको, मुटु, मृगौलालगायत परीक्षणसहित औषधि पनि एउटै स्थानबाट पाएपछि उपचारका लागि अन्यत्र जाने झण्झटबाट मुक्त भएको सेवाग्राहीहरु बताउँछन् । शिविरमा सेवा पाउँदा बिरामी उत्साहित भएर लामबद्ध पालो पर्खेर बसेका थिए ।

सेवाग्राहीलाई समस्या नहोस् भनी आयोजकले स्वयम्सेवक परिचालन गरेकाले सेवा लिन निकै सहज भएको स्थाीयवासी अनिल भट्टराई बताउनुहुन्छ । बेला–बेलामा स्थानीयस्तरमा सञ्चालन हुने स्वास्थ्य शिविरबाट आर्थिक समस्या भएका, ज्येष्ठ नागरिक, बालबालिका, महिला तथा विभिन्न पेशा, व्यावसायमा आवद्ध व्यक्तिले प्रत्यक्ष फाइदा लिनसक्ने रोटरी क्लव अफ रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठ बताउनुहुन्छ ।

यस्ता शिविरले स्थानीय नागरिकलाई उपचारमा सुविधा पुग्नाका साथै अकालमा ज्यान गुमाउनु पर्ने अवस्था केही हदसम्म भए पनि अन्त्य हुने स्थानीयवासी बताउँछन् । रामपुरमा मृगौलाको डायलायसिस प्रविधि नहुदा अन्यत्र जानुपर्ने बाध्यता रहेको भन्दै यहाँ पनि डायलायसिस सेवा उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ । रासस

सोमबार, फागुन १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

ताजा

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.