• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ५ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ९ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १० घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १० घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १० घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १२ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १३ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १५ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

सञ्चालन भएन मलमूत्र व्यवस्थापन केन्द्र

  •  शनिबार, चैत ११, २०७९ मा प्रकाशित

टीकापुर ।कैलालीको टीकापुरस्थित मानव मलमूत्र व्यवस्थापन केन्द्रमा करिब एक वर्षमा ४५ ट्याङ्कर मलमूत्र पु¥याइएको छ । विसं २०७८ मा सुरु भएको केन्द्रमा एक वर्षमा उक्त परिमाणमा मलमूत्र व्यवस्थापनलाई ल्याइएपछि एकपटक पनि प्रशोधन गरिएको छैन । प्रशोधन प्रक्रिया सुरु हुन आवश्यक मलमूत्र नआएपछि प्रशोधन प्रक्रियाबाट मलमूत्र छान्ने काम अलपत्र परेको छ । केन्द्र अलपत्र पर्न थालेपछि यतिखेर परामर्शदाताका कर्मचारीले नगरपालिका र निजी सङ्कलक ट्याङ्कर चालकसँग छलफल थालेका छन् । सञ्चालन भएको दुई वर्षसम्म निर्माण कम्पनीले सञ्चालन गर्नुपर्ने शर्त छ । तर, सञ्चालन भएर नगरपालिकालाई हस्तान्तरण गर्ने अवधि एक बाँकी रहँदा केन्द्र सञ्चालन हुन नसकेपछि चिन्ताको विषय भएको छ ।

केन्द्र सञ्चालन गर्न आवश्यक मलमूत्र अभावकै कारण प्रशोधन प्रक्रियामा कहाँ कहाँ कमजोरी छ भनेर हेर्न नपाएको परामर्शदाताको भनाइ छ । मलमूत्रको अभावले प्रशोधन गर्ने प्रक्रिया नै सुरु नभएको साना सहरी खानेपानी आयोजनाका इन्जिनियर पारसमणि भट्टले जानकारी गराउनुभयो । “मलमूत्र अभावले केन्द्र सञ्चालन नभएको हो”, भट्टले भन्नुभयो, “प्रशोधन केन्द्र सञ्चालन हुन दैनिक नौ घनमिटर मलमूत्र भएपछि मात्र सिस्टम चल्छ ।”

एउटा ट्याङ्करमा तीन घनमिटरसम्म मलमूत्र हुन्छ । दैनिक सञ्चालनलाई तीन ट्याङ्कर मलमूत्र आवश्यक रहेको उहाँको भनाइ छ । “केन्द्र सञ्चालनलाई योजना बनाएर टीकापुरमात्र नभई अन्य पालिकाबाट पनि मलमूत्र ल्याउन आवश्यक छ ।” उहाँले परामर्शदाताले सञ्चालनको पहल गरिरहेको बताउनुभयो ।
नगरपालिकाले एउटा शौचालयको मलमूत्र सङ्कलन गर्न रु दुई हजार पाँच सय शुल्क लिन्छ भने निजी ट्याङ्करले पनि सोही शुल्कमा सङ्कलन गर्छ । टीकापुर नगरपालिकामा शुल्क तिरेको आधारलाई मान्ने हो भने वर्षमा ७७ ट्याङ्कर मलमूत्र केन्द्रमा पुग्नुपर्ने हो । नगरपालिकाको एउटा र दुई निजी ट्याङ्करले मलमूत्र सङ्कलन गर्छन् । कैलाली जिल्ला खुलादिसा मुक्त क्षेत्र भए पनि सङ्कलन भएको मलमूत्र मेसिनको सहयोगमा ट्याङ्करले खुल्ला क्षेत्रमा फाल्छन् । मलमूत्र फाल्दा घरधनीबाट खुला क्षेत्रमा फाल्नुपर्छ भन्दै थप शुल्क लिने गरेका छन् ।

“वर्षभरिमा नगरपालिकाको ट्याङ्करले ७७ घरको शौचालयबाट मलमूत्र सङ्कलन गरेको देखिन्छ भने व्यवस्थापनमा जम्मा ४५ ट्याङ्कर सङ्कलन भएको देखिन्छ”, मलमूत्र व्यवस्थापनका ल्याब टेक्नेसियन आफन्त चौधरीले भन्नुभयो, “सङ्कलन गर्ने ट्याङ्करकै कारण र कतिपयले घरधनीले घर नजिकै खुला मलमूत्र फाल्दा व्यवस्थापन केन्द्र पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन भने दिसामुक्त क्षेत्रको अवधारणालाई बेवास्ता गरिँदै आएको छ ।” समाजसेवी निर्मला कडायत भन्नुहुन्छ, “नगरपालिका र यस क्षेत्रका अन्य पालिकाले खुला दिसा फाल्नेलाई कारबाही गर्ने नीति नबनाएसम्म करोडौँ लगानीमा बनेको संरचना चल्न सक्दैन”, उहाँले मलमूत्र फाल्दा खुला फाल्ने र घरधनीसँग थप शुल्क लिनेलाई स्थानीय सरकारले कारबाही गर्नुपर्छ ।”

मलमूत्र व्यवस्थापन केन्द्रले दैनिक नौ घनमिटरअर्थात् नौ हजार लिटर मलमूत्र व्यवस्थापन गर्न सक्छ । पछिल्लो जनगणनाअनुसार टीकापुरमा १९ हजार घरधुरी छन् भने ९० हजार जनसङ्ख्या छ । केन्द्रमा प्रशोधन भएको पानी जमरा कुलामा पठाउने व्यवस्था मिलाइएको छ । शौचालयबाट निकालिएको मलमूत्र आफ्नै बारीभित्रै र खुला क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने समस्या थियो । अब प्रशोधन गरेर ऊर्जा निस्कनेछ । एकपटक प्रशोधन प्रक्रिया सुरु गरेपछि २६ दिनको प्रक्रिया हुन्छ । पक्रिया पूरा भएपछि मल सङ्कलन हुन्छ । झोल थिगिँ्रदै सफा पानीमा परिणत हुन्छ । नगर प्रमुख रामलाल डगौरा थारुले अहिले परामर्शदाताले नै सञ्चालन गरिरहेको मलमूत्र सङ्कलनका लागि पहल भइरहेको बताउनुभयो । “हामीले पटकपटक छलफल गरेका छौैँ, यसलाई व्यवस्थित गरेर सञ्चालनको तयारीमा छौँ, करोडाँैको संरचना भएकाले अन्य पालिकासँग समन्वय गरेर व्यवस्थितरुपमा चलाउने तयारीमा छौँ ।” रासस

शनिबार, चैत ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.