• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १४ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १४ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

चुनौती बन्दै क्षयरोगीको पहिचान

  •  मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित

दमौली । व्यास नगरपालिकाका निवासी २८ वर्षीय पुरुष निराजन थापालाई गत फागुनमा दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्यो । उहाँलाई साँझपख हल्का ज्वरो आउने र पसिना आउने लक्षण देखा परेपछि दमौली अस्पतालमा आएर परीक्षण गर्दा क्षयरोग पुष्टि भयो ।

“लगातार दुई हप्ता खोकी लाग्ने, छाती दुख्ने र श्वास फेर्न गाह्रो हुने लक्षण थियो, अस्पताल गएर परीक्षण गराउँदा क्षयरोग रहेछ,” उहाँले भन्नुभयो, “त्यही बेलादेखि नियमित औषधि सेवन गरिरहेको छु ।” चिकित्सकको सल्लाहबमोजिम छ महिना नियमित औषधि सेवन गरे क्षयरोग निको हुने भएकाले हाल लक्षण कम हुँदै गएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले लक्षण कम हुँदैछ, अब सन्चो हुन्छु ।”

व्यास नगरपालिकाकै ५४ वर्षीया आशा परियार पनि कात्तिकदेखि नियमित औषधि सेवन गरिरहनुभएको छ । “खाना रुच्थेन, खोकी पनि लागिरहन्थ्यो । परीक्षण गराउँदा क्षयरोग लागेको पुष्टि भयो । सुरुमा त आत्तिए, स्वास्थ्यकर्मीले केही हुँदैन आत्तिनु पर्दैन भनेपछि मन हलुङ्गो भयो,” उहाँले भन्नुभयो, “निःशुल्क औषधि पाइने रहेछ, औषधि सेवन गरेपछि अहिले ठीक हुँदैछु ।”

म्याग्दे गाउँपालिकाका ५५ वर्षीय बुद्धिमान लामाले मङ्सिर महिनादेखि नियमित औषधि सेवन गरिरहनुभएको छ । “क्षयरोग हुँदा के के न भयो भनेर छिः दुरदुर गर्ने प्रवृत्ति अझै कायमै छ,” उहाँले भन्नुभयो, “यो त नियमित औषधि सेवन गरेपछि निको हुने रोग रहेछ भन्ने अझै पनि समाजलाई बुझाउन पर्ने देखिएको छ ।”

क्षयरोगीको सङ्ख्या धेरै हुनेमा तनहुँ गण्डकी प्रदेशकै तेस्रो जिल्लामा पर्दछ । गत आर्थिक वर्ष २०७८÷७९ मा तनहुँमा क्षयरोगीको सङ्ख्या तीन सय १२ थियो । क्षयरोगी धेरै हुने जिल्लामध्ये कास्कीमा छ सय ५२ र नवलपुरमा पाँच सय २९ थिए ।

चालु आव २०७९÷७० को आठ महिनाको अवधिमा पनि क्षयरोगीमध्ये तनहुँ तेस्रो स्थानमै छ । साउन महिनादेखि फागुन मसान्तसम्म तनहुँमा एक सय ७४ क्षयरोगी पहिचान भएका छन् । आठ महिनाको अवधिमा कास्कीमा तीन सय छ, नवलपुरमा दुई सय ९१, स्याङ्जामा एक सय ५२, बागलुङमा एक सय २३, गोरखामा एक सय तीन, म्याग्दीमा ३३, पर्वतमा ४३, मनाङमा तीन र मुस्ताङमा चार क्षयरोगी भेटिएका छन् ।

छ महिनासम्म नियमित औषधि सेवन गरे क्षयरोग निको हुने भए पनि क्षयरोगी पहिचान हुन नसक्दा सफल उपचार दर वृद्धि हुन नसकेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारी बताउनुहुन्छ । अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको अधिकारीले बताउनुभयो । “क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती छ,” अधिकारीले भन्नुभयो, “समाजले हेलाको भावनाले हेर्ने गलत मानसिकताका कारण पनि क्षयरोगी रोग लुकाएर बस्न बाध्य छन् ।”

सन् २०५० सम्म नेपाल क्षयरोगविहीन बनाउने लक्ष्य छ । त्यसका लागि क्षयरोगका बिरामी पहिचान गरी उपचार गर्नुपर्ने बाध्यता रहेको अधिकारीले बताउनुभयो । “उपचारमा नरहेको एक क्षयरोगीले औसतमा १० देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ,” उहाँले भन्नुभयो, “सो तथ्याङ्कलाई घटाउन पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।” क्षयरोगी पहिचानका लागि कार्यालयले समुदायस्तरमै पुगेर खोजपड्ताल अभियान सुरु गरेको छ । जन्त्र नामक संस्थासँगको सहकार्यमा क्षयरोगी पहिचान गर्न समुदायस्तरमै पुग्ने गरिएको अधिकारी बताउनुहुन्छ ।

तनहुँलाई क्षयरोगमुक्त बनाउन यसै वर्षदेखि अभियान सुरु गरिएको छ । पहिलो चरणमा भानु नगरपालिकाबाट सुरु भएको यो अभियान पाँच वर्षभित्र १० वटै पालिकामा विस्तार गरिने बताइएको छ । “अझै पनि कतिपय क्षयरोगका बिरामी डरका कारण खुलेर आउन सक्नुहुन्न, यो अभियानमार्फत सचेतना जगाई क्षयरोगीलाई उपचारको प्रक्रियामा ल्याउने मुख्य लक्ष्य हो,” कार्यालयका स्रोत व्यक्ति सुदीप सेढाइँले भन्नुभयो, “यो अभियानले तनहुँलाई क्षयरोगमुक्त बनाउन सकिनेमा विश्वस्त छौँ ।”

क्षयरोगका शङ्का लागेका व्यक्तिको घरमा पुगेर नै खकार सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाएको छ । “दुई हप्तासम्म खोकी लागेका शङ्कास्पद व्यक्ति पत्ता लागे घरमै पुगेर खकार सङ्कलन गरी परीक्षणको व्यवस्था मिलाएका छाँै,” सेढाईंले भन्नुभयो ।

क्षयरोगी पहिचानका लागि कन्ट्याक्ट ट्रेसिङको व्यवस्था पनि छ । छ महिनामा दुई पटक कन्ट्याक्ट ट्रेसिङ गरिन्छ । दुई महिनामा पहिलो पटक र छ महिनाभित्र अर्को पटक गरी कन्ट्याक्ट ट्रेसिङको व्यवस्था मिलाइएको जन्त्र संस्थाका प्रतिनिधि कृष्ण लम्साल बताउनुहुन्छ । उहाँका अनुसार गण्डकीका चार जिल्लामा यो कार्यक्रम लागु छ । “लक्षणका आधारमा हामीले सम्बन्धित व्यक्तिको घरमै पुगेर खकार सङ्कलन गरेर दमौली अस्पतालको प्रयोगशालासम्म लैजाने व्यवस्था मिलाएका छाँै,” लम्साल भन्नुहुन्छ । हाल जिल्लाका १३ ठाउँमा कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ ।

स्वास्थ्य कार्यालयले क्षयरोगी भएको घरका पाँच वर्षमुनिका बच्चालाई क्षयरोग छैन भन्ने प्रमाणित भएको खण्डमा तीन महिनासम्म औषधि खुवाइने गरेको छ । घरपरिवारका सदस्यबाट नसरोस् भन्नका लागि उनीहरुलाई पनि औषधि खुवाउने व्यवस्था मिलाइएको बताइएको छ । पछिल्लो एक वर्षको अवधिमा तनहुँमा क्षयरोगबाट दश जनाको मृत्यु भएको छ । भानु नगरपालिकाका एक, व्यास नगरपालिकाका चार, शुक्लागण्डकी नगरपालिकाका दुई, भिमाद नगरपालिकाका दुई र बन्दीपुर गाउँपालिकाका तीनजनाको मृत्यु भएको छ ।

नियमित औषधि सेवन नगरिदिनाले सफल उपचार दरमा कमी आएको कार्यालयको भनाइ छ । तनहुँमा क्षयरोगबाट सन्चो हुने दर ८६ प्रतिशत छ । “कतिपयले औषधि सेवन गर्दागर्दै बीचमै छाडिदिने गरेका छन्, यसले गर्दा पनि समस्या हुने गरेको छ,” अधिकारी भन्नुहुन्छ ।

भानु नगरपालिकामा २१, व्यास नगरपालिकामा ४६, म्याग्दे गाउँपालिकामा १४, शुक्लागण्डकी नगरपालिकामा ३६, भिमाद नगरपालिकामा ११, घिरिङ गाउँपालिकामा दश, ऋषिङ गाउँपालिकामा दुई, देवघाट गाउँपालिकामा नौ, बन्दीपुर गाउँपालिकामा ११ र आँबुखैरेनी गाउँपालिकामा १४ क्षयरोगी छन् । त्यसमध्ये उपचार सफल हुनेमा भानु नगरपालिकामा ९१.७, व्यास नगरपालिकामा ८७.७, म्याग्दे गाउँपालिकामा ९०, शुक्लागण्डकी नगरपालिकामा ८१.३, भिमाद नगरपालिकामा ८५.७, घिरिङ गाउँपालिकामा ८१.३, ऋषिङ गाउँपालिकामा ८७.५, देवघाट गाउँपालिकामा एक सय, बन्दीपुर गाउँपालिकामा ८९.५ र आँबुखैरेनी गाउँपालिकामा ७९.३ प्रतिशत रहेको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको विसं २०७८÷७९ को वार्षिक प्रतिवेदनअनुसार ३७ हजार आठ सय ६१ बिरामी दर्ता भएका छन् । जसमध्ये ५८ प्रतिशत पिबिसी, १३ प्रतिशत पिसिडी, २९ प्रतिशत इपी बिरामीहरु रहेको दमौली अस्पतालका मेडिकल अधिकृत डा नवीन विक बताउनहुुन्छ । बिरामी पत्ता लगाउने दर एक लाखमा एक सय २९ रहेको छ । क्षयरोगबाट हुने मृत्यु दर तीन प्रतिशत रहेको विक बताउनुहुन्छ ।

राष्ट्रिय क्षयरोग कार्यक्रम स्वास्थ्य मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रमका रुपमा सञ्चालित छ । नियमित रुपमा औषधि सेवन गरे क्षयरोग पूर्णरुपमा निको हुन्छ । क्षयरोगको औषधि नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरु र राष्ट्रिय क्षयरोग केन्द्रले तोकेका स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । मेडिकल अधिकृत विकका अनुसार फोक्सोको क्षयरोग भएका बिरामीहरुले खोक्दा, हाच्छिउँ गर्दा र थुक्दा क्षयरोगका कीटाणुहरु बाहिर वातावरणमा निस्कन्छन् र स्वस्थ मानिसमा श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा पुग्दछन् र क्षयरोग लाग्न सक्दछ ।

जिल्लाको सदरमुकामसमेत रहेको व्यास नगरपालिकामा क्षयरोगबाट मृत्यु हुनेको सङ्ख्या उच्च छ । क्षयरोगीको सङ्ख्या पनि चालु आवमा ४६ जना छन् । क्षयरोग नियन्त्रणका लागि समुदायमस्तरमै पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालनका लागि व्यास नगरपालिकाका तर्फबाट सहयोग रहने नगरप्रमुख वैकुण्ठ न्यौपाने बताउनुहुन्छ । “क्षयरोगमुक्त तनहुँ बनाउने अभियान सबैको हो, यसमा सबैको साथ आवश्यक छ,” न्यौपानेले भन्नुभयो । स्वास्थ्य कार्यालय तनहुँले क्षयरोगीलाई उपचारमा सहयोग पु¥याउन, क्षयरोगीलाई गरिने भेदभावको विरुद्धमा अभियान चलाउन र क्षयरोगका बारेमा कुरा गर्न र अरूलाई बुझाउन विभिन्न सचेतनामूलक कार्यक्रमलाई जोड दिँदै आएको छ । रासस

मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.