काठमाडौं । स्वास्थ्य दर्पण मीडिया नेटवर्क प्रा लि को गौरवमय आठौँ बार्षिकोत्सवकोे अवसरमा राष्ट्रिय हेल्थ अवार्ड २०८० शुरु भएको छ । कार्यक्रमको उद्धघाटन नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले गर्नुभयो । अवार्डबाट सातै प्रदेशबाट चिकित्सक ,स्वास्थ्यकर्मी र पत्रकार सम्मानित हुंँदैछन ।स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए बापत अवार्ड गर्न लागिएको आयोजक संस्था स्वास्थ्य दर्पणले जनाएको छ । कमलादीको प्रज्ञा भवनमा हुन गईरहेको कार्यक्रम शुरु भएको नेटवर्क अध्यक्ष सन्दीप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमको अतिथिमा वरिष्ठ पत्रकार किशोर नेपाल, सहित देशैभरबाट वरिष्ठ चिकित्सकहरुको उल्लेखनीय सहभागिता रहने अध्यक्ष श्रेष्ठले बताउनु भयो । नेटवर्कले स्वास्थ्य क्षेत्रका व्यत्तित्वहरुलाई अवार्ड र सम्मान गर्दै आएको छ । अवार्ड यस क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुलाई उर्जा र उत्साह दिने उहांँको भनाई छ । साथै कार्यक्रमले यस क्षेत्रका विषयमा बहस पैरवी हुनुका साथै समस्या समाधानमा समेत महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
