काठमाडौं । प्रोफेसर डाक्टर सुभेसराज कायस्थ स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट सम्मानित हुनुभएको छ ।
नेपालको स्वास्थ्यको क्षेत्रमा वरिष्ठ फिजिसियन तथा दमरोग बिशेषज्ञको रुपमा उहांँले पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै स्वास्थ्य दर्पण मिडियाको गौरवमय आठौं वार्षिकोत्सवको अवसरमा सम्मानित गरिएको स्वास्थ्य दर्पण मिडीया नेटवर्कका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले जानकारी दिनुभयोे ।
उहांँलाई शनिबार काठमाडौंमा आयोजित एक समारोह बीच नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांँग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह, कांँग्रेस नेता नैनसिंह महर सहितले सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो ।
प्राडा कायस्थ विगत लामोसमय देखि देशका विभिन्न स्वास्थ्य प्रतिष्ठानमा वरिष्ठ फिजिसियन तथा दमरोग बिशेषज्ञको रुपमा काम गर्दै आउनु भएको छ ।
