काठमाडौं ।डा. सचिन ढुंगेल स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित हुनुभएको छ ।
नेपालको स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा वरिष्ठ मुटुरोग विशेषज्ञको रुपमा उहांँले पु¥याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मानित हुनुभएको हो । स्वास्थ्य दर्पणकोे आठौं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा उहांँलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८० प्रदान गरिएको थियो ।
प्रमुख अतिथि नेपाल सरकारका उपप्रधानमन्त्री एवं कांँग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह एवं नेता नैनसिंह महरले सम्मानपत्रसहित सम्मानित गर्नुभएको हो । डा. ढुंगेलले मुटुरोग विशेषज्ञको रुपमा सेवा गर्दै आउनु भएको छ ।