काठमाडौं । डा.राम प्रताप शाह स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड –२०८० बाट सम्मानित हुनुभएको छ । नेपालको स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा फिजिसियनको रुपमा उहाँले पु¥याउनु भएको महत्वपूर्ण योगदानको मूल्यांकन गर्दै उहांँ सम्मानित हुनु भएको हो ।
काठमाडौंमा शनिबार आयोजित स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.कोे आठौं वार्षिकोत्सवको अवसरमा उहांँलाई सम्मानित गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह एवं नेता नैनसिंह महरले सम्मानपत्रसहित सम्मानित गर्नुभएको हो ।