काठमाडौं । वरिष्ठ स्त्री, प्रसूति तथा निःसन्तानपन रोग विशेषज्ञ प्राडा गिरधारी शर्मा पंगेनी स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित हुनुभएको छ ।
नेपालको स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा वरिष्ठ स्त्री, प्रसूति तथा निःसन्तानपन रोग विशेषज्ञको रुपमा उहाँले पु¥याउनु भएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै सम्मानित हुनु भएको हो ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.कोे आठौं वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उहांँलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८० प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह र नेता नैनसिंह महरले उहांँलाई सम्मानपत्रसहित सम्मानित गर्नुभएको हो ।