काठमाडौं । बरिष्ठ स्वास्थ्यकर्मी सन्तोष के.सी.स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित हुनुभएको छ ।
नेपालको स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा वरिष्ठ स्वास्थ्यकर्मीको रुपमा के.सी.ले पु¥याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मानित गरिएको हो । काठमाडौंमा आयोजित स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.कोे आठौं वार्षिकोत्सवको अवसरमा उहांँलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८० प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह एवं
कांँग्रेस नेता नैनसिंह महरले सम्मानित पत्रसहित केसीलाई सम्मानित गर्नुभएको हो ।