काठमाडौं । बरिष्ठ स्वास्थ्यकर्मी शंकर खराल स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित हुनुभएको छ ।
नेपालको स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा वरिष्ठ स्वास्थ्यकर्मीको रुपमा उहाँले पु¥याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै खराललाई सम्मानित गर्नुभएको हो । स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.कोे आठौं वार्षिकोत्सवको अवसरमा उहांँलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८० प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह एवं कांँग्रेस नेता नैनसिंह महरले सम्मानपत्रसहित सम्मान गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु