• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १५ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २१ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २१ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २१ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

भक्तपुर अस्पताल १२०औँ वर्षमा प्रवेश, देशकै उत्कृष्ट भक्तपुर अस्पताल : मन्त्री जोशी

  •  शुक्रबार, असार २२, २०८० मा प्रकाशित

भक्तपुर ।वीर अस्पताल पछिको दोस्रो अस्पतालको रुपमा स्थापना भएको भक्तपुर अस्पतालले आज आफ्नो १२०औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको आज उद्घाटन गर्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले भक्तपुर अस्पतालले धेरै राम्रो काम गरेकाले सबैतिर चर्चा पाएको र उत्कृष्ट अस्पताल बन्न सफल भएको सुन्न पाएकोमा खुसी लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भक्तपुर अस्पतालले राम्रो सेवा प्रवाह गरेको चर्चा सबैतिर सुन्न पाइन्छ, राम्रो गरेकोमा खुसी लागेको छ । अझै राम्रो गर्नु होला, सेवा विस्तार गर्दै जानु होला, सरकारले निःशुल्क भनेका सबै सेवाहरु निःशुल्क नै उपलब्ध गराउनु होला, विपन्नको लागि शैय्या छुट्याउनु होला ।” उहाँले प्रदेशले भक्तपुर अस्पताललाई प्रशासनिक खर्चसहित कूल रु एक करोड बजेट विनियोजन गरेकोमा आठ करोड सिटिस्क्यान मेसिन खरिदका लागि रकम छुट्याएको बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डिपी ढकालले भक्तपुर अस्पतालले अहिले काँचुली फेरेको चर्चा गर्दै अस्पतालले प्रवाह गरेको गुणस्तरीय सेवाका कारण बिरामीको चाप तीन गुणा बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो अस्पताल म जन्मेको अस्पताल हो, यही मर्ने पनि हो, यो अस्पतालको भौतिक संरचनादेखि सेवा विस्तारसम्मका लागि हामी लागिरहेका छौँ, तपतप पानी चुहिएर बिजोग अस्पताललाई आज यति राम्रो बनाउन हामीले बजेटको व्यवस्थापन गर्यौँ, आज राम्रो भएको छ ।”

मुख्यमन्त्रीले यो अस्पताललाई २०० शैय्यामा पुर्याएर सेवा विस्तार गर्न लागि रहेको बताउँदै उहाँले सिटि स्कयान ल्याउन बजेटको व्यवस्थापन गर्न सफल भएको र सिटी स्क्यान मेसिन राख्ने भवन निर्माणका लागि रु दुई करोड बजेट व्यवस्थापन गर्न पनि आफू लागि रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर अस्पताल र ख्वप अस्पताल दुबै सरकारी अस्पताल भएको र यी दुई अस्पतालले एक वर्षमा चार लाखभन्दा बढी जनतालाई सेवा उपलब्ध गराएको बताउनुभयो । उहाँले निजी अस्पतालमा बिरामी लाने प्रवृत्ति रोकेर गुणस्तरीय र सहज सेवा उपलब्ध गराएर सबै नागरिक सरकारी अस्पतालमै सेवा लिन आउने वातावरण बनाउनु पर्नेमा जोड दिँदै सरकारले सरकारी अस्पतालको सेवा विस्तारका लागि लगानी गर्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्यहरु सुरेश श्रेष्ठ, धनेश्वरी प्रजापति, भुवनेश्वरी श्रेष्ठले भक्तपुर अस्पतालले दिएको सेवालाई प्रभावकारी तुल्याउन प्रदेश सरकारले उचित बजेटको व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि आफूहरु लागि रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले अस्पताललाई पत्रकारले नियाली रहेको बताउँदै पछिल्ला समय अस्पतालको राम्रा समाचार लेखन पाएकोमा खुसी लागेको बताउनुभयो ।

कार्यक्रममा अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले कोभिडकालमा २०९ शैयामा सेवा सञ्चालन गरेको अस्पताल अहिले भवन अभावले शैय्या खुम्याउनुपर्ने अवस्थामा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “विसं २०५९ मा दैनिक ८० बिरामीलाई सेवा दिन निर्धारण गरेको दरबन्दी र जनशक्तिबाटै अहिले दैनिक आठ सय बिरामीलाई सेवा दिइरहेका छौँ, प्रभावकारी र गुणस्तरीय सेवा दिन सफल भएकै कारण पहिला प्रदेशकै उत्कष्ट अस्पताल र अहिले देशकै उत्कृष्ट अस्पताल घोषणा भएर पुरस्कार पाउन सफल भएका छौँ, सरकारले ओएनएम गरेर यो अस्पताललाई २०० शैय्याका लागि आवश्यक स्थायी दरबन्दीको व्यवस्था गरेर लैजानु अत्यावश्यक भइसकेको छ ।”

भक्तपुर अस्पतालमा नयाँनयाँ सेवा विस्तार गर्दै गइरहेको बताउँदै नयाँ भवन निर्माण र हस्तान्तरणमा ढिलाइ हुँदा समस्या आइरहेको उहाँले बताउनुभयो । कार्यक्रमका सभापति एवं भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले अध्यक्ष, मेडिकल सुपरिटेण्डेन्ट र कर्मचारीको मिहेनतले अस्पताललाई उत्कष्ट बनाउन सफल भएको बताउनुभयो ।

भक्तपुर अस्पताललाई बिरामीले हेर्ने दृष्टिकोण परिवर्तन भएको, अस्पतालमा सेवा पर्याप्त पाउने भएपछि निजीमा उपचार गर्न छाडेर भक्तपुर अस्पतालमा उपचारको लागि आउनले अस्पतालबाट दिने सेवामा बिरामीको विश्वास र सन्तुष्ट बढेर गएको पुष्टि हुने बताउनुभयो । अस्पतालले नयाँ सेवा विस्तार गर्दै गएको र अझै सेवा थप्दै उपचारका लागि भक्तपुर अस्पताल छाडेर अन्यत्र भौतारिनुपर्ने अवस्था अब नआउने गरी व्यवस्थापन गरिने बताउनुभयो । रासस

शुक्रबार, असार २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.