• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ६ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ६ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ६ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ७ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ९ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १० घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १२ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

चिकित्सक अभाव हुँदा बिरामीलाई सास्ती

  •  शनिबार, साउन १३, २०८० मा प्रकाशित

रोल्पा ।रोल्पा अस्पतालमा चिकित्सक नहुँदा बिरामीले उपचारमा सास्ती भोग्नु परेको छ । विशेषज्ञ चिकित्सक १० र मेडिकल अधिकृत छ गरी १६ दरबन्दी रहेको उक्त अस्पतालमा हाल तीनजना चिकित्सक मात्रै कार्यरत रहँदा सेवा प्रभावित भएको हो ।

सङ्घ र प्रदेश सरकार दुर्गमका नागरिकप्रति उत्तरदायी नहुँदा यहाँका स्थानीय स्वास्थ्य सेवावाट वञ्चित भएका छन् । हाल एकजना चिकित्सकले दैनिक एक सय बढी बिरामीको उपचार गर्नुपरेको चिकित्सक रणबहादुर बोगटीले बताउनुभयो । उहाँका अनुसार दैनिक एक सय ५० बढी बिरामी उपचारका लागि आउने गरेकाले केही वर्षअघिदेखि सुरु गरिएको जटिल प्रसूति शल्यक्रिया सेवा अवरुद्ध भएको छ ।

चिकित्सक बोगटीले शल्यक्रिया गर्न जनशक्ति अभावका साथै सहयोगी एनेस्थेटिक चिकित्सक नहुँदा सेवा प्रभावित भएको बताउनुभयो । शल्यक्रिया गर्नुपर्ने प्रकृतिका बिरामीलाई अस्पतालले सेवा दिन नसकेपछि उनीहरु ठूलो धनराशि खर्चिएर जिल्लाबाहिर जान बाध्य भएका उहाँको भनाइ थियो । चिकित्सक बोगटीले पाँच वर्ष अस्पतालमा करार सेवामा कार्यरत चिकित्सक प्रकाश बुढाको करार अवधि सकिएपछि जटिल अवस्थाका सुत्केरीको शल्यक्रिया सेवा अवरुद्ध भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार एघारौँ तहको एक विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिलेसम्म आठौँ तहभन्दा माथिका चिकित्सक आएका छैनन् । “नवौँ र दशौँ तहका जनरल फिजिसियन, पेडियाटिसियन, अव्सट तथा गाइनो, जनरल सर्जन, अर्थोपेडिक, एनेस्थेसियोलोजिष्ट, रेयिोलोजिष्ट, प्याथोलोजिष्ट र साइकाष्टिक गरी दश कन्सल्टेन्ट चिकित्सकको दरबन्दी रहेकामा एकजना पनि कन्सल्टेन्ट चिकित्सक छैनन्”, उहाँले भन्नुभयो, “आठौँ तहका छ मेडिकल अधिकृतको दरबन्दी रहेकामा हाल एकजनाले सेवा दिइरहेका छन् ।”

चिकित्सक लोकरत्ना ज्ञवाली निमित्त कार्यालय प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ । ज्ञवाली एकमात्र स्थायी चिकित्सक हुनुहुन्छ । एमडिपिजी चिकित्सक रणबहादुर बोगटी साइमन नामक संस्थाको सहयोगमा करार सेवामा कार्यरत हुनुहुन्छ । रोल्पा अस्पतालमा कार्यरत चिकित्सक निरज घर्तीमगर पढाइ सकेर एक वर्ष दुर्गममा सेवा गर्न आउनुभएको हो ।

दैनिक कार्यालयको काममा व्यस्त रहनुपर्ने बाध्यताले अस्पतालमा दुईजना चिकित्सकले दैनिक एक सय ५० बढी बिरामीको उपचार गरिरहेका कार्यालय प्रमुख ज्ञवालीले बताउनुभयो । करार सेवामा कार्यरत आधा दर्जन बढी चिकित्सकको सेवा नवीकरण नगर्दा अस्पतालमा जनशक्ति अभाव भएको उहाँको भनाइ थियो ।

प्रमुख ज्ञवालीका अनुसार डा आधार वली, चिकित्सक प्रकाश बुढा, डेन्टल सर्जन डा पूजा कुँवर, चिकित्सक तिलक डाँगी र चिकित्सक रेश्मा घर्तीमगरले करार नवीकरण नहुँदा अस्पतालबाट बाहिरिएका हुन् । उनीहरुमध्ये अधिकांश दुर्गममा अनिवार्य सेवाका लागि खटिएका चिकित्सक हुन् ।

चिकित्सक कम हुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्रमुख ज्ञवालीले बताउनुभयो । “सम्बन्धीत निकायमा जानकारी गराएका छौँ, सुनुवाइ हुने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो । जिल्लामा अर्थो, पाठेघर सङ्क्रमण, पाठेघर खस्ने, यौन रोग, मानसिक रोग, कलेजोको रोगका बिरामी बढी आउने गरेका उहाँले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल लामो समयदेखि प्रमुखविहीन रहेको ज्ञवालीले बताउनुभयो । “प्रदेश सरकारले प्रादेशिक अस्पताल बुटवलबाट हाडजोर्नी विशेषज्ञ डा सोमबहादुर आलेलाई तीन महिनाका लागि काजमा यहाँ पठाए पनि उहाँ सरुवा भइसक्नु भएको छ”, उहाँले भन्नुभयो ।

स्वास्थ्य संस्था जस्तो संवेदनशील ठाउँमा यसरी चिकित्सकको अभाव हुनु सरकारको लाचारीपन भएको नागरिक समाजका अगुवा ओम केसीले बताउनुभयो । “स्वास्थ्य जस्तो नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको विषयमा राज्य गम्भीर नहुनु दुःखद हो”, उहाँले भन्नुभयो, “जिल्लाका जनप्रतिनिधि, राजनीतिक दललगायत सम्बन्द्ध निकायले अस्पतालमा चिकित्सक व्यवस्थापनमा ध्यान नदिनु लापर्बाही हो ।” रासस

शनिबार, साउन १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.