• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ६ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ६ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ६ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ६ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ९ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १० घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १२ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

लामखुट्टे मार्न ‘सर्च एन्ड डिस्ट्रोई’ अभियान

  •  आइतबार, साउन १४, २०८० मा प्रकाशित

सुदूरपश्चिम ।डेङ्गु रोगका बिरामी बढ्न थालेपछि कैलालीसहितका जिल्लामा लामखुट्टे मार्न ‘सर्च एन्ड डिस्ट्रोई’ (लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने) अभियान थालिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले यो रोगको रोकथामका लागि लामखुट्टेको लार्भा बन्न नदिन जिल्लाका पालिका तहमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीयवासीको सहभागितामा यो अभियान सुरु गरिएको जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशका कैलालीसहितका जिल्लामा यो रोगबाट हालसम्म तीन सय १८ व्यक्ति बिरामी भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा यो रोग सर्ने गर्छ ।

प्रदेशमा सबैभन्दा बढी दार्चुला जिल्लामा डेङ्गुका एक सय ९० बिरामी फेला परेका छन् । तराईका जिल्ला कञ्चनपुरमा ५२ र कैलालीमा २३ जना बिरामी फेला परेका छन् । पहाडी क्षेत्रको अछाममा ३१ बिरामी पुगेका छन् । जुलाई (असार/साउन) महिनाको हालसम्म प्रदेशभरि थप ४९ जनामा यो रोग देखिएको छ ।

गत मार्च (फागुन/चैत)मा दार्चुलामा सबैभन्दा बढी एक सय १७ बिरामी फेला परेकामा हाल त्यहाँ यो रोगको सङ्क्रमण दर कम देखिएको बताइएको छ ।

निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पछिल्ला हप्तामा डेङ्गु रोग बढ्न थालेको बताउनुभयो । “लार्भा खोजी गरी नष्ट गर्ने प्रारम्भिक काम गर्ने जिम्मेवारी पालिका तहको हो, यस्तो काममा स्वास्थ्यकर्मीको पनि सहयोग भइरहेको छ”, जोशीले भन्नुभयो, “यो भाइरसबाट सर्ने रोग भएकाले रोगीको लक्षणअनुसारको उपचार व्यवस्थापन गर्ने गरिएको छ ।”

सरकारी अस्पतालमा यो रोगका बिरामीको निःशुल्क हुने गरेको छ । यो रोग लागेपछि मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खान मन नलाग्ने आदि लक्षण देखिन्छ । नाक, गिजा र पेटबाट रगत बग्ने जस्तो कडा खालको लक्षण देखिँदा भने बिरामी बेहोस भई मृत्युसमेत हुन सक्ने बताइएको छ ।

लामखुट्टेले फुल पार्नसक्ने सम्भावित स्थानको खोजी गरी यसको लार्भा नष्ट गर्दा लामखुट्टेको वृद्धि विकास हुन नपाई रोगको रोकथाममा सहयोग पुग्छ ।

खुल्ला भाँडामा जम्मा भएको सफा पानी, गमलामा जम्मा भएको पानी, साइकल वा गाडीका टायरमा भरिएको पानी, खाली ड्रममा भरिएको पानीमा लामखुट्टेले सजिलैसँग फुल पारेर लार्भाको वृद्धि विकास गर्ने भएकाले यस्ता भाँडामा पानी जम्मा हुन नदिने र पानी भरिएको भए खाली गरेर सरसफाइ गर्दा पनि यो रोग रोकथाम गर्न सकिने स्वास्थ्यकर्मीले बताएका छन् ।

यो रोग सार्ने लामखुट्टेले खासगरी दिउँसोको समयमा मात्र टोक्ने गरेको बताइएको छ । डेङ्गुको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने गर्छ । रासस

आइतबार, साउन १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.