• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • १२ मिनेट 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • ५ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • ५ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १८ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २३ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २३ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २३ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २३ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • २. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ३. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ४. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. विपद्पछि सरुवा रोगको प्रकोप

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

‘बर्थिङ सेन्टर’ले सहज बन्दैछ प्रसूति

  •  बिहिबार, साउन २५, २०८० मा प्रकाशित

बलेवा । सदरमुकाम बागलुङ बजारमा एकमात्रै सरकारी अस्पताल छ भने कुश्मीशेरा, गलकोट र बुर्तिबाङमा प्राथमिक स्वास्थ्य केन्द्र छन् । भौगोलिक अवस्थाका कारण यहाँका गर्भवतीलाई सुत्केरी हुने समयमा नजिकैमा ‘बर्थिङ सेन्टर’ नहुँदा सधैँ सास्ती हुने गरेको थियो ।

स्थानीय, प्रदेश र सङ्घ सरकारअन्तर्गतका कार्यालय र सामाजिक संस्थाको सहकार्यमा बागलुङमा ३६ ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएका छन् । पछिल्लो छ वर्षमा दश स्थानीय तहका ३६ स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर विस्तार गरिएपछि प्रसूति सेवा सहज बन्दै गएको छ ।

ग्रामीण स्वास्थ्य सुधार परियोजना, बिवाइसी बागलुङ र फेयरमेड फाउण्डेसनले तीनै तहका सरकारसँगको सहकार्यमा जिल्लामा सेन्टर विस्तार गरेका हुन् । “स्थानीय तह गठनपछि आमा र बच्चाको सुरक्षामा ध्यान पुगेको छ । साझेदार संस्थाले सक्रियताका साथ सहयोग गरिरहेकाले स्थानीय तहमा बर्थिङ सेन्टरका लागि संरचना र जनशक्ति तयार गर्न सफल भयौँ”, विवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले भन्नुभयो, “छ वर्षको अवधीमा प्रसूतिका लागि आवश्यक स्वास्थ्य सामग्रीसहित लिएर पुगेका ठाउँमा प्रभावकारीरुपमा सेन्टर सञ्चालन भएका छन् ।”

“भूगोलका कारण अस्पताल र स्वास्थ्य केन्द्रमा पुग्न कठीन हुने हुँदा कयौँ गर्भवतीको सुत्केरी हुन नसकेर ज्यान गएका घटना छन्”, उहाँले भन्नुभयो, “नजिकैका स्वास्थ्य संस्थामा ‘बर्थिङ सेन्टर’ नभएकाले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य जोखिममा हुने गरेकामा अब भने प्रसूति सेवा केही सहज बन्दै गएको छ ।” परियोजनाले जिल्लाका केहीमा बच्चाको धड्कन नाप्ने मेसिन, चारमा भिडियो एक्सरे मेसिन र १७ स्वास्थ्य संस्थामा प्रयोगशाला उपलब्ध गराएको जनाएको छ ।

“सरकारले योजना नबाएर काम गर्न नसक्दा अझै पनि सहयोगी गैरसरकारी संस्थाको साथ खोजिरहनुपरेको छ”, जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले भन्नुभयो, “स्रोतसाधनको परिचालनमा सरकारनै जिम्मेवार भएर लाग्नुपर्छ, सहयोगी संस्थाको साथ आवश्यक छ ।” उहाँले सरकारको ध्यान नपुगेको ठाउँमा परियोजनाले ध्यानाकर्षण गराएको बताउनुभयो ।

स्थानीय सरकारसँग इच्छाशक्ति भएर पनि स्रोत नहुने र प्रदेश तथा सङ्घ सरकारसँग चरणबद्ध विकासको योजना नभएकै कारण अझैपनि स्वास्थ्य क्षेत्रमा समस्या रहेको उहाँको भनाइ थियो । जिल्लाभर स्थापना भएका ‘बर्थिङ सेन्टर’, प्रयोगशाला र ‘गाउँघर खोप क्लिनिक’जस्ता योजनाअन्तर्गत बनेका संरचनाले स्वास्थ्य सुधारमा सहयोग पु¥याउने प्रमुख थापाले बताउनुभयो ।

परियोजनामार्फत् छ वर्षमा जिल्लाभर २० प्रसूति प्रतिक्षाघर, १८ गाउँघर खोप क्लिनिकका लागि भवन तयार भएको फेरमेड फाउण्डेसनका कार्यक्रम संयोजक गणेश बरुवालले बताउनुभयो । उहाँका अनुसार परियोजनाले ‘बर्थिङ सेन्टर’ स्थापना र स्तरोन्नति, स्वास्थ्य उपकरण मर्मतलगायत क्षेत्रमा काम गर्दै आएको छ । यहाँ सञ्चालित बर्थिङ सेन्टरका कारण प्रसूति सेवा सहज बन्दै गएको स्थानीय बताउँछन् । रासस

बिहिबार, साउन २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्घीय अस्पतालमा शवगृह बनाइने
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

लोकप्रिय

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्घीय अस्पतालमा शवगृह बनाइने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.