• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १५ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

स्वास्थ्य निर्देशनालय : तथ्याङ्क समेट्न मै लापरबाही

  •  आइतबार, भदौ २४, २०८० मा प्रकाशित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालय दीपायलले डेङ्गु रोगबाट मृत्यु भएकाहरूको तथ्याङ्क समेट्नमै लापरबाही गरेको देखिएको छ ।

पछिल्लो महिनामा प्रदेशमा डेङ्गुबाट पीडित तीन व्यक्तिको मृत्यु भइसकेको पुष्टि हुँदासम्म निर्देशनालयले अहिलेसम्म यो रोगबाट कसैको मृत्यु भएको जानकारी नआएको तथ्याङ्कमा उल्लेख गर्ने गरेको छ । निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले भने सम्बन्धित स्वास्थ्यका निकाय तथा अस्पतालले समयमै तथ्याङ्क उपलब्ध नगराउँदा डेङ्गुबाट मृत्यु हुनेको तथ्याङ्क समेट्न नसकिएको जिकिर गर्नुभयो ।

“अहिलेसम्म कञ्चनपुरका दुई र दार्चुलाका एक जनाको यो रोगबाट मृत्यु भएको छ”, उहाँले भन्नुभयो, “भोलिदेखि तथ्याङ्क सच्याएर मृत्युबारेको तथ्याङ्क पनि समेटिन्छ ।” केन्द्रले प्रदेश र जिल्ला तहको रूपमा तथ्याङ्क नराख्दा पनि निर्देशनालयलाई डेङ्गु रोगबाट हुने मृत्युबारेको तथ्याङ्क समावेश गर्न केही समस्या देखिएको उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा यो रोगबाट पीडित हुने बिरामीको सङ्ख्या पछिल्ला दिनमा ह्वात्तै बढेका छन् । निर्देशनालयको तथ्याङ्कमा पछिल्लो नौ दिन (सेप्टेम्बर) मा मात्रै डेङ्गुका ९७ नयाँ रोगी फेला परेका छन् । नयाँ बिरामीमध्ये कैलालीमा ८१ र कञ्चनपुरमा १६ बिरामी भेटिएका छन् । यी बिरामीसमेत गत पुसदेखि हालसम्म प्रदेशमा सात सय ३२ जना यो रोगबाट पीडित भएका छन् ।

हालसम्म सबैभन्दा बढी कैलाली जिल्लामा दुई सय ७६ डेङ्गुका रोगी भेटिएका छन् । कञ्चनपुरमा एक सय ३१, दार्चुलामा एक सय ९४, अछाममा ५२ र बाजुरामा ३२ बिरामी फेला परेका छन् । बझाङमा १२, बैतडीमा छ, डोटीमा १९ र डडेलधुरामा १० बिरामी फेला परेका छन् । पीडित बिरामीको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । धेरै बिरामी उपचारपछि घर फर्किएका छन् ।

रोग बढ्न थालेपछि जिल्लामा लामखुट्टे मार्न हाल ‘सर्च एण्ड डिस्ट्रोई’ (लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने) अभियान सुरु गरिए पनि रोग रोकथाम हुन सकेको छैन । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगको रोकथामको प्रभावकारी उपाय भए पनि नागरिकमा चेतनाको अभाव देखिँदा रोकथाममा समस्या भइरहेको स्वास्थ्यकर्मीको भनाइ छ ।

एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट मानिसमा यो रोग सर्ने गर्छ । लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी यसको लार्भा नष्ट गर्दा लामखुट्टेको वृद्धि विकास हुन नपाई रोगको रोकथाममा सहयोग पुग्छ ।

सरकारी अस्पतालमा यो रोगका बिरामीको निःशुल्करूपमा हुने गरेको छ । यो रोग लागेपछि मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांशपेशी दुख्ने, खान मन नलाग्ने आदि लक्षण देखिन्छ । नाक, गिजा र पेटबाट रगत बग्ने जस्तो कडा खालको लक्षण देखिँदा भने बिरामी बेहोस भई मृत्यु हुन सक्ने बताइएको छ ।

खुल्ला भाँडामा जम्मा भएको सफा पानी, गमलामा जम्मा भएको पानी, साइकल वा गाडीका टायरमा भरिएको पानी, खाली ड्रममा भरिएको पानीमा लामखुट्टेले सजिलैसँग फुल पारेर लार्भाको वृद्धि विकास गर्ने भएकोले यस्ता भाँडामा पानी जम्मा हुन नदिने र पानी भरिएको भए खाली गरेर सरसफाइ गर्दा पनि यो रोग रोकथाम गर्न सकिने स्वास्थ्यकर्मीले बताएका छन् ।

यो रोग सार्ने लामखुट्टेले खासगरी दिउँसोको समयमा मात्र टोक्ने गरेको बताइएको छ । डेङ्गुको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने गर्छ । रासस

आइतबार, भदौ २४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.