• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, भदौ २७, २०८३
शनिबार, भदौ २७, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २४ घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • २ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • २ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • २ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • २ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ : मन्त्री बस्नेत

  •  शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा देखिएका कमीकमजोरी सुधान गर्न ऐन संशोधन गर्नुपर्ने बताउनुभएको छ ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार अध्यापनसम्बन्धी पाठ्यक्रममाथिको छलफल’का क्रममा उहाँले उक्त ऐनमा भएका नराम्रा पक्षलाई सुधार गरेर जानुपर्ने बताउनुभएको छ ।

“चिकित्सा शिक्षा ऐन संशोधन हुनुपर्छ, राम्रा कुरालाई लिएर अगाडि बढौँ, कमीकमजोरी हटाएर राम्रो सुरुआत गरौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मी देशमै उत्पादन गरौँ, शिक्षा र स्वास्थ्यमा व्यापारीकरण भयो पनि भन्ने तर भएभरको पैसा र युवायुवती विदेशिने अवस्था आएको छ ”

निश्चित व्यक्तिको उद्देश्य पूर्तिका लागि राज्य कमजोर हुन नहुने उहाँको भनाइ छ । ऐन संशोधनका बारेमा प्रधानमन्त्रीसहित सिङ्गो मन्त्रिपरिषद् सहमत भएको उल्लेख गर्दै उहाँले स्वास्थ्य र स्वास्थ्य मन्त्रालय, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका प्रतिनिधि राखेर ऐनमा सुधार गर्नुपर्ने विषयमा प्रक्रिया अगाडि बढिसकेको बताउनुभयो ।

स्वास्थ्य र शिक्षालाई जनताको आधारभूत आवश्यकता मात्र नभई मौलिक हकसँग जोडिएको उल्लेख गर्दै उहाँले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिन सरकार क्रियाशील रहेको बताउनुभयो । “गरिब, विपन्न, वृद्ध, बालक, निमुखालाई कसरी आधारभुत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सकिन्छ भनेर स¬ङ्घीय अस्पतालमा तीन हजार ५२३ शय्या निःशुल्क गरिएको छ”, उहाँले भन्नुभयो, “बागमती र मधेस प्रदेशले त्यहाँका जनतालाई सेवा दिन प्रादेशिक अस्पतालमा सामान्य शय्या निःशुल्क गरेको छ । विस्तारै सबै प्रदेशमा यो अभियान अगाडि बढाउँदै छौँ ।”

मन्त्री बस्नेतले सबै खाले अस्पतालमा १० प्रतिशत शय्या उपचारसहित निःशुल्क गर्ने विषयलाई कार्यान्वयनमा लगिएको छ । दरबन्दी कम हुँदा स्वास्थ्य सेवा प्रवाह गर्न नसकिएको स्वीकार गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउन प्रधानमन्त्री र अर्थमन्त्री सकारात्मक पाएको बताउनुभयो ।

“केही भएन भने सूर्तीजन्य पदार्थमा लगाइएको कर चाहियो, उक्त करबापत अर्बौ रकम उठ्छ, तर जम्मा रु ४० करोड दिइएको छ”, उहाँले भन्नुभयो, “उक्त शीर्षकमा उठेको कर प्राप्त भयो भने क्यान्सर रोगीको उपचारमा खर्च गर्ने र बाँकी रकमले दरबन्दी सिर्जना गर्न सकिन्छ ।”

राप्तीमा ‘जेरियाट्रिक’ विषय अध्यापन

राप्ती स्वास्थ्य विज्ञान प्रष्तिष्ठानले ज्येष्ठ नागरिक रोग विशेषज्ञ स्वदेशमै उत्पादन गर्ने उद्देश्यले ‘जेरियाट्रिक’ विषयको अध्यापन गर्ने तयारी गरेको छ । त्यसका लागि प्रतिष्ठानले सम्बन्धित विषयका विज्ञसँग छलफल गरेर पाठ्यक्रम तयार गरेको छ ।

प्रतिष्ठानका निर्देशक एवं ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलले नेपालमा हालसम्म नेपालमा जेरियाट्रिक विषयमा ‘एमडी र फेलो’ कार्यक्रम नरहेको अवस्थामा राप्तीले पहिलो पटक जेरियाट्रिक विषय अध्यापन गराउन लागेको जानकारी दिनुभयो ।

पछिल्ला समयमा नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै गएको छ । ज्येष्ठ नागरिकको सङ्ख्याको तुलनामा विषेशज्ञ चिकित्सिकको सङ्ख्या भने अत्यन्त न्यून रहेको छ । नेपाल मेडिकल काउन्सिलमा जम्मा आठ जना ज्येष्ठ नागरिक रोग विशेषज्ञ दर्ता भएका छन् । नेपालमा कार्यरत जेरियाट्रिक चिकित्सकको सङ्ख्या तीन जनामा मात्र रहेको छ । रासस

शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.