• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, साउन १२, २०८३
मङ्गलबार, साउन १२, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • ११ घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • १२ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • १२ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • १४ घण्टा 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • १४ घण्टा 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • १६ घण्टा 

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • १ दिन 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • १ दिन 

‘सुदीप्ता क्यान्सर सर्भाइभर र्‍याम्प शो’ साउन १६ गते हुने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. मीना सुनारको उद्धार

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ६. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ७. मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

  • ८. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक स्वीकृतिपछि खुसी

  •  बिहिबार, असोज १८, २०८० मा प्रकाशित

काठमाडौँ । सरकारले सुदूरपश्चिम प्रदेशको कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक स्वीकृत गरेपछि सो क्षेत्रका नागरिक खुसी भएका छन् ।

त्यहाँ स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गरेर गत जेठमा आन्दोलनमा उत्रिएका नागरिकदेखि यसका लागि विगत लामो समयलेखि लागिपरेका नीति निर्माताहरु पनि सरकारको यो निर्णयबाट खुसी भएका हुन् ।

विगत लामो समयदेखिको मागको सम्बोधन गर्दै सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० यसै हप्ताको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको हो ।

मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले सो विश्वविद्यालय विधेयक संसद्मा दर्ता गर्नका लागि स्वीकृति प्रदान गरेको हो । नेपाल सरकारले स्वीकृति प्रदान गरेपछि उक्त विधेयक अब संसद्मा पेस हुने भएको छ । संसद्बाट कानुन बनेपछि विश्वविद्यालय सञ्चालनमा आउनेछ ।

गएको जेठ १५ गते प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा गेटामा प्रतिष्ठान स्थापना गर्दै एक सय श्ययाको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा यस निर्णयका विरुद्धमा आन्दोलन सुरु भएको थियो । यहाँका नागरिक आन्दोलित भएपछि सुदूरपश्चिममा आमहड्ताल गरिनुका साथै विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रदेशसभा घेराउसमेत गरिएको थियो ।

नेपाल सरकारले यस वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको सैद्धान्तिक सहमतिको व्यवस्था गरेको भए पनि बजेटमा गेटा मेडिकल कलेज नै भनेर आएपछि यसको विरोधमा सो क्षेत्रमा आन्दोलन भएको थियो ।

कैयौँ दिनसम्म आन्दोलन जारी रहेपछि डोटीबाट निर्वाचित सांसद तथा पूर्वमन्त्री प्रेमबहादुर आलेसहित सो क्षेत्रका सांसद एवं जनप्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कैलालीको गेटामा सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालय सञ्चालन गर्न मागसहित ज्ञापनपत्र बुझाएको थियो । प्रधानमन्त्रीले सो विश्वविद्यालय स्थापनाको सुनिश्चितता गरेपछि मात्र आन्दोलन स्थगित भएको थियो ।

कैलालीको गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनमा लाग्नुभएका पूर्वमन्त्री आलेले अब विधेयक संसद्मा दर्ता गर्ने कानुनी बाटो खुला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वविद्यालय सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री, अर्थमन्त्रीज्यूसँग हामीले पटकपटक छलफल गरेका थियौँ, ऐन ल्याउँदा विश्वविद्यालय बनाउने गरी ल्याउन दबाब पनि दिएका थियौँ, सहमतिबमोजिम नै सरकारले विधेयक दर्ता गर्ने स्वीकृति दिएको छ, अब जतिसक्दो चाँडै संसद्मा विधेयक दर्ता होस् ।”

यसअघि सरकारले गत माघमा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । गेटामा रु पाँच अर्ब लागतमा अस्पताल, कलेज, प्रशासनिक र होस्टेलका लागि २७ वटा भवन निर्माण सम्पन्न भइसकेको भए पनि अहिलेसम्म सञ्चालन नहुँदा सबै भवन अलपत्र अवस्थामा रहेका डोटीका नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद यज्ञराज पाठकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गेटामा मेडिकल कलेज बनाउने भनेर अर्बौंको लगानी गरी भवन निर्माण हुँदासम्म सञ्चालन नगरिँदा समस्या भएको थियो । अब मन्त्रिपरिषद्ले विधेयक स्वीकृत गरेपछि सञ्चालन हुने आशामा यहाँका राजनीतिक दलसहित आमनागरिक निकै खुसी भएका छन् । यो राम्रो काम भएको छ ।”

सुदूरपश्चिमका सांसद, राजनीतिक दलका नेता, आमनागरिक लगायतले लामो समयदेखि विश्वविद्यालय सञ्चालनका लागि माग गर्दै आएका थिए । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले विश्वविद्यालय निर्माणसम्बन्धी विधेयक स्वीकृत गरेसँगै अब जतिसक्दो चाँडै संसद्मा दर्ता गर्ने काममा लाग्न सरकारसमक्ष माग गरेका छन् ।

बिहिबार, असोज १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
भेरी अस्पतालमा आइसीयु सेवा अभाव

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

मीना सुनारको उद्धार

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

ताजा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.