• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ३ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ३ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ३ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ३ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ६ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ७ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ९ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ९ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ९ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

म्याद थप नगरिँदा करार सेवाका स्वास्थ्यकर्मीले तलब पाएनन्

  •  शुक्रबार, असोज २६, २०८० मा प्रकाशित

कञ्चनपुर । दसैँ आउनै लाग्दा शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्यकर्मीले तल पाएका छैनन् । स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य चौकीमा करार पदमा कार्यरत स्वास्थ्यकर्मीको म्याद थप नगरिँदा तलब नपाएका हुन ।

“म्याद थपका लागि वडा कार्यालयमा जाँदा नगरपालिकामा जान भन्छन”, चौध वर्षदेखि करार पदमा कार्यत स्वास्थ्यकर्मी बसन्त धामीले भन्नुभयो, “नगरपालिका गए वडा कार्यालय जान भन्छन्, म्याद थपका लागि अन्यौलता छाएको छ ।”

म्याद थपकै किचलोका कारण २७ करार पदमा कार्यरत स्वास्थ्यकर्मीले गत साउन महिनादेखि तलब पाएका छैनन् । “काम गर म्याद थप भइहाल्छ भन्छन, बिना तलब कति दिन काम गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “नगर प्रमुखलाई यसबारे अवगत गराउँदा आफूलाई यसबारे जानकारी नभएकाले कार्यालय प्रमुखलाई भन्नुपर्ने जवाफ दिएर उम्कन खोज्छन ।”

नगरपालिकाका वडामा सञ्चालित आधारभूत स्वास्थ्य केन्द्र करारमा कार्यरत स्वास्थ्यकर्मीले सञ्चालन गर्दै आएका छन् । “कोरोना महामारीका बेला बिना तलब तीन महिना बढी काम गरेका छौँ”, स्वास्थ्यकर्मी वीरेन्द्र विष्टले भन्नुभयो, “हाम्रो योगदानको कदर नगरी म्याद थप गरिएको छैन, दसैँमा तलब नपाइदा निकै खल्लो महसुस गरिरहेका छौँ ।”

म्याद थप भएर तलब पठाएको सन्देश कुन बेला मोबाइलमा आउँछ भनेर पर्खेर बसेको उल्लेख गर्दै उहाँले म्याद थपको सम्झौता नभएकाले तलब नपाइने बताइएपछि निकै निरास भएको बताउनुभयो । शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख प्रमानन्द भट्टले करारमा तीन तरिकाले स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमा कर्मचारी भर्ना गरिएको बताउनुभयो ।

“केही स्वास्थ्यकर्मी नगरपालिकाबाट नियुक्त गरिएका छन्”, उहाँले भन्नुभयो, “केही वडा कार्यालय र केही स्वास्थ्य चौकी व्यवस्थापन समितिबाट नियुक्त गरिएका छन ।” उहाँका अनुसार नगरपालिकाबाट नियुक्त गरिएकालाई सोझै र व्यवस्थापन समितिबाट नियुक्त भएकालाई स्वास्थ्य चौकीमा उपलव्ध गराइने अनुदानबाट तलबको व्यवस्था गरिँदै आएको छ । वडाबाट नियुक्त भएकालाई वडाबाटै तलब दिइँदै आएको छ ।

करारमा कार्यत स्वास्थ्यकर्मीको म्याद थपका लागि केहीको सम्बन्धित कार्यालयबाट सिफारिस आए पनि केहीको अझै सिफारिस आउन नसक्दा तलब दिन नसकिएको उहाँको भनाइ रहेको छ । “नगरबाटै करारमा नियुक्त गरिएका स्वास्थ्यकर्मीको नियुक्ति पत्र दिनुपर्छ भनेर नगरपालिकामा पत्राचार गरेका छौँ”, वडा नं ३ का वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भन्नुभयो, “कार्यपालिका बैठकमा पनि सबैलाई एकै ठाउबाट नगरबाटै नियुक्ति दिनुपर्छ भनेर छलफल भएको हो, अहिले आएर करारमा कार्यरत स्वास्थ्यकर्मीलाई नियुक्ति नदिएर अन्यौलता सिजर्ना गर्ने कार्य हँुदैछ ।”

करारमा कार्यरत स्वास्थ्यकर्मीले तह गत रुपमा तलबको व्यवस्था नहुदा न्यून तलबमा कार्य गर्दै आएका छन । अहेव पदमा कार्यरतले रु १५ हजारदेखि रु १८ पाँच सय तलबमा कार्य गर्दै आएका छन । “खटाइएका काममा लगनशीलतका साथ काम गर्दै आएका छौँ”, स्वास्थ्यकर्मी दिलबहादुर धामीले भन्नुभयो, तलबमा विभेद गरिएको छ, करार सम्झौताको म्याद थप गरी तहगतरुपमा तलबको व्यवस्था गरिनुपर्छ ।” दसैँलगायतका चाडपर्व सहजरुपमा मनाउने वातावरण सृजना गरी म्याद थप गरी तलब उपलब्ध गराइनुपर्ने उहाँले उल्लेख गर्नुभयो । रासस

शुक्रबार, असोज २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.