• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

गेटामा विश्वविद्यालय स्थापना हुनेमा स्थानीयवासी आशावादी

  •  बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित

सुदूरपश्चिम । कैलालीको गोदावरी नगरपालिका–५ गेटा गाउँमा निर्माण पूरा भएका मेडिकल कलेजका भवन संरचनमा ‘सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना’ हुनेमा स्थानीयवासीमा आशा जागेको छ । यससम्बन्धी विधेयक राष्ट्रियसभामा टेबुल भइ छलफलका क्रममा रहेकाले गेटामा विश्व विद्यालय सञ्चालनमा आउने आशा जागेको स्थानीयवासी लोकराज पाण्डेयले बताउनुभयो ।

उक्त मेडिकल कलेजका नवनिर्मित भवनमा आजबाट न्यूनतम उपचार सेवा सहितको अस्पताल सञ्चालनमा आउन लागेकोले पनि आगामी दिनमा विश्वविद्यालय सञ्चालनमा आउने आशा स्थानीयवासीमा जागेको हो । गेटामा सरकारको लगानीमा भवन संरचनाको निर्माण पूरा हुँदा पनि स्वास्थ्य विज्ञानप्रतिष्ठान वा विश्वविद्यालय स्थापना गर्ने भन्ने बारेमा लामो समयदेखि टुङ्गो नलाग्दा अन्योल देखिएको थियो । अन्योलकाबीच स्थानीयवासीले गेटामा विश्वविद्यालय स्थापनाको मागसहित दबाबमूलक कार्यक्रमसमेत गर्दै आएका थिए ।

यो कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको थियो । तर आर्थिक वर्ष२०८०÷८१को सरकारको बजेट कार्यक्रममा एकसय शय्यासहित सहिद दशरथ चन्दस्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विषय समेटिएपछि स्थानीयवासीले विरोध गर्दै दबाबमूलक कार्यक्रम गरेका थिए ।
अत्याधुनिक भवन लगायतका संरचना निर्माण पूरा भइसकेको सरकारको प्राथमिकता प्राप्त यो कलेजका भवनसंरचना निर्माणमा हालसम्मको रु पाँच अर्ब ९९ करोड भन्दा बढी खर्च भइसकेको जनाइएको छ । “विश्वविद्यालय स्थापनाको प्रक्रियाकै रुपमा अस्पताल सञ्चालनमा आउँन लागेको सुन्दा आंशिक उपलब्धि मान्नुपर्छ” विश्वविद्यालय स्थापनाका लागि दबाब सिर्जना गर्न गठित सङ्घर्ष समितिका संयोजकसमेत रहेका पाण्डेयले भन्नुभयो,“मेडिकल कलेजका केही व्यक्तिले यसलाई विश्वविद्यालय हुन नदिन षड्यन्त्र गर्नसक्ने भएकाले निरन्तरको निगरानी भने आवश्यक छ ।”

स्थानीयवासी तीर्थराज ओझाले विश्व विद्यालय स्थापनाको पहलस्वरुप अस्पताल सञ्चालन आएको भन्ने सुन्दा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो “विश्वविद्यालय सञ्चालनमा आएमा यसले मेडिकल शिक्षामार्फत् सुदूरपश्चिममा समृद्धि ल्याउनका लागि कोसेढुङ्गा सावित हुनेछ ।”

आजबाट सञ्चालनमा आउन लागेको अस्पतालमा जनरल ओपिडी, हाड जोर्नी, जनरल सर्जरी ओपिडि, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ, स्त्रीरोग, अल्ट्रासाउण्ड, एक्स रे, प्रयोगशाला, र फार्मेसी लगायतका सेवा उपलब्ध गराउन लागिएको अस्पतालका निर्देशक डा प्रमोद जोशीले जानकारी दिनुभयो ।
यसै महिनाभित्र एमसिएच क्लिनिक, मङ्रिभित्र खोप सेवा विस्तार, पुसभित्र आकस्मिक सेवा, चैत्रभित्र शल्यक्रिया सेवा र आगामी वैशाखभित्र सघन उपचार कक्ष र एनआइसियु सेवा विस्तार गर्न लागिएको छ ।

स्वास्थ्य तथा जनसङ्या मन्त्रालयले आर्थिक वर्ष २०८०÷०८१ का लागि सहायकस्तर, श्रेणीविहीन कर्मचारी एक सय १०, राजपत्राङ्कितस्तरका ३१ अधिकृतको अस्थायी दरबन्दी स्वीकृत गरिसकेको छ । २६ कर्मचारी अस्पतालमा हाजिर भइसकेका छन् । चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको व्यवस्थापनको काम भइरहेको निर्देशक जोशीले बताउनुभयो ।

निर्माणको गुरुयोजना बमोजिम कलेजका ठूला साना गरी ४२ भन्दा बढी भवन संरचना निर्माण पूरा भइसकेका छन् । कलेज निर्माणका लागि सरकारले छुट्याएको ५१ दशमलब ८ हेक्टर जग्गामा रहेका रुख कटानीका लागि भएको ढिलाइ लगायतका कारणले सुरुका वर्षमा कलेज निर्माणसम्बन्धी पूर्वाधारको निर्माणको काम अघि बढाउन ढिलाइ भएको थियो ।

सरकारले विसं २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो । कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झण्डै छ बिघा जग्गामा मुक्तकमैया परिवारको बसोबास छ ।

उनीहरुलाई समयमै अन्यत्र पुनःस्थापना गर्ने सवालमा सम्बन्धित निकायले ध्यान नदिँदा उक्त ठाउँमा निर्माण गर्नुपर्ने संरचनाको निर्माणकार्य भने अन्योलमा छ । मुक्त कमैया बसेको उक्त जग्गामा मेडिकल कलेज अन्तरगतको ट्रमा सेन्टर लगायतका संरचना निर्माण गर्ने योजना रहेको बताइएको छ । विश्व विद्यालय सञ्चालनमा आएसँगै स्वास्थ्य क्षेत्रमा उच्चस्तरको जनशक्ति उत्पादनका साथै गुणस्तरीय स्वास्थ्योपचार सेवा प्राप्त हुने भई सुदूरपश्चिमको समग्र क्षेत्रमा सकारात्मक प्रभावपर्ने विश्वास गरिएको छ । रासस

बुधबार, कार्तिक ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.