• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

क्षयरोग सङ्क्रमितलाई खाद्यान्न वितरण

  •  शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ । पालिकाले बिहीबार १२ जनालाई खाद्यान्न वितरण गरेको हो । खाद्यान्नमा चामल, दाल, बदाम, चिनी, अण्डालगायतका सामग्री वितरण गरिएको हो ।

पालिकाले यस वर्ष एक सय दुई जना क्षयरोग सङ्क्रमितलाई वितरण गर्ने जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिनुभयो । पालिकाले क्षयरोग मुक्त पालिका बनाउन विभिन्न कार्यक्रम गरिरहेको छ । पालिकामा गत वर्ष एक सय ७६ जना नयाँ क्षयरोगका बिरामी फेला परेका थिए । चालु आर्थिक वर्ष २०७८र०८९ मा एक सय ६८ जना बिरामी फेला परेका थिए । पालिकाले क्षयरोग मुक्त पालिका अभियान सञ्चालन गरेपछि बिरामीको निदान बढ्दै गएको उहाँको भनाइ छ ।

पालिकाले क्षयरोगीमा पनि विपन्न बिरामीलाई खाद्यान्न वितरण गर्ने गरेको छ । गत वर्ष पनि एक सय दुई जनालाई खाद्यान्न वितरण गरिएको थियो, यस वर्ष पनि वितरण गर्ने तयारी रहेको संयोजक रावलको भनाइ छ ।

पालिकाले आगामी पाँच वर्षमा क्षयरोग मुक्त पालिका बनाउने अभियानअन्तर्गत क्षयरोगीलाई सीपमूलक तालिम, विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । “गत वर्षबाट क्षयरोग मुक्त पालिका घोषणाका लागि अभियान सञ्चालन भइरहेका छन्”, उहाँले भन्नुभयो, “समुदायमा स्वयंसेविका, युवा, बडघर, जनप्रतिनिधि, शिक्षकलगायतलाई खोज पड्तालमा सघाउन परिचालन गरेका छौँ, टीकापुर अस्पतालसहित वडावडामा रहेका स्वास्थ्य संस्थामा क्षयरोगको औषधि उपलब्ध छ ।”

यसका साथै सङ्क्रमित बिरामी र परिवारका सदस्यलाई सङ्क्रमण रोकथामसम्बन्धी अभिमुखीकरणसमेत भएको छ । क्षयरोग एक जनालाई भएमा परिवार तथा छिमेकमा रहेका अन्यलाई समेत सर्नसक्ने भएकाले पालिकाले परिवारका सदस्यलाई सङ्क्रमण रोकथामबारे जानकारी दिन थालेका छ । वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले अझै क्षयरोग निदानका लागि सबै जिम्मेवार व्यक्ति लाग्नुपर्ने बताउनुभयो । “लक्षण देखिएकालाई अनिवार्य परीक्षणमा पठाऔँ, उपचार निःशुल्क हुन्छ”, उहाँले भन्नुभयो, “निदान तथा न्यूनीकरणका लागि सबै जिम्मेवार बन्नुपर्छ ।”

नगर प्रमुख रामलाल डगौरा थारुले क्षयरोगले मानिसको ज्यान जानसक्ने भएकाले परीक्षण र सेवा लिन लापर्वाही नगर्न आग्रह गर्नुभयो । “रोग लुकाएर नबसौँ, उपचार निःशुल्क हुन्छ, अति विपन्नलाई पालिकाले गर्ने अन्य सहयोगका कार्यक्रम पनि छन्”, उहाँले भन्नुभयो, “थप परीक्षणका लागि बाहिर जानुपरे पनि पालिकाले सघाउँछ । टीकापुर अस्पतालमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा सेवाबाट पनि धेरै सेवा पाइन्छन् ।” दसैँको मुखमा पोषणका लागि खाद्यान्न पाएपछि सङ्क्रमित परिवार खुसी भएका छन् । रासस

शुक्रबार, कार्तिक ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.