• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • १ घण्टा 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • २ घण्टा 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • ४ घण्टा 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • ६ घण्टा 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ४. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ५. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

बडघर, चिराकी र गुरुवाको स्वास्थ्य बीमा

  •  बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित

टीकापुर (कैलाली) । कैलालीको टीकापुर नगरपालिकाले बडघर, चिराकी र गुरुवाको स्वास्थ्य बीमामा आवद्ध गरिदिनेभएकोे छ । टीकापुर –२ ले बडघर, चिराकी र गुरुवाले समुदायमा सामाजिक भूमिका निभाइरहेकाले उनीहरूको स्वास्थ्योपचारमा सहयोग होस् भनी बीमा गर्न लागेको हो ।

टीकापुर –२ का वडाध्यक्ष दीपक चौधरीले वडामा सूचीकृत भएका १० जना बडघर, १० चिराकी र पाँचजना गुरुवाको बीमा कार्यक्रममा आवद्ध गर्न थालिएको जानकारी दिनुभयो । उहाँले वडाका हरेक काममा चिराकीको ठूलो योगदान रहेको, गुरुवाले कृषि खेतीपछि पूजाआजा गर्ने, रोगब्याधिबाट खेती र समुदायलाई जोगाउन खेलेको भूमिका र बडघर समुदायका अगुवा भएकाले हरेक काममा स्थानीय सरकारले बडघरको सहयोग लिनु परिरहेकाले आफूहरूले बडघर, चिराकी र गुरुवालाई बीमा गरिदिन थालेको बताउनुभयो । “वर्षौँदेखि समुदायको हितमा काम गरिरहनुभएका तपाईँहरूको स्वास्थ्य ठूलो कुरा हो”, उहाँले भन्नुभयो, “बिरामी पर्दा तपाईँ र तपाईँको परिवारलाई सहज होस् भनी स्वास्थ्य बीमामा सघाएका छौँ ।”

यसरी सामाजिक सेवा गरिरहेका बडघर, चिराकी र गुरुवाको आम्दानीको स्रोत नभएकाले उपचारमा वडाको ८० प्रतिशत र उनीहरूको २० प्रतिशत खर्चमा बीमा गरिएको हो । स्वास्थ्य बीमाका लागि पाँच जनाको परिवारका लागि रु तीन हजार पाँच सय शुल्क तिनुपर्छ । वडाले रु दुई हजार आठ सय र सात सय बिमित स्वयंले तिरेर बीमा गरिएको छ ।

स्वास्थ्य बीमामा आबद्ध भए वर्षमा रु एक लाखसम्मको उपचार सेवा निःशुल्क पाइन्छ । वडाले बीमा गरिदिएपछि चिराकी जीतबहादुर परियार निकै खुसी हुनुभएको छ । अठार वर्षदेखि चिराकी भएर गाउँको सेवा गरिरहनुभएका परियार सरकारले आफूलाई पनि सम्झेकामा थप हौसला बढेको बताउनुहुन्छ । “वर्षौँदेखि सामाजिक सेवा गरौँ भनी काम गरिहेका छौँ”, परियार भन्नुहुन्छ, “वडाले कागजपत्र ल्याउनु बीमा गरिदिन्छौँ भनेपछि निकै खुसी लाग्यो । अब पाँच जनाको परिवारले नै टीकापुर र अन्य जिल्लाका अस्पतालमा पनि उपचार सेवा पाउने रहेछौँ ।”

तीस वर्षभन्दा बढी समयदेखि बडघरको जिम्मेवारी सम्हालिरहनुभएका बन्दीपुरका बडघर श्यामलाल डगौरा आफूहरूलाई साइकल, मोबाइल दिनुभन्दा बीमा गरिदिँदा धेरै राहत हुने बताउनुुहुन्छ । वडाले आफूमात्र नभई आफूहरूको परिवारको स्वास्थ्यमा समेत ध्यान दिएको उहाँको भनाइ छ ।

बडघर, गुरुवा तथा चिराकीले स्थानीय सरकारले आफूहरूको क्षमता विकाससँगै अन्य सेवा सुविधासमेत दिनुपर्ने माग गर्दै आएका छन् । समुदायमा अगुवाका रूपमा काम गरिरहेका बडघरका समस्यामा सरकारले समेत विभिन्न कार्यक्रम गर्दै आएका छन् । पछिल्लो समय स्थानीय सरकारले यसरी समुदायमा सेवा गर्ने बडघर, चिराकीलाई सहजताका लागि मोबाइल, साइकल, हातेमाइकजस्ता सामग्री सहयोग गर्दै आएका छन् । रासस

बिहिबार, मङि्सर १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लोकप्रिय

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

ताजा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.