• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, साउन १३, २०८३
बुधबार, साउन १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

नारायणी अस्पतालका चिकित्सकको राजीनामा
  • १८ मिनेट 

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
  • १८ घण्टा 

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द
  • १९ घण्टा 

भेरी अस्पतालमा आइसीयु सेवा अभाव
  • १९ घण्टा 

चिकित्सकको आन्दोलनले उपचार सेवा प्रभावित
  • २० घण्टा 

सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते
  • २१ घण्टा 

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह
  • २३ घण्टा 

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट
  • २ दिन 

भीमसेन थापाको जन्मजयन्तीमा वरिष्ठ चिकित्सक प्राडा बुद्धिबहादुर थापा सम्मानित
  • २ दिन 

लोकप्रिय समाचार

  • १. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • २. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ३. मीना सुनारको उद्धार

  • ४. नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

  • ५. डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

  • ६. जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस

  • ७. चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

  • ८. करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ९. अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म

  • १०. मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

विश्व एड्स दिवस : समुदायको नेतृत्वमा एड्स अन्त्य गरिने

  •  शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित

काठमाडौँ । सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य गर्ने लक्ष्य लिएको छ । समुदायस्तरमा नै सङ्क्रमितहरू बढी अपहेलित पर्ने भएकाले समुदायलाई एड्स अन्त्य गर्ने अभियानमा सहभागी गराउने भएको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरले समुदायको नेतृत्वमा एड्स अन्त्य गर्नका लागि यस वर्षको नारा नै ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गराँै’ राखिएको बताउनुभयो ।

नेपालमा सन् २०३० सम्ममा एड्सलाई अन्त्य गर्नका लागि राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ अघि सारिएको छ ।

रणनीतिअनुसार नेपालबाट एड्स अन्त्य गर्नका लागि ९५÷९५÷९५ अभियान सञ्चालन गरेको छ । “एड्स सङ्क्रमितकै समुदायलाई सक्रिय बनाएर एड्स अन्त्य गर्ने अभियान रहेको छ,” उहाँले भन्नुभयो, “समुदायलाई नै अगाडि बढाउँदा एड्सप्रति अपहेलना घट्ने र अन्त्य हुनेछ ।”

झन्डै ९५ प्रतिशतले एचआइभी सङ्क्रमितले आफ्नो सङ्क्रमण थाहा पाउने, ९५ प्रतिशत औषधिको उपचारमा पहुँच र औषधि खानेहरूमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून मात्रामा रगतमा राख्न सक्यो भने उन्मूलन गर्न सकिने उहाँको भनाइ रहेको छ ।

उहाँले ९५÷९५÷९५ अभियानको ९२ प्रतिशत सफलता प्राप्त गरिसकेको बताउनुभयो । “३० हजार सङ्क्रमितमध्ये हामीले करिब २४ हजार पत्ता लगाइसकेका छौँ,” उहाँले भन्नुभयो, “पत्ता लगाएका बिरामीमध्ये ८४ प्रतिशतले नियमित औषधि सेवन गरिरहेका छन् ।” उहाँले औषधि खाइरहेका सङ्क्रमितहरूमा भाइरस रगत एकदम न्यून रहेको छ । “औषधि खाइरहेकामध्ये ९७ प्रतिशतभन्दा बढीको रगतमा भाइरस न्यून मात्रामा रहेको छ,” उहाँले भन्नुभयो, “अलिकति जोडबल ग¥यो भने सन् २०३० सम्म एड्स अन्त्य गर्ने नारा साकार हुन सक्दछ ।”

नेपालमा ९२ प्रतिशतले सङ्क्रमित पत्ता लगाइसकेको, ८४ प्रतिशतले औषधि खाइरकेको र ७२ प्रतिशतको रगतमा भाइरसको भार (भाइरल लोड) न्यून मात्रामा रहेको केन्द्रका निर्देशक डा ठाकुरले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले एचआइभी सङ्क्रमितमाथि अझै पनि समाजमा लाञ्छना र भेद्भाव रहेकाले हटाउन आवश्यक रहेको बताउनुभयो । “अझ पनि समाजमा एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकिएको छैन,” उहाँले भन्नुभयो, “सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तनका लागि हामीले समाजको नेतृत्वलाई नै अगाडि सार्ने अभियानमा रहेका छौँ ।”

नेपालमा सन् २०१० को तुलनामा एचआइभीको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । केन्द्रका निर्देशक डा ठाकुरका अनुसार २०१० को तुलनामा अहिले ८० प्रतिशत मृत्युदर घटेको पाइएको छ । सन् २०२२ मा तीन सय ४४ जनाको एड्सका कारणले मुत्यु भएको थियो । जबकि सन् २०१० मा एक हजार सात सयजनाको मृत्यु भएको थियो । अहिले दैनिक एकजना नयाँ सङ्क्रमित फेला पर्ने गरेका छन्भने एकजना सङ्क्रमितको निधन हुने गरेको छ । अहिले ७७ प्रतिशतको दरले नयाँ सङ्क्रमण घटेको छ ।

नेपालमा सन् २०२२ मा चार सय ८८ जना व्यक्तिमा एचआइभीको नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ । जुन २०१० को तुलनामा ७७ प्रतिशतले कम हो । सन् २०२२ मा ५२ जना बालबालिकामा (जन्मेदेखि १४ वर्ष) उमेरमा नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ । सन् २०१० मा दुई सय ७७ जना बालबालिकामा सङ्क्रमण भएको थियो । २०१० को तुलनामा नयाँ बालबालिकामा हुने सङ्क्रमण पनि ७७ प्रतिशतले घटेको पाइएको छ ।
सन् २०२२ को अन्त्यसम्म नेपालमा कूल सङ्क्रमितमध्ये २३ हजार दुई सय ९३ जनाले एन्टिरेट्रोभाइरस (एआरभी) उपचार लिइसकेका छन् । यी सङ्ख्या भनेको कूल एचआइभी सङ्क्रमितमध्ये ७८ प्रतिशतले एआरभी उपचार लिइरहेका छन् । कूल सङ्क्रमितमध्ये शून्य दशमलव १२ प्रतिशत सङ्क्रमण वयस्क मानिसमा र ४५ जना १४ वर्षभन्दा मुनिका बालबालिकामा एचआइभी सङ्क्रमण भएको तथ्याङ्कमा देखाइएको छ ।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले सरकारले रणनीतिअनुसार एचआइभी एड्सका काम गरिरहेको बताउनुभयो । उहाँले उपचारबाट बाहिर रहेका करिब छ हजार सङ्क्रमितलाई उपचारमा ल्याउने हो भने सरकारले तोकेको लक्ष्य पूरा हुने बताउनुभयो । उपचार गरी भाइरल लोड ठीक भएका सङ्क्रमितको समाजमा घुलमिल भई जीविकोपार्जनसम्बन्धी कार्यक्रम ल्याउन आवश्यक रहेको छ ।

वैदेशिक रोजगारीमा जानेहरू उच्च जोखिममा

नेपालमा एचआइभी सङ्क्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारीका लागि विदेसिने युवाहरू रहेका छन् । तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमण दर अरू जोखिम समूहभन्दा उच्च रहेको छ । सन् २०२० को राष्ट्रिय सर्वेक्षणअनुसार सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेमा तीन प्रतिशतका दरले एचआइभी सङ्क्रमण रहेको पाइएको छ ।

यस्तै सन् २०१७÷१८ मा गरिएको सर्वेक्षणमा महिला यौनकर्मीमा दुई दशमलव दुई प्रतिशत र पुरुष समलिङ्गीमा छ दशमलव दुई प्रतिशतका दरले एचआइभी सङ्क्रमण रहेको पाइएको छ । कोशी, लुम्बिनी तथा सुदूरपश्चिमका जिल्लामा गरिएको सर्वेक्षणले भारतमा काम गर्ने नेपालीमा एचआइभी सङ्क्रमण एक प्रतिशतभन्दा कम रहेको पाइएको छ ।

नेपालमा राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ ले निर्देशन गरेअनुरुप उच्च जोखिममा रहेका समूह जस्तै सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारका लागि विदेसिने तथा तिनका दम्पती तथा जेलमा रहेका कैदीका लागि एचआइभी रोकथाम कार्यक्रम एवं सङ्क्रमित र प्रभावितका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ ।

अहिले ६१ जिल्लाका ८५ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण रोकथाम (पिएमटिसिटी) गर्न समुदायमा आधारित पिएमटिसिटी कार्यक्रम सञ्चालनमा छ । यसअन्र्तगत प्रसूति केन्द्रहरूमा गर्भवतीमा एचआइभी निःशुल्क जाँच सुविधा छ । देशका ७७ वटै जिल्लामा अवस्थित स्वास्थ्य संस्थाहरूबाट एचआइभी परामर्श तथा परीक्षण केन्द्र रहेका छन् ।

सङ्क्रमण रोक्ने चुनौती

नयाँ एचआइभी सङ्क्रमण रोक्न तथा हालसम्म सेवा नपाएका जोखिम समूहलाई प्राथमिकतामा राखी समयमा नै गुणस्तर सेवाको पहुँच पु¥याउनुपर्ने, प्रदेश एवं स्थानीयस्तरमा प्रयोगशालासम्बन्धी सेवाको क्षमता अभिवृद्धि गर्नुपर्ने, मानव संशासन, बजेट, पूर्वाधारको विकास गर्न जरुरी रहेको बताइएको छ ।

यस्तै, नयाँ एचआइभी सङ्क्रमितलाई उपचारका लागि अन्यत्र पठाउने व्यवस्था गरी यथाशीध्र उपचारको व्यवस्था गर्नुपर्ने देखिन्छ । एचआइभी सङ्क्रमितलाई प्राथमिकतामा राखी सिकिस्त सङ्क्रमित र स्वस्थ सङ्क्रमित केन्द्रित उपचार केन्द्र सञ्चालन गर्नुपर्ने जस्ता चुनौती रहेका छन् । अहिले पनि करिब छ हजार सङ्क्रमित फेला पार्न सकिएको छैन । ती सङ्क्रमित पत्ता लगाई नियमित उपचारमा ल्याउनका लागि समस्या रहेको छ ।

यस्तै, एचआइभी सङ्क्रमितको भाइरल लोड परीक्षणको सेवामा पहुँच बढाउनका लागि सातवटै प्रदेशमा भाइरल लोड परीक्षण सेवा विस्तार गर्नुपर्दछ । केन्द्रका निर्देशक डा ठाकुरले एचआइभी सङक्रमितहरूलाई प्राथमिकतामा राखी सिकिस्त सङ्क्रमितक र स्वस्थ सङ्क्रमितहरू केन्द्रित उपचारका सेवाहरू सञ्चालन गर्ने र उपचार कार्यक्रमको प्रभावकारिता निगरानी गर्नका लागि सूचना प्रणालीलाई सुदृढीकरण गरी प्रमाणमा आधारित विभिन्न तहहरूमा उपचारका कार्यक्रमहरू सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । यस्तै एचआइभी उपचारका औषधिहरूको आपूर्तिलाई प्रभावकारी पूर्वानुमान गरी चुस्तदुरुस्त बनाउने आवश्यक रहेको छ ।

विश्वमा दैनिक तीन हजारभन्दा बढी सङ्क्रमित

विश्वमा सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित भएदेखि सन् २०२२ को अन्त्यसम्म आठ करोड ५६ लाख व्यक्ति एचआइभीबाट सङ्क्रमित भइसकेका छन् । त्यसैगरी, चार करोड चार लाख व्यक्तिको एड्सका कारणले मृत्यु भइसकेको छ । विश्वमा हरेक दिन तीन हजार ६ सय जनामा नयाँ सङ्क्रमित पुष्टि हुने गर्दछ ।

सन् २०२२ मा मात्रै करिब छ लाख ३० हजार व्यक्तिको एड्सका कारणले मृत्यु भएको अनुमान छ । जुन सन् २०१० को तुलनामा ५१ प्रतिशतले कम हो । सन् २०१० मा १३ लाख व्यक्तिको एड्सका कारणले मृत्यु भएको अनुमान थियो । नेपालसहित विश्वभर नै डिसेम्बर १ तारिखमा विश्व एड्स दिवस मनाउने गरिन्छ । यस वर्ष ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदैछ । रासस

शुक्रबार, मङि्सर १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नारायणी अस्पतालका चिकित्सकको राजीनामा
मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !
चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द

लोकप्रिय

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

मीना सुनारको उद्धार

नेपाललाई आँखा उपचारमार्फत ‘स्वास्थ्य कूटनीति’ प्रवर्द्धन गर्ने अवसर

डाक्टरमाथि कुटपिटको विरोधमा आकस्मिक सेवा समेत बन्द

ताजा

नारायणी अस्पतालका चिकित्सकको राजीनामा

मानवता हराएका ती स्वास्थ्यकर्मी, मनकारी यी राइडर !

चिकित्सकमाथि आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.