• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • १ घण्टा 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • २ घण्टा 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • ४ घण्टा 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • ६ घण्टा 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ४. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ५. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका राजुदेवी

  •  मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ की ५० वर्षीय राजुदेवी रानाले महिला स्वास्थ्य स्वयंसेविका भएर कार्य गरेको दुई दशक बढी भइसकेको छ । उक्त कार्य गर्नेहरुमा नगर क्षेत्रमै उहाँ उत्कृष्ट हुनुहुन्छ ।

स्वास्थ्यकर्मी र चिकित्सक नभएको अवस्थामा गर्भवती, सुत्केरी भएकालाई अप्ठेरो परेको जुनसुकै बेला पनि राजुदेवीलाई गुहार्ने गरिन्छ । उहाँ महिला स्वयंसेविका भएपछि मानवीय सेवामा खटदै आउनुभएको छ ।

राजुदेवी भन्नुहुन्छ, “मानवीय सेवाका लागि कहिल्यै पछाडि फर्केर हेरेको छैन, यसै पेसाबाट समाजको मन जितेको छु, माया र ममता पाएको छु, सेवामै रमाउन चाहन्छु ।” विसं २०५७ सालमा आमा समूहमा आबद्ध भएर उहाँ महिला स्वास्थ्य स्वयंसेविकामा प्रवेश गर्नुभएको हो ।

त्यसबेला गाउँमा प्रौढ कक्षा सञ्चालन हुन्थ्यो । त्यसै क्रममा आमा समूहमा आबद्ध भएँ, महिला स्वयंसेविका बन्न प्रस्ताव आएपछि घरपरिवारका सदस्यहरुलाई थाहा नै नदिई सेवा प्रवेश गरेको राजुदेवी बताउनुहुन्छ ।

“स्वयंसेविकाको नियुक्त पाउने बेला निकै विरोध पनि भयो, कुरा स्वास्थ्य चौकीसम्म पुग्यो, स्वास्थ्य चौकीबाटै नियुक्ति मिल्यो, त्यसपछि पछाडि फर्केर हेरिन,” उहाँ भन्नुहुन्छ, “समाजसेवा गर्दै गएँ, सबैको विश्वास जित्न सफल भएँ, समाजसेवाकै माध्यमले सबैले चिन्दछन् ।”

स्वयंसेविका नियुक्त भएपश्चात् राजुदेवीले गर्भवतीलाई जाँच गराउन, सुत्केरी हुनेलाई बर्थिङ सेन्टरसम्म पु¥याउन, पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउन खोप केन्द्रसम्म पु¥याउने कार्य गर्दै आउनुभएको छ । योसँगै गर्भवती भएकाको घरमै पुगेर आइरन चक्की खान दिने, बालबालिकालाई भिटामिन खाए नखाएको बारे सोधीखोजी गर्ने र परिवारनियोजनका अस्थायी साधन आवश्यक भएका दम्पतीलाई उपलब्ध गराउने कार्य उहाँले गर्दै आउनुभएको छ ।

प्राथमिक उपचारका कार्य पनि राजुदेवीले निरन्तर रुपमा गर्दै आउनुभएको छ । पहिला गाउँपालिका हुँदा खोप लगाउन उमेर पुगेका बालबालिकालाई खोप केन्द्रमा खोप लगाउने कार्य पनि गर्नुभएकी उहाँ अहिले गाउँघर क्लिनिक खोल्ने र सफा गर्ने कार्यसँगै खोप लगाउने बालबालिकालाई खोप केन्द्रमा पु¥याउने कार्य गर्नुहुन्छ । केन्द्रमा खोप लिन नआएका बालिबालिकाका अभिभावकलाई फोन गरेर बालबालिकालाई खोप लगाउन ल्याउन पनि सुझाउनुहुन्छ ।

सरकारी तवरबाट राजुदेवी पोशाक भत्ताबापत वर्षमा रु सात हजार र अन्य रु १५ हजार पाउनुहुन्छ । “गाउँमा कोही बिरामी भए मेरै दैलोमा पुग्छन्,” उहाँ भन्नुहुन्छ, “नाइनास्ती भन्नै सकिँदैन, धनगढी, नेपालगञ्ज र कहिलेकाहीँ काठमाडौँ, भारतको नयाँ दिल्ली, कलकतासम्म पुग्नुपर्छ । गाउँघर क्लिनिक सञ्चालन हुने ठाउँमा किटबक्ससँगै त्यसमा प्राथमिक उपचारका लागि आवश्यक औषधि र एक दराज मात्रै उपलब्ध गराइएको छ । ”

“आमा समूहको मासिक समीक्षा बैठकलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थाबाट प्रतिनिधि पठाए मनोबल बढ्छ,” राजुदेवी भन्नुहुन्छ, “आफ्ना कुरा सुन्ने कोही त हुनु प¥यो, समस्या समाधान नहुँदा निकै निराश पनि भइन्छ ।”

“सेवासुविधामा तलब त भन्दैनौँ, सेवामा खटिएका स्वयंसेवक हौँ तर काम गर्ने दिन तोकिदिनु पर्छ,” उहाँ जोड दिनुहुन्छ, “दिनरात काममा खटिनेलाई खाजा भत्ता त नगरपालिकाका तर्फबाट दिन सक्नुपर्छ, दोब्बर भत्ता दिने भनेको धेरै भयो, त्यो पनि पाइएको छैन ।”

“स्वयंसेविकाको पनि परिवार भएकाले ६० वर्ष उमेर पुग्दा सेवा निवृत्त हँुदा पेन्सनको व्यवस्था गरिदिए बेस हुन्थ्यो, रित्तो हात घर फर्कनुपर्ने अवस्था छ, केही स्थानीय तहले यो व्यवस्था गरेका छन्, यहाँ भने सुनुवाइ नै हुँदैन,” उहाँ भन्नुहुन्छ ।

स्वास्थ्य संस्था पु¥याउन नपाउँदै बाटोमै सुत्केरी भएका धेरैलाई स्याहारेको अनुभव राजुदेवीसँग छ । यस्तो अवस्थामा बच्चा र आमालाई बचाउन पाउँदा निकै गर्व महसुस हुने राजुदेवीको भनाइ छ । सुत्केरी स्याहार्न हामी घरमै पुग्छाँै, घरका व्यक्तिहरुले सुत्केरीलाई छोइछिटो गरी छुन पनि जाँदैनन् त्यस्तो अवस्थामा काम गर्दा पनि कसैले महिला स्वास्थ्य स्वयंसेविकालाई एक छाक खाना खाउ भनेर पनि सोध्दैनन्, यस्तो अवस्थामा पनि काम गर्नु परेको उहाँको गुनासो छ ।

“महामारी आयो सबै घरमै थुनिएर बसे, हामी महिला स्वयंसेविका घामपानी नभनीकनै बिरामीको उपचारमा जुट्यौँ,” राजुदेवी भन्नुहुन्छ, “घामपानी छेक्न एकवटा छाता त दिनोस्भन्दा बजेट छैन भनेर पन्छाइयो ।”

विसं २०७५ सालमा वडा कार्यालयका तर्फबाट एकवटा साइकल पाइएका थियौँ, त्यो पनि जीर्ण हँुदा पैदल नै सुत्केरी र गर्भवती स्याहार्न हिँड्नु परेको गुनासो गर्दै उहाँ भन्नुहुन्छ,“गाउँमा बिरामी भए पहिलो फोन महिला स्वास्थ्य स्वयंसेविकालाई नै आउँछ, फोन आउँदा घरको सबै काम छाडेर त्यसमै होमिन्छौँ तर महिला स्वयंसेविकाको पीडा हेर्ने कोही हँुदैन ।”

स्वास्थ्य क्षेत्रको सफलतामा महिला स्वयंसेविकाको ठूलो हात रहे पनि हेर्ने दृष्टिकोणमा सुधार नआउँदा अभावमै बाँच्नु परेको राजुदेवी बताउनुहुन्छ । रासस

मङ्गलबार, मङि्सर १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लोकप्रिय

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

ताजा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.