• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ६ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ८ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ८ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

सहिद, बेपत्ता पारिएका र घाइते परिवारको स्वास्थ्य बीमा गरिँदै

  •  बिहिबार, पुष ०५, २०८० मा प्रकाशित

टीकापुर (कैलाली)। टीकापुर नगरपालिकाले सहिद, बेपत्ता पारिएका तथा घाइते परिवारलाई स्वास्थ्य बीमा गरिदिने गरेको छ । पालिकाले गत वर्ष ४६ परिवारको बीमा गरिदिएको थियो । बीमा कार्यक्रमबाट धेरै परिवारले उपचारमा सुविधा भएको बताएका छन् ।

बेपत्ता परिवारका सदस्य दुर्गाकुमारी जैसी रिमालले नगरपालिकाले बीमा गरिदिएपछि गत वर्ष रु ५० हजार बढीको स्वास्थ्य उपचार सेवा लिनुभयो । उहाँले टीकापुर अस्पतालमात्र नभई काठमाडाँैँको वीर अस्पतालमा समेत सेवा लिनुभयो । बीमाले उपचार सेवा लिन सहज भएको उहाँ बताउनुहुन्छ । “म बेपत्ता परिवारको सदस्य हो । हामीजस्ता उपचार गर्न बजेट जुटाउन नसक्ने परिवारलाई पालिकाले बीमा गरिदिएर ठूलो सहयोग गरेको छ”, दुर्गाले भन्नुभयो, “गत वर्ष मैले बीमा सुविधाबाट टीकापुर अस्पताल, नेपालगञ्ज र काठमाडौँको वीर अस्पतालमा उपचार सुविधा लिएँ ।” स्थानीय पालिकाले सानो सहयोगबाट बीमा गरिदिएर आफूहरुलाई ठूलो सहयोग मिलेको दुर्गाकुमारीले बताउनुभयो ।

टीकापुर नगरपालिका–३ की बीना थारुको टीकापुर नगरपालिकाले स्वास्थ्य बीमा गरिदिएको छ । सशस्त्र द्वन्द्वमा घाइते परिवारका सदस्य बीनाको परिवारले गत वर्ष बीमा वापत टीकापुर अस्पतालबाट रु ३० हजार बराबरको औषधि सुविधा लियो । बिरामी भएको अवस्थामा पालिकाले गरिदिएको बीमाले उनीहरुलाई सहज भयो । “सहिद, घाइते तथा अपाङ्ग परिवारको अवस्था त्यसै पनि दयनीय छ । विपन्नलाई उपचारमा सहज होस् भनी पालिकाले राम्रो सुरुआत गरेको छ । गत वर्ष पनि सुविधा लिएँ । यस वर्ष पनि नवीकरण गरिदिएको छ”, उहाँ भन्नुहुन्छ, “बीमा भएपछि २४ सैँ घण्टा चिकित्सकको सेवा पाइने, यहाँ नभए अन्त पनि उपचार हुने भएकाले यसबाट धेरैले लाभ लिएका छन् ।”

पालिकाले गत वर्षदेखि विभिन्न आन्दोलनमा सहिद, बेपत्ता पारिएका तथा घाइते परिवारलाई स्वास्थ्य बीमा गरिदिने गरेको हो । पालिकाले कार्यविधि बनाएर बीमा सुविधा दिने गरेको हो । गत वर्ष ४६ परिवारको स्वास्थ्य बीमा गरिदिएको थियो । जसमा रु दुई लाख पालिकाको खर्च भएको थियो । प्रतिपरिवार पाँच जनाका लागि बीमा शुल्क रु तीन हजार पाँच सय तिर्नुपर्छ । यति रकम बराबर उपचार गर्दा रु एक लाखसम्मको सेवा निःशुल्क पाइन्छ ।

यो कार्यक्रमले बीमामा आबद्ध परिवारलाई उपचारमा सहजता भएकाले खुसी भएका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख बलबहादुर रावल बताउनुहुन्छ । “गत वर्ष बीमामा आबद्ध भएका धेरै परिवारले टीकापुर अस्पताल र यहाँबाट रेफर भएर पनि सेवा लिनुभएको छ”, रावल भन्नुहुन्छ, “पालिकाले आर्थिक सहायता गर्नुभन्दा बीमा गरिदिएमा परिवारले नै राहत पाउँछ ।”

स्वास्थ्य शाखा प्रमुख रावल बीमा गरिदिँदा सबै परिवारले उपचार सेवा पाउने भएकाले सहज हुने बताउनुहुन्छ । “यस वर्ष पनि हामीले बीमामा आबद्ध हुन सूचना गरिसकेको छौँ, गत वर्ष केही कागजात नपुगेका आबद्ध हुन सकेका थिएनन्”, उहाँ भन्नुहुन्छ, “गत वर्ष सूचना नपाएका तथा छुटेका पनि यस वर्ष सेवामा जोडिने छन् ।”

स्वास्थ्य बीमामार्फत उपचार सहजताका लागि पालिकाले बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सघाउन आवश्यक रहेको स्थानीय बताउँछन् । रासस

बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.