• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
  • १ घण्टा 

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • २ घण्टा 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • ४ घण्टा 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • ६ घण्टा 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ४. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ५. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

सहिद, बेपत्ता पारिएका र घाइते परिवारको स्वास्थ्य बीमा गरिँदै

  •  बिहिबार, पुष ०५, २०८० मा प्रकाशित

टीकापुर (कैलाली)। टीकापुर नगरपालिकाले सहिद, बेपत्ता पारिएका तथा घाइते परिवारलाई स्वास्थ्य बीमा गरिदिने गरेको छ । पालिकाले गत वर्ष ४६ परिवारको बीमा गरिदिएको थियो । बीमा कार्यक्रमबाट धेरै परिवारले उपचारमा सुविधा भएको बताएका छन् ।

बेपत्ता परिवारका सदस्य दुर्गाकुमारी जैसी रिमालले नगरपालिकाले बीमा गरिदिएपछि गत वर्ष रु ५० हजार बढीको स्वास्थ्य उपचार सेवा लिनुभयो । उहाँले टीकापुर अस्पतालमात्र नभई काठमाडाँैँको वीर अस्पतालमा समेत सेवा लिनुभयो । बीमाले उपचार सेवा लिन सहज भएको उहाँ बताउनुहुन्छ । “म बेपत्ता परिवारको सदस्य हो । हामीजस्ता उपचार गर्न बजेट जुटाउन नसक्ने परिवारलाई पालिकाले बीमा गरिदिएर ठूलो सहयोग गरेको छ”, दुर्गाले भन्नुभयो, “गत वर्ष मैले बीमा सुविधाबाट टीकापुर अस्पताल, नेपालगञ्ज र काठमाडौँको वीर अस्पतालमा उपचार सुविधा लिएँ ।” स्थानीय पालिकाले सानो सहयोगबाट बीमा गरिदिएर आफूहरुलाई ठूलो सहयोग मिलेको दुर्गाकुमारीले बताउनुभयो ।

टीकापुर नगरपालिका–३ की बीना थारुको टीकापुर नगरपालिकाले स्वास्थ्य बीमा गरिदिएको छ । सशस्त्र द्वन्द्वमा घाइते परिवारका सदस्य बीनाको परिवारले गत वर्ष बीमा वापत टीकापुर अस्पतालबाट रु ३० हजार बराबरको औषधि सुविधा लियो । बिरामी भएको अवस्थामा पालिकाले गरिदिएको बीमाले उनीहरुलाई सहज भयो । “सहिद, घाइते तथा अपाङ्ग परिवारको अवस्था त्यसै पनि दयनीय छ । विपन्नलाई उपचारमा सहज होस् भनी पालिकाले राम्रो सुरुआत गरेको छ । गत वर्ष पनि सुविधा लिएँ । यस वर्ष पनि नवीकरण गरिदिएको छ”, उहाँ भन्नुहुन्छ, “बीमा भएपछि २४ सैँ घण्टा चिकित्सकको सेवा पाइने, यहाँ नभए अन्त पनि उपचार हुने भएकाले यसबाट धेरैले लाभ लिएका छन् ।”

पालिकाले गत वर्षदेखि विभिन्न आन्दोलनमा सहिद, बेपत्ता पारिएका तथा घाइते परिवारलाई स्वास्थ्य बीमा गरिदिने गरेको हो । पालिकाले कार्यविधि बनाएर बीमा सुविधा दिने गरेको हो । गत वर्ष ४६ परिवारको स्वास्थ्य बीमा गरिदिएको थियो । जसमा रु दुई लाख पालिकाको खर्च भएको थियो । प्रतिपरिवार पाँच जनाका लागि बीमा शुल्क रु तीन हजार पाँच सय तिर्नुपर्छ । यति रकम बराबर उपचार गर्दा रु एक लाखसम्मको सेवा निःशुल्क पाइन्छ ।

यो कार्यक्रमले बीमामा आबद्ध परिवारलाई उपचारमा सहजता भएकाले खुसी भएका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख बलबहादुर रावल बताउनुहुन्छ । “गत वर्ष बीमामा आबद्ध भएका धेरै परिवारले टीकापुर अस्पताल र यहाँबाट रेफर भएर पनि सेवा लिनुभएको छ”, रावल भन्नुहुन्छ, “पालिकाले आर्थिक सहायता गर्नुभन्दा बीमा गरिदिएमा परिवारले नै राहत पाउँछ ।”

स्वास्थ्य शाखा प्रमुख रावल बीमा गरिदिँदा सबै परिवारले उपचार सेवा पाउने भएकाले सहज हुने बताउनुहुन्छ । “यस वर्ष पनि हामीले बीमामा आबद्ध हुन सूचना गरिसकेको छौँ, गत वर्ष केही कागजात नपुगेका आबद्ध हुन सकेका थिएनन्”, उहाँ भन्नुहुन्छ, “गत वर्ष सूचना नपाएका तथा छुटेका पनि यस वर्ष सेवामा जोडिने छन् ।”

स्वास्थ्य बीमामार्फत उपचार सहजताका लागि पालिकाले बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन सघाउन आवश्यक रहेको स्थानीय बताउँछन् । रासस

बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ
डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लोकप्रिय

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

ताजा

लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.