• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, भदौ २६, २०८३
शुक्रबार, भदौ २६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • १० घण्टा 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • १६ घण्टा 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • १६ घण्टा 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • १६ घण्टा 

बाँकेमा १९३ कुष्ठरोगी
  • १ दिन 

विपद्मा महिला, बालबालिका र दीर्घरोगीको हेरचाह गर्न आग्रह
  • १ दिन 

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले
  • १ दिन 

सङ्घीय अस्पतालमा शवगृह बनाइने
  • १ दिन 

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ६. विपद्पछि सरुवा रोगको प्रकोप

  • ७. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

  • १०. नुवाकोटमा हैजाविरुद्धको खोप

फ्रान्सका राष्ट्रपति म्याक्रोनलाई यौन पीडकको पक्षमा अभिव्यक्ति दिएको आरोप

  •  बिहिबार, पुष ०५, २०८० मा प्रकाशित

लन्डन ।फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई यौन पीडकको पक्षमा अभिव्यक्ति दिएको आरोप लागेको छ ।
राष्ट्रपति म्याक्रोनले बिहीबार चारैतिरबाट यौन आक्रमणकारीहरूको पक्षमा रहेको आरोपको सामना गर्नु परेको छ । फिल्म आइकन जेरार्ड डेपार्डियो बलात्कार र यौन दुर्व्यवहारको आरोप खेपिरहेका बेला राष्ट्रपतिलाई समेत उनको पक्षमा नरम रहेको आरोप लागेको छ ।
बुधवार राष्ट्रपति म्याक्रोनसँग लिइएको टेलिभिजन अन्तर्वार्तामा अभिनेता डेपार्डियोलाई प्रदान गरिएको फ्रान्सको ‘सर्वोच्च राज्य पुरस्कार’ खोस्नु पर्छ कि भनेर सोधिएको प्रश्नको जवाफमा उहाँले आफू त्यसको पक्षमा नभएको बताउँनु भएको थियो । डेपार्डियोले करिब तीन दशक अघि सो प्रतिष्ठित राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए । राष्ट्रपतिले डेपार्डियलाई निकै ठूलो अभिनेता भन्दै उनी निर्दोष हुन सक्ने खालको आशय अभिव्यक्त गर्नु भएको थियो ।

राष्ट्रपतिको सो धारणापछि अनेक कोणबाट उहाँको आलोचना शुरु भएको छ । विभिन्न नारीवादी सङ्गठनहरूले चर्को स्वरमा उहाँको सो अभिव्यक्ति गैरजिम्मेवार ठहर गर्दै यौनहिंसा पीडितको मनोविज्ञान नबुझेको र पीडितको विपक्षमा रहेको समेत आरोप लगाएका छन् ।
करिब २०० भन्दा बढी चलचित्र र टिभि शृङ्खलाहरू बनाएका डेपार्डियोलाई सन् २०२० मा बलात्कारको आरोप लागेको थियो । उनीमाथि थुप्रै महिलाहरूले यौन उत्पीडन र आक्रमण गरेकोको आरोप लगाएका थिए।
सन् २०१८ मा उत्तर कोरियाको यात्राका क्रममा क्यामेरामा कैद गरिएका यौनजन्य टिप्पणीमा उनी हाल छानबिनको घेरामा परेका छन् । यसै महिनाको शुरुमा राष्ट्रिय टेलिभिजनमा पहिलो पटक प्रसारण गरिएको यस विषयले धेरैको ध्यान खिचेको थियो र थुप्रै आलोचना पनि खेपेको थियो ।

यता नारीवादी सङ्गठनलेले म्याक्रोनका टिप्पणीहरू यौनहिंसा भोगेका सबै महिलाहरूका लागि ‘अपमान’ भएको बताएका छन् । राष्ट्रपतिका यस्ता अभिव्यक्तिले यौनहिंसा पीडितको मनोबल खस्किने र पीडामाथि पीडा थपिने भन्दै विभिन्न सङ्गठनका प्रतिनिधिहरू थप उत्तेजित भएका छन् ।

ग्रीन पार्टीकी सांसद स्यान्ड्रिन रुसोले राष्ट्रपतिको उक्त टिप्पणीलाई “यौन हिंसा पीडितहरूलाई आवाज दिने आन्दोलनको अपमान” भएको बताउनु भएको छ । त्यस्तै महिला फाउन्डेसन नामक संस्थाकी प्रमुख आनी-सेसिल मेलफर्टले “पीडितहरूप्रति यो कति अपमानजनक र घृणित छ, र समयभन्दा कति पछाडि छ भनेर भन्न एकल ट्वीट पर्याप्त छैन” भन्ने टिप्पणी गर्नु भएको छ ।
फ्रान्स २ टेलिभिजन च्यानलले अभिनेतालाई उनको २०१८ को उत्तर कोरियाको यात्रामा महिला दोभाषेको उपस्थितिमा बारम्बार स्पष्ट यौन टिप्पणीहरू गरेको र घोडामा सवार सानी केटीलाई यौन शोषण गरेको देखाएको छ।

पूर्व राष्ट्रपति फ्रान्कोइस ओलान्डले बिहीबार फ्रान्स इन्टर प्रसारकसँगको कुराकानीमा उक्त फुटेज हेरेपछि आफूलाई “जेरार्ड डेपार्डियोप्रति सम्मान नरहेको” बताउँनु भएको छ ।
यद्यपि अक्टोबरमा अभिनेताले आफ्ना विरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेका छन् ।
गत हप्ता, फ्रान्सेली संस्कृति मन्त्री रिमा अब्दुल मलाकले अभिनेताको व्यवहारले फ्रान्सलाई लाजमर्दो बनाएको टिप्पणी गर्नु भएको छ । अभिनेताले सन् १९९६ मा प्राप्त गरेको देशको शीर्ष पुरस्कार लिजन डी’अनरबाट खोसिन सक्ने खालको आशय अभिव्यक्त गर्नु भएको थियो ।

तर बुधवारको अन्तर्वार्तमा राष्ट्रपति म्याक्रोनले मन्त्रीको सो टिप्पणीलाई यथार्थबाट बहकिएको हुनसक्ने बताउनु भएको थियो । सो डकुमेन्ट्री प्रसारित भएदेखि उनको परिवार सञ्चार माध्यमबाट टाढा छ र विक्षिप्त छ ।

बिहिबार, पुष ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

ताजा

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.