• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • २ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ५ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ६ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ८ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ८ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ८ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ५. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

नसर्ने रोगबारे समुदायमा सचेतना फैलाउँदै महिला स्वास्थ्य स्वयंसेविका

  •  शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले नसर्ने रोगबारे सचेतना फैलाउन महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ । नगरपालिकाले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन समुदायमा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो । पालिकाले एक सय २० स्वयंसेवक महिलालाई तीन÷तीन दिनको तालिम दिएर समुदायमा पठाएको छ ।

स्वयंसेवक महिलालाई नसर्ने रोगका प्रकार, लक्षण, बच्ने उपाय र मानसिक स्वास्थ्य समस्याबारे जानकारी दिएको छ । उनीहरुले समुदायमा गएर टोल भेला, गाउँघर क्लिनिक, आमा समूहको बैठक वा स्वास्थ्यका हरेक अभियानमा नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याबारे छलफल गर्न थालेका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाले पालिकामा दैनिक नसर्ने रोगको जटिल समस्या भएका उपचारका लागि सिफारिस लिन आउन थालेपछि स्वयंसेविका परिचालन गरेको हो । पालिकामा नसर्ने रोगमध्ये मुटुसम्बधी रोग, श्वासप्रश्वाससम्बन्धी रोग, हृदयघात, मस्तिष्कघात, मधुमेह (चिनी रोग), दम, सिओपिडी र क्यान्सरको समस्या भएकाहरु दैनिक उपचारका लागि सिफारिस लिन आउने गरेका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले बताउनुभयो । “दिनप्रतिदिन बिरामीको सङ्ख्या बढ्दै गएकाले हामीले सचेतना फैलाउन थालेका छौँ”, उहाँले भन्नुभयो, “हामीले वडावडामा नसर्ने रोग परीक्षणबारे स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य संस्थाले समेत परामर्श दिने लगायतका कार्य गरिरहेका छौँ ।”

समाजमा नसर्ने रोगका बिरामी धेरै भए पनि कमै मात्रले रोग पत्ता लगाएर उपचार गराइरहेको र अन्तिम अवस्थामा जानकारी पाएर उपचारमा जाने भएकाले पालिकाले सचेतना फैलाउन थालेको जनस्वास्थ्य निरीक्षक धर्मसिँह बटालाले बताउनुभयो । “जनचेतनाको अभाव तथा कतिपय अवस्थामा स्वास्थ्य सेवाको पहुँच नपुग्दा नसर्ने रोग लागेको समेत थाहा नपाई अकालमा ज्यान गुमाउने गरेका छन्”, उहाँले भन्नुभयो, “नसर्ने रोगबाट बच्न मानिसले रहनसहन, खानपान र जीवनशैलीमा सुधार गर्नुपर्छ भनी सचेत बनाउन थालेका हौँ ।”

समुदायमा गएर स्वयंसेविकाले नसर्ने रोगबाट बच्न स्वस्थ्य खाना खाने, खानामा नुन र चिनी कम गर्ने, मैदाबाट बनेका परिकार कम खाने वा नखाने, बच्चा जन्मेको ६ महिनासम्म स्तनपान अनिवार्य गराउने, नियमित रुपमा शारीरिक व्यायम, कसरत गर्ने, क्यान्सर रोकथामका लागि ९ वर्षदेखि १३ वर्ष उमेर समूहका बालिकालाई ह्युम्यान पापिल्लोमा भाइरसको तीन मात्रा खोप लगाउने, ३० देखि ४९ वर्ष उमेर समूहका महिलाले पाठेघरको मुखको जाँच गराउने, ४० वर्ष नाघेका महिलाले स्तनको जाँच मेमोग्राफी गर्ने र कलेजोको क्यान्सर रोकथामका लागि हेपाटाइसिस ‘बी’को खोप लगाउनेलगायत कुरा जानकारी दिन थालेका छन् ।

नसर्ने रोग सरुवा रोगभन्दा भयानक रोग बन्दै गएकाले आफूहरुले सचेतना फैलाउन थालेका महिला स्वास्थ्य सेवक चन्द्रा चौधरीले बताउनुभयो । “समुदायका मानिसको सबैभन्दा नजिक हामी हुन्छौँ । हाम्रा कुरा समुदायले विश्वास गर्ने भएकाले नसर्ने रोगबारे समुदायमा जनचेतना फैलाउन सहज भएको छ”, उहाँले भन्नुभयो, “हामीले पनि तालिम पाएपछि धेरै कुरा सिक्यौँ, हाम्रा लागि पनि यो जानकारी उपलब्धिमूलक छ ।” महिला स्वास्थ्य स्वयंसेवक माया घर्तीमगर समुदायमा गएर नागरिकलाई स्वस्थ रहन सरसल्लाह र स्वास्थ्य शिक्षा दिने गरिरहेका बताउनुभयो । “तालिमपछि थप जानकारी दिन सहज भएको छ”, उहाँले भन्नुभयो । रासस

शुक्रबार, पुष ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.