• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

सेवा विस्तारमा फड्को मार्दै सेती अस्पताल

  •  शुक्रबार, पुष २०, २०८० मा प्रकाशित

अत्तरिया । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा फड्को मार्न थालेको छ । सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको अस्पतालले पछिल्लो समय सेवा विस्तारसँगै सेवा प्रवाहमा सुधार ल्याएको हो ।

देश सङ्घीयतामा गएसँगै अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल बनेको यस अस्पतालले विभिन्न उपकरण थपेको छ । सरकारी अस्पतालमा सिटीस्क्यान मेसिन नहुँदा बिरामीले निजी अस्पतालमा चर्को शुल्क तिरेर सिटीस्क्यान गर्नुपर्ने बाध्यता थियो । अस्पतालले सिटीस्क्यान मेसिन खरिद गरेर गत वर्षदेखि सेवा सुरु गरेसँगै चर्को शुल्क तिरेर निजी अस्पतालमा सिटीस्क्यान गर्नुपर्ने बिरामीको बाध्यता हटेको छ ।

“हामीले गत वर्षदेखि सिटीस्क्यान सेवा सुरु गरेका हौँ”, सेती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शेरबहादुर कमरले भन्नुभयो, “यसबाट धेरै बिरामी लाभान्वित भएका छन् । शुल्क पनि बाहिरभन्दा यहाँ ३० देखि ४० प्रतिशत कम छ ।” सिटीस्क्यानका लागि दैनिक २० देखि २५ जना बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

हालै मात्रै अस्पतालले एमआरआई मेसिन खरिद गरेर ल्याएको छ । यसअघि एमआरआई सेवा नहुँदा यस क्षेत्रका बिरामीले समस्या भोग्दै आएका थिए । “एमआरआई मेसिन आइसकेको छ । यो सिटीस्क्यानभन्दा परिस्कृत मेसिन हो”, डा कमरले भन्नुभयो, “जडान हुँदैछ, केही हप्तामा सेवा सुरु हुन्छ ।”

यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउकोलगायत शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ । अस्पतालमा २० शय्याको डायलासिस सेवा पनि सञ्चालनमा छ । विगतमा १५ शय्याबाट सेवा दिँदै आएकामा हाल विस्तार गरेर २० शय्या पु¥याइएको डा कमरले बताउनुभयो । उहाँले भन्नुभयो, “डायलासिसका लागि शय्या पनि बढाएका छौँ । दैनिक ४० देखि ५० जना बिरामीले सेवा लिनुहुन्छ । सरकारले तोकेका व्यक्तिले यो सेवा निःशुल्क पाउनुहुन्छ ।”

सरकारीतर्फ ५० र विकास समितितर्फ ७५ गरी एक सय २५ शय्याको स्वीकृति रहेको अस्पतालमा हाल तीन सय शय्या सञ्चालनमा छ । निमित्त सुपरिटेन्डेन्ट डा कमरले भन्नुभयो, “एक सय २५ शय्याको स्वीकृति भए पनि बिरामीको चापलाई मध्यनजर गर्दै तीन सय शय्या सञ्चालन गरिहेका छौँ ।”

सेवा विस्तारसँगै सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै लगिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गरेका छौँ । भीडभाड कम गर्न टिकट काउन्टर व्यवस्थितसँगै विस्तार गरिएको छ । शल्यक्रिया कक्ष थपेका छौँ । जनशक्ति व्यवस्थापन गरिएको छ । ल्याबलाई व्यवस्थित बनाइएको छ ।”

“अल्ट्रासाउण्ड गर्न दुई÷तीन दिन कुर्नुपर्ने अवस्था थियो अहिले छैन”, उहाँले भन्नुभयो, “सिटीस्क्यानको रिपोर्टका लागि चार÷पाँच दिन कुर्नुपर्ने अवस्था थियो । अहिले समयमै हुन्छ । आकस्मिक सेवाको चापलाई कम गर्न १५ शय्याको ‘अब्जरभेशन वार्ड’ बनाएका छौँ ।”

आगोले जलेको उपचार गर्न चार शय्याको ‘बर्न वार्ड’ पनि व्यवस्था गरिएको अस्पतालले जनाएको छ । क्यान्सर र मानसिक रोगसम्बन्धी उपचार सेवा थप्ने योजनामा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले बताउनुभयो । उहाँले भन्नुभयो, “थप सेवा विस्तार गर्ने योजनामा छौँ । हामी कहाँ क्यान्सर र मानसिक रोगसम्बन्धी उपचार छैन । यसका लागि पहलमा लागेका छौँ । स्वास्थ्य शैक्षिक कार्यक्रम चलाउने योजना छ । जसमा पिसियल लेवलको पढाइ हुनेछ । यो प्रक्रिया अगाडि बढेको छ ।” अस्पतालमा विद्युत् फिडर लाइन जडानको पहल पनि भइरहेको छ । जसले गर्दा छिन्छिनमा बत्ती जाने समस्या हल हुन्छ । रासस

शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.