• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

अपाङ्गता भएकाहरु भन्छन् : सरकार सहारा बनोस्

  •  आइतबार, पुष २२, २०८० मा प्रकाशित

टीकापुर (कैलाली) । टीकापुरको वनागाउँका टीकाराम डगौरा एकाबिहानै घर नजिकै सडकमा हिँडिरहेका बखत स्कुटरले ठक्कर दिएपछि घाइते हुनुभयो । उहाँको खुट्टा, एउटा हात र ढाडमा पनि नराम्रोसँग चोट लाग्यो र लामो समयसम्म उपचार गराउँदा स्वास्थ्यमा सुधार आएन । अहिले डगौरा हिँडडुल गर्न र शौचालय जानसमेत सक्नुहुन्न ।

खेतीपाती गर्दै आउनुभएका ६० वर्षीय उहाँलाई अचेल निकै आर्थिक कठिनाइ भएको छ । “श्रीमती छ र स्याहारेकी छ, आफैँ शौचालय जान पनि सक्दिन, घरभित्रै दिसापिसाब गर्छु”, डगौरा भन्नुहुन्छ, “दुर्घटना गराउनेले जिन्दगी बर्बाद गरिदियो । अहिले सहारा कोही छैन, कसरी जीवन चलाउने भन्ने चिन्ताले साह्रै सताएको छ ।”

टीकापुरकी रइकाशा विकको ढाड भाँच्चिएको छ । भारतमा रोजगारीका सिलसिलामा उहाँको ढाड भाँच्चिएको थियो । त्यसपछि विक समस्यामा पर्दै आउनुभएको छ । “पहिले सामाजिक सुरक्षाभत्ता पाउँथे, गत वर्ष नवीकरण गर्न पाइन”, उहाँ भन्नुहुन्छ, “यस वर्ष कार्ड बनाउने प्रयासमा छु । केही गर्न नसक्दा समस्यै समस्यामा जीवन गुजारीरहेको छु ।”

टीकापुरका डम्बर विकले अपाङ्गता भएकी २३ वर्षीया छोरी स्याहारिरहनुभएको छ । उहाँकी छोरीको हात नचल्ने, कान नसुन्नेलगायतका समस्या छन् । छोरीको मानसिक अवस्था पनि ठीक नभएकाले समस्या थपिएको छ । “छोरीमान्छेलाई स्याहार्न कठिन छ । हामी अरु काम गर्न पाइरहेका छैनौँ”, डम्बर भन्नुहुन्छ, “अपाङ्गता भएका छोरीमान्छे स्याहार्न अझ कठिन हुने रहेछ । त्यसैमाथि उनको मानसिक अवस्था पनि ठीक छैन । यस्तोबेला सरकारले सहयोग गरेको भए केही सहज हुन्थ्यो ।”

अपाङ्गता भएकाका समस्या थुप्रै छन् । जन्मजात, विभिन्न स्वास्थ्य समस्या वा दुर्घटनामा परी अपाङ्गता भएकाको जीवनयापनमा सरकार, परिवार र समाज सहयोगी हुनुपर्छ । अपाङ्गता भएकालाई कुनै क्षेत्र तथा व्यक्तिबाट सहयोग नहुँदा समस्या हुने गरेको उनीहरुको गुनासो छ ।

सरकारले अपाङ्गता भएका ‘क’ र ‘ख’ वर्गका नागरिकलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने गरेको छ । टीकापुर नगरपालिकाको तथ्याङ्कअनुसार अपाङ्गता भएका एक हजार १८ जनाले परिचयपत्र लिएका छन् । यस्ता व्यक्तिलाई चार प्रकारको डिजिटल कार्ड दिने गरिएको छ । ‘क’ र ‘ख वर्गको कार्ड पाउनेले सामाजिक सुरक्षाभत्ता पाउने र ‘ग’, ‘घ’ ले शिक्षा, स्वास्थ्य, यातायातलगायतमा सुविधा पाउने गरेका छन् ।

पालिकामा सामाजिक सुरक्षाभत्ता पाउने अपाङ्गता भएकाहरु ‘क’ वर्गका पूर्ण अशक्त ८१ जना र ‘ख’ वर्गको कार्ड भएका अशक्त ४०८ जना छन् । अपाङ्गता परिचयपत्र वितरण कार्यविधि २०७६ बमोजिम गठित समन्वय समितिका सदस्य खगेन्द्र घर्तीमगर आफ्नो काम आफैँ गर्न नसक्ने वा सहयोगी चाहिनेलाई मात्र सरकारले भत्ता सुविधा दिने गरेको बताउनुहुन्छ । “पालिकाले प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबार अपाङ्गता परिचयपत्र वितरण कार्यविधि, २०७६ बमोजिम गठित समन्वय समितिको निर्णयअनुसार अपाङ्गता परिचयपत्र दिने गरेको छ”, उहाँ भन्नुहुन्छ, “यो बैठकमा टीकापुर अस्पतालका चिकित्सक सहभागी हुने र स्वास्थ्य परीक्षणअनुसार सिफारिसपछि मात्र वर्गीकरण हुन्छ ।”

यसका साथै नगरपालिकाले प्रत्येक वर्ष अपाङ्गता परिचयपत्र शिविर गाउँगाउँमा गर्ने गरेको महिला बालबालिका शाखा प्रमुख सङ्गीता साह बताउनुहुन्छ । “पालिकाले मागमा आधारित भएर सहायता सामग्रीलगायत जीविकोपार्जनमा सघाउन विभिन्न तालिम र सहयोग उपलब्ध गराउँदै आएको छ”, उहाँ भन्नुहुन्छ, “अपाङ्गता भएकाहरुमा महिलाका समस्या धेरै छन् ।” रासस

आइतबार, पुष २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.