चितवन । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट बर्दिया अस्पताल सम्मानित भएको छ ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कको आठौं बार्षिकोत्सवको अवसरमा अस्पतालले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
अस्पताललाई प्रमुख अतिथि नेपाली कांँग्रेसका वरिष्ठ नेता तथा सांसद डा.शशांक कोइराला तथा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सम्मान गर्नु भएको थियो ।
अवार्डबाट सातै प्रदेशका १३ जना चिकित्सक, पांँचजना पत्रकार, पांँचजना स्वास्थ्यकर्मी र दुईवटा स्वास्थ्य संस्थालाई सम्मानित गरिएको थियो ।