• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
  • ४१ मिनेट 

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • ३ घण्टा 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • ५ घण्टा 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १ दिन 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ४. डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

डाक्टर पढ्ने ललितलाई सहयोग प्राप्त

  •  शुक्रबार, माघ १२, २०८० मा प्रकाशित

महेन्द्रनगर (कञ्चनपुर) । पूर्णसरकारी छात्रवृत्तिमा एमबिबीएस अध्ययनका लागि नाम निकाले पनि काठमाण्डौँमा बसाइलगायत व्यवस्थापन खर्चका लागि सहयोगको याचना गर्नुभएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवाका १७ वर्षीय ललित सार्कीलाई आर्थिक सहयोग प्राप्त हुन थालेको छ ।

पाँच दिनअघि राष्ट्रिय समाचार समिति (रासस) ले आर्थिक अभावका कारण घरमै अध्ययन तयारी गरेर एमबिबीएसको पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्नुभएका उहाँको विषयमा समाचार प्रकाशित भएपछि देश तथा विदेशबाट सहयोग प्राप्त हुन थालेको हो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबीएस अध्ययनका लागि छनौट हुनुभएका सार्कीले आर्थिक अवस्था निकै कमजोर भएकै कारण अध्ययन अवधिभर काठमाडौँ बसोबासकोका लागि चाहिने रकमका लागि भीमदत्त नगरपालिका धाइरहनुभएको थियो ।

सो समाचारपछि देउराली फाउन्डेसनले उहाँलाई एक वर्षसम्म मासिक रु १५ हजारका दरले सहयोग उपलब्ध गराउने सम्झौता गरेको छ ।

सार्कीको छात्रबास, खाना र स्टेसनरी खर्चबापत एक वर्षका लागि सो रकम उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख गर्दै फाउन्डेसनका अध्यक्ष भीम घिमिरेले एमबिबीएस अध्ययन गर्ने सार्कीलाई पढाइ अवधिभर सहयोग गरिने बताउनुभयो ।

“प्रत्येक वर्ष उहाँको पढाइको नतिजा हेरेर सम्झौता थप्दै जान्छौँ”, उहाँले भन्नुभयो, “अहिलेलाई पहिलो वर्षको सम्झौता गरिएको छ । उक्त समाचार प्रकाशित भएपछि उहाँको अवस्था बुझेर फाउन्डेसन सहयोग गर्ने निर्णयमा पुगिएको हो ।”

“राससमा समाचार आएपछि हालसम्म रु एक लाख १० हजार खातामा जम्मा भइसकेको छ,” खुसी व्यक्त गर्दै सार्कीले भन्नुभयो, “आधा दर्जनभन्दा बढी व्यक्ति र संस्थाले पढाइ अवधिभरको खर्च व्यहोरिदिने पनि भनेर फोन आइरहेको छ ।”

उहाँले समाचार प्रकाशित भएपछि अमेरिका, भारत, काठमाडौँ, धनगढीलगायत ठाउँबाट ५० जनाभन्दा बढी सहयोगी मनले विभिन्न माध्यमबाट आफूलाई सम्पर्क गरेको बताउनुभयो ।

घरमा एक कट्ठा जमिन मात्रै घडेरी रहेको र परिवारमा आर्थिक अवस्था कमजोर भएका बेला अध्ययनका लागि सहयोग पाउँदा खुसीको सीमा नरहेको उहाँको भनाइ थियो ।

एसइईसम्मको अध्ययन गाउँकै सिद्धनाथ माध्यमिकबाट पूरा गर्नुभएका सार्कीले दाताहरुकै सहयोग तथा कलेजको सहयोगमा महेन्द्रनगरस्थित रेडियन्ट क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह पास गर्नुभएको थियो । “आर्थिक अवस्थाले नभ्याउने भएकाले यही सुदूरपश्चिम विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययन गर्ने सोच बनाएको थिएँ,” पढाइमा अब्बल सार्कीले भन्नुभयो, “घरको रोटी खाएर साइकल चढी विश्वविद्यालय आउने सोच बनाइएकामा अहिले एमबिबीएस पढेर चिकित्सक बन्ने सपना बुन्न अघि बढेँ ।”
उहाँले दाता र सहयोगी सङ्घ संस्थाहरुबाट सहयोगका लागि लगातार सम्पर्क भइरहेको जानकारी दिँदै अब एमबिबीएस पूरा गर्न आर्थिक अभाव नहुनेमा ढुक्क भएको बताउनुभयो ।

“घरमै तयारीपछि तीन दिन काठमाडौँैमा साथीको डेरामा बसेर परीक्षा दिएर फर्किएका थिए,” उहाँले भन्नुभयो, “परीक्षामा सफल भएसँगै सहयोगी हातहरुले मेरो जीवनमै परिर्वतन ल्याइदिने भए ।”

सार्कीलाई आइतबार नगरपालिकाको पाँचौँ स्थापना दिवसका अवसरमा सम्मान गरिएको थियो । सार्कीले सरकारी विद्यालयबाट अध्ययन गरी एमबिबीएस अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेकामा ‘एन डी प्रकाश चटौत युवा प्रतिभा पुरस्कार’बाट सम्मानित गरिएको होे ।

“भीमदत्तमा पनि नगरप्रमुखले सरकारी विद्यालय पढेर आएकाले एमबिबीएस अध्ययनमा पनि सहयोग गरौँला भन्नुभएको थियो”, उहाँले भन्नुभयो, “अब मनकारी हातहरुको सहयोगमै डा बन्ने योजना सफल हुनेमा आशा पलायो ।”

त्यसैगरी, सार्कीकी आमा मायादेवीले कष्टकर दैनिक जीवनबीच सानै कक्षादेखि ललितले सहयोगबाटै पढ्दै गएको बताउनुभयो । “लामो समय नगरपालिकाको गोवरियामा साहुको जग्गा अधियाँमा कमाएर घरको खर्च चलायौँ,” उहाँले भन्नुभयो, “निकै दुःख गरेर पालेको छोरोले अहिले जताततैबाट सहयोग पाइरहँदा सपनाजस्तै लागिरहेको छ ।”

“दिनभरि टहराभित्रै बसेर पढ्थ्यो,” मायादेवीले भन्नुभयो, “भित्रै बसेर पढेर एमबिबीएसमा नाम निकालेभन्दा हामीलाई त त्यसको मेलोमेसो नै मिलेन ।”

उहाँले छोरा ललितको काँधमा एमबिबीएस पढेर समाजमा सेवा गर्ने जिम्मेवारी थपिएकामा खुसी व्यक्त गर्नुभयो ।

“सबै सहयोगीका कारण आज छोरो डाक्टर बन्ने भयो,” मायालदेवीले भन्नुभयो, “प्राप्त सहयोगलाई खेर फाल्ने दिने छैन भन्नेमा हामी परिवार ढुक्क छौँ ।” रासस

शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु
खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

ताजा

डीआर कङ्गोमा इबोला खोपको परीक्षण सुरु

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.