• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
  • १ घण्टा 

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
  • ३ घण्टा 

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • २२ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • २ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • २ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • २. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ३. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

डुडुवामा औलोको घरधुरी सर्भेक्षण

  •  सोमबार, फागुन २८, २०८० मा प्रकाशित

खजुरा (बाँके) । बाँकेको नरैनापुर गाउँपालिका औलो रोगबाट बढी प्रभावित भएको छ । पछिल्लो समय त्यहाँ औलोका बिरामी बृद्धिभएपछि उच्च सतर्कता समेत अपनाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नरैनापुरमा ८० औलोका बिरामी भेटिएको स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोगका ‘फोकल पर्सन’ दुर्गा गौतमले जानकारी दिनुभयो । यस क्षेत्रमा महिनौँदेखि औलोका बिरामी थपिँदै गएकाले पालिकाको समन्वयमा रगत परीक्षण, कीटनाशक झुल वितरण र सचेतनामूलक अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार पालिकाका सबै घरमा कीटनाशक झुल वितरण गरिएको र गर्भवतीलाई विशेष सावधानी अपनाइएको छ । चालु आव २०८०÷०८१ को साउनदेखि माघसम्म नेपालगञ्ज उपमहानगरपालिका, डुडुवामा र राप्तीसोनारी गाउँपालिकामा पाँच ÷पाँच जना, बैजनाथ गाउँपालिकामा एक जनामा औलोका बिरामी भेटिएको फोकल पर्सन गौतमले बताउनुभयो । जिल्लाका बाँके कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा औलोका बिरामी शून्य छन् ।

औलोका बिरामी देखिएका पालिकामा विशेष निगरानी गरिएको छ । रोग नियन्त्रण तथा व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालय र स्थानीय तहको संयुक्त पहलमा कीटनाशक झुल वितरण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

यसैगरी बाँकेको डुडुवा गाउँपालिकामा औलो रोग पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ । डुडुवा–४ शाहपुर्वा र मोल्हुपुर्वा गाउँका एक महिला र एक पुरुषमा औलो रोग पुष्टि भएको पालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो ।

उहाँका अनुसार स्थानीय दुई जनामा औलोको लक्षण देखिएपछि रगतको (आरडिटी र माइक्रोस्कोपिक) परीक्षण गर्दा औलो रोग पुष्टि भएको हो । दुई जनामा औलो देखिएपछि पालिकाले वडा नं ४ अन्तर्गतका टोलमा घरधुरी सर्भेक्षण सुरु गरेको जनाएको छ ।

तीन जनाका दरले चार वटा समूहमा १२ जना स्वास्थ्यकर्मी परिचालन गरी घरधुरी सर्भेक्षणसँगै स्वास्थ्य शिक्षा, परामर्श र जानकारी दिने कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख शर्माले बताउनुभयो । स्थानीयलाई ज्वरोलगायतका सामान्य लक्षण देखिने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा रगतको नमूना परीक्षण गर्न लगाइएको छ । सबै स्वास्थ्य संस्थामा रगत परीक्षणको कार्य निःशुल्क रुपमा व्यवस्था गरिएको छ ।

पालिकाले घरधुरी सर्भेक्षणपश्चात् रोगबाट बच्नका लागि निःशुल्क कीटनाशकयुक्त झुल वितरण गर्ने पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले भन्नुभयो, “पालिकाका केही वडामा औलो रोग भेटिएको छ, हामीले थाहा पाउनै बित्तिकै स्वास्थ्यकर्मी परिचालन गरी व्यवस्थापन गरिरहेका छौँ, उक्त रोगविरुद्ध हामी उच्च सतर्कता अपनाएका छौँ ।” रासस

सोमबार, फागुन २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

ताजा

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.