• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ३ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ५ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ५ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ५ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ५ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ८. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

ज्येष्ठ नागरिकलाई दीर्घरोगको समस्या

  •  बिहिबार, चैत ०१, २०८० मा प्रकाशित

टीकापुर । ज्येष्ठ नागरिक पदमादेवी कुँवरलाई दमको समस्या छ । पचहत्तर वर्ष उमेर लागेकी उहाँलाई ग्याष्ट्रिकको समस्याले सताएको छ । यसबाहेक समय समयमा देखिने विभिन्न खाले स्वास्थ्य समस्याले गर्दा नियमितजसो औषधि सेवन गरिरहनुपरेको उहाँ बताउनुहुन्छ । “चिसोमा पनि दमले सताउने, गर्मीमा पनि गाह्रो हुने गर्छ”, उहाँले भन्नुभयो, “खानपानमा निकै ध्यान दिनुपर्छ । शरीर कमजोर हुँदै गएको छ । स्वास्थ्यमा पनि विभिन्न समस्या देखिने गरेका छन् ।”

कैलालीकै कृष्णादेवी सञ्याजललाई मधुमेह, उच्च रक्तचाप र नसासम्बन्धी समस्याले सताउने गरेको छ । “नियमित औषधि खान्छु, दीर्घरोगले सतायो”, उहाँ भन्नुहुन्छ, “ बुढेसकालमा हाम्रो स्याहारसुसार गर्न परिवारलाई पनि समस्या हुने गरेको छ ।” उमेर ढल्कदै जाँदा मानिस शारीरिक रुपमा कमजोर हुँदै जान्छ । शारीरिक कमजोरी र उचित स्याहारसुसारको कमी र खानपान असन्तुलनले बुढेसकालमा विभिन्न खाले स्वास्थ्य समस्या देखा पर्दछन् । उनीहरु बुढेसकालमा ज्येष्ठ नागरिकलाई उचित स्याहार र परिवारको माया चाहिने बताउँछन् ।

अर्का ज्येष्ठ नागरिक शिव गौचनलाई पनि विभिन्न खाले रोगले सताएको छ । नियमित औषधि खानुपर्ने समस्या रहेको उहाँको भनाइ छ । “शरीरमा कहिल्यै आराम छैन, औषधिको सहारामा ज्यान बाचेको छ”, उहाँले भन्नुहुन्छ, “शरीरमात्र होइन मन पनि उमेर ढल्कदै जाँदा कमजोर हुने रहेछ ।”

टीकापुरकै मनबहादुर रावललाई पनि उच्च रक्तचापको समस्या रहेकाले नियमित औषधि सेवन गरिरहनुभएको छ । उहाँ सरकारले भत्ता उपलब्ध गराएर राम्रो गरिरहेको बताउनुहुन्छ । “म जस्ता नागरिकलाई सरकारले भत्ता उपलब्ध गराएर राम्रो काम गरेको छ”, उहाँ भन्नुहुन्छ, “त्यही भत्ताले आफ्नो खर्च चलाउन पुगेको छ । सरकारले स्वास्थ्य बीमा गरिदिएर औषधि उपचारमा सहज भएको छ ।”

मोती ढोली पनि विभिन्न खाले स्वास्थ्य समस्याबाट ग्रसित हुनुहुन्छ । छोरा बुहारी भारतमा भएकाले उहाँलाई कामकाजमा समस्या हुने गरेको छ । असी वर्ष पुग्न थालेकी धना ढुङ्गानालाई मधुमेहका कारण बढी समस्या हुने गरेको छ । उमेर ढल्केसँगै हातखुट्टा दुख्नेलगायतका समस्याले सताएको छ ।

टीकापुरकै गजमति थारु पनि नियमित औषधि खानुहुन्छ । गजमतिले घरमा सबै काम गर्नुहुन्छ । कृपाराम सञ्जाललाई उच्च रक्तचापले असर गर्दा राम्ररी बोल्न समस्या हुने गरेको छ । दुई वर्षदेखि उहाँको स्वास्थ्यमा समस्या छ । छोराहरु रोजगारीका सिलसिलामा अन्य मुलुक रहेकाले बूढाबूढी मात्र बसिरहेका उहाँ बताउनुहुन्छ ।

ज्येष्ठ नागरिक अधिकांश दीर्घरोगको समस्या झेलिरहेका छन् । यस्तो बेलामा स्थानीय सरकारले उनीहरुको उपचार सहजताका लागि ज्येष्ठ नागरिक शिविर, स्वास्थ्य बीमाजस्ता कार्यक्रम गरिरहेको छ । टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावल पालिकाले नसर्ने जटिल रोग भएका ज्येष्ठ नागरिकलाई उपचार खर्चमा समेत सहयोग गरिरहेको बताउनुभयो । “हामी ज्येष्ठ नागरिकका समस्यामा गम्भीर छौँ । हामीले उनीहरुलाई उपचारमा प्राथमिकता दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकको मनोसामाजिक अवस्था बुझेर परिवारले स्याहार गर्न आवश्यक छ ।”

टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने ६८ वर्षमाथिका चार हजार ६२१ र ६० वर्षमाथिका ज्येष्ठ नागरिक दलित ७४० जना छन् । ज्येष्ठ नागरिक एकल महिला ६० वर्षमाथिका ६२७ जना छन् । ज्येष्ठ नागरिकलाई उपचार र स्याहार मात्र होइन मनोसामाजिक रुपमा बलियो महसुस गराउन, उनीहरुलाई सामाजिक तथा व्यक्तिगत काममा सक्रिय बनाउने प्रयास हुनुपर्ने ज्येष्ठ नागरिकका अगुवा सरोज रेग्मीले बताउनुभयो । “हामीजस्ता उमेर ढल्केकालाई पनि दैनिकी जीवनमा सक्रिय राख्नुपर्छ, जसका लागि परिवार महत्वपूर्ण हुन्छ”, उहाँ भन्नुहुन्छ, “म सामाजिक काममा सक्रिय छु । यसले मानिसलाई ऊर्जावान् बनाउँछ । मनमा उत्साह भएमा बुढ्यौलीले पनि हार्छ । मानिसले काम गरिरहेमा शरीर पनि फुर्तिलो हुन्छ ।” रासस

बिहिबार, चैत ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.