• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ३ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • ५ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • ५ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • ५ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • ५ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २४ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २४ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ५. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ६. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ७. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ८. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

कर्णाली प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार

  •  आइतबार, चैत ११, २०८० मा प्रकाशित

काँकेविहार (सुर्खेत ) । कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार भएको देखिएको छ । भौगोलिक विकटताका कारण सबै ठाउँमा यातायातको पहुँच नपुगेको कर्णालीको स्वास्थ्य सूचकमा आंशिक सुधार देखिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्ध वार्षिक समीक्षामार्फत सार्वजनिक गरेको प्रमुख स्वास्थ्य सूचकमा यो अवस्था देखिएको हो । मन्त्रालयले सुरक्षित सुत्केरी, बालमृत्युको अवस्था, परिवार नियोजनका अस्थायी साधनको प्रयोग र पोषणको अवस्थालगायत समेटी चालु आवसहित तीन आर्थिक वर्षको तथ्याङ्क सार्वजनिक गरेको हो ।

कर्णालीमा सबै खालका खोप पूर्णरुपमा प्राप्त गर्ने बालबालिका आर्थिक वर्ष २०७८÷७९ मा ८८.६ प्रतिशत थियो । आव २०७९÷८० मा घटेर ८३ प्रतिशतमा झरेको छ । चालु आवको पुस मसान्तसम्म ८२ प्रतिशतले खोप प्रयोग गरेका छन् ।

त्यस्तै कूल बालबालिकामध्ये कम तौल भएका दुई वर्ष मुनिका बालबालिका आव २०७८÷७९ मा ४.१ प्रतिशत थियो । आव २०७९÷८० मा ३.६ प्रशित रहेको छ । चालु आवको पुस मसान्तसम्ममा २.७ प्रतिशत बालबालिका कम तौल भएको पाइएको छ ।

नवजात शिशुको मृत्यु सङ्ख्या आव २०७८÷७९ मा दुई जना रहेकामा आव २०७९÷८० मा शून्यमा झरेको तथ्याङ्क उल्लेख छ । तर चालु आवको पुस मसान्तसम्म छ जना मृत्यु भएको देखिएको छ ।

पाँच वर्ष मुनिका बालबालिकाको मृत्यु सङ्ख्या आव २०७८÷७९ मा १० जना, आव २०७९÷८० मा आठ जना र चालु आवको पुस मसान्तसम्म १० जनाको मृत्यु भएको तथ्याङ्कमा छ ।

आव २०७८÷७९ मा मातृ मृत्यु सङ्ख्या १७ जना रहेको छ । आव २०७९÷८० मा १६ जना छन् । चालु आवको पुससम्ममा छ जना आमाको मृत्यु भएको तथ्याङ्कमा देखिएको छ । परिवार नियोजनको साधनको प्रयोगदर आव २०७८÷७९ मा १८.७ प्रतिशत, आव २०७९÷८० मा १६.१ र चालु आवको पुस मसान्त सम्ममा १६.१ प्रतिशत रहेको पाइएको छ । चार पटकसम्म नियमित गर्भ जाँच गराउने गर्भवतीको सङ्ख्या आर्थिक वर्ष २०७८÷७९ मा ७२.३ रहेको थियो भने आव २०७९÷८० मा बढेर ९८.३ प्रतिशत पुुुगेको छ । चालु आवको पुुस मसान्तसम्म ८५ प्रतिशत पुगेको छ ।

आठ पटकसम्म गर्भ जाँच गराउने गर्भवतीको सङ्ख्या आव २०७८÷७९ मा शून्यमा झरेको छ । त्यस्तै आव २०७९÷८० मा ३४.६ प्रतिशत छ । चालु आवको पुस मसान्तसम्म ३१.४ प्रतिशत छ । सुत्केरीपश्चात् मापदण्डअनुसार तीन पटक जाँच गराउने आमा आव २०७८÷७९ मा ५२.६ प्रतिशत रहेकामा आव २०७९÷८० मा बढेर ५७.३ प्रतिशत पुगेको छ । चालु आवको पुस मसान्तसम्म ६८.८ प्रतिशत रहेको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

स्वास्थ्य संस्थामा गई सुत्केरी गराउनेको सङ्ख्या बढेको छ । आव २०७८÷७९ मा ६९.८ प्रतिशतले स्वास्थ्य संस्थामा गई सुत्केरी गराएकामा आव २०७९÷८० मा ८३.६ प्रतिशतले स्वास्थ्य संस्थामा गई सुत्केरी गराएका छन् । दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउनेको सङ्ख्या आव २०७८÷७९ मा ७०.१ रहेकामा २०७९÷८० मा ७४.५ रहेको छ । चालु आवको पुस मसान्तसम्म ५३.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा जम्मा क्षयरोग बिरामीको सङ्ख्या आ २०७८÷७९ मा एक हजार छ सय ५२ जना थिए । आव २०७९÷८० मा ८० जना घटेर एक हजार पाँच सय ७२ रहेको छ । चालु आवको पुस मशान्त सम्म छ सय ८५ मात्र क्षयरोगी रहेका छन् । कुष्ठरोगमा बिरामीको सङ्ख्या आव २०७८÷७९ मा ६८ रहेकामा आव २०७९÷८० मा ७३ र चालु आवको पुस मसान्तसम्म २८ जना छन् ।

एचआइभी सङ्क्रमितको सङ्ख्या आव २०७८÷७९ मा ७० जना थिए । आव २०७९÷८० मा ५६ र चालु आवको मसान्तसम्ममा ४४ जना रहेको तथ्याङ्कमा उल्लेख छ । प्रदेशभरि बहिरङ स्वास्थ्य सेवा लिन आएका बिरामीको सङ्ख्या आव २०७८÷७९ मा १०४.५ प्रतिशत, आव २०७९÷८० मा ८४.७ प्रतिशत र चालु आवको पुस मसान्त सम्म ५३.४ प्रतिशत रहेको छ । अस्पतालमा आकस्मिक सेवा लिने बिरामीको सङ्ख्या आव २०७८÷७९ मा ३.४ प्रतिशत, आव २०७९÷८० मा ५.१ र चालु आवको पुस मसान्तसम्ममा ६.२ प्रतिशत रहेको देखिएको छ । प्रदेश सरकारले स्वास्थ्य सूचकमा सुधार ल्याउन भरमग्दुर प्रयास गरेको जनाएको छ ।

कर्णाली प्रदेश पूर्ण खोपयुक्त घोषणा कार्यक्रमलाई मुख्य उपलब्धिका रुपमा हेरिएको छ । विद्यालयमा पोषण कार्यक्रम सञ्चालन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । तीन तहका सरकारको सक्रियतासँगै कर्णालीका स्वास्थ्य अवस्था सुधार भएको मुख्यमन्त्री राजकुमार शर्माले बताउनुभयो । भौगोलिक विकटताले गर्दा तोकिएका काम गर्न समय लागेकोसमेत मुख्यमन्त्री शर्माको भनाइ छ । रासस

आइतबार, चैत ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

ताजा

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.