ईश्वरी प्रसाद भुषाल । स्वास्थ्य क्षेत्रको अध्ययन प्रवेशमा मेरो प्रेरणा :
प्राविधिक शिक्षापछि रोजगारीको अवसर प्राप्त हुने अबस्था देखेर स्वास्थ्य क्षेत्रमा सेवामुलक कामको प्रकृति र अवसर राम्रो भएकोले गर्दा प्रयोगशाला क्षेत्रमा अध्ययन शुरु गरेको थिएंँ ।
विद्यार्थी जीवनमा फर्कदा
माध्यमिक तह सम्मको अध्ययन गाउँकै विद्यालयमा पुरागरी काठमाडौं पढ्नको लागि आएको र के पढ्ने भन्ने बिषयमा स्वास्थ्य क्षेत्र सेवामुलक भएको र अवसर पनि बढी हुन्छ भन्ने कुरा सुनेको हुनाले शुरुमा Lab Assistant बाट यात्रा शुरु गरेर काठमाडौंमा Lab Assistant पढाई पुरा गरिरहंँदा थाहा भयो कि lab Assistan subject Accademic नभई only Traning हो भन्ने त्यस पश्चात अगाडि पढ्न ISC पढेको भए थुप्रै बाटा खुल्ला रहंँदो रहेछ तर ISC नपढेको हुनाले माथि पढ्न भरतपुरमा School of Health Science वा Ku धुलिखेलमा मात्र अवसर भएको थाहा भयो र SoHS तयारी गरेर PCL Lab नाम निकाल्न सफल भै अध्ययन सन् २००८ मा पुरा गरे अध्ययनको शिलशिलामा प्रयोगशाला बिषय अध्यापनमा कलेजमा धेरै बिषयमा समस्या थिए सो कुरा पुरा गर्न विद्यार्थीको नेतृत्व गर्दै CTEVt केन्द्रसँंग दबाबमूलक कार्यक्रम गरेरlibrary managment,Teacher management,Practical lab को लागि bharatpur hospital,cancer hospital ,NPHL संँग सम्झौता गर्न दबाबमूलक कार्यक्रम सञ्चालन गरी त्यसको नेतृत्व गर्दै आन्दोलन सफल पारी गुणस्तरीय PCL Lab पढाई हुने अबस्थामा पु¥याएको साथै CTEVT को PCL पढाईलाई Bachelor पढ्न नपाईने अबस्था रहेको कुरा जानकारीमा आयो ।
सो अवस्था हटाउन राष्ट्रिय रुपमा आन्दोलन गर्ने देशभरी रहेका PCL Levels सम्पूर्ण बिषयका विद्यार्थीले आन्दोलन कमिटी बनाई राष्ट्रिय (केन्द्रिय) कमिटी बनाइयो र सो कमिटीमा मलाई सह(संयोजकको जिम्मा दिइयो र सो कमिटीको नेतृत्वमा लामो आन्दोलन पश्चात गिरिजा प्रसाद कोईरालाको मन्त्री मण्डलले क्याबिनेट स्तरीय निर्णय गरि Bachelor पढ्न पाउने निर्णय गरेको थियो ।
साथै Bachelor (BSC MLT)को अध्ययन Gov.of India को scholarship मा एशिया south भरिको राम्रो इन्स्टिच्युट PGI चंडीगढमा पुरा गर्ने मौका मिलेको थियो । विद्यार्थी जीवनमा गुणस्तरीय शिक्षा,विद्यार्थीलाई परेका विभिन्न समस्याको बिषयमा कलेज ,सरकार र विभिन्न सरोकारवालासंँग आन्दोलन,संघर्ष,वार्तागरी नेतृत्वदायी भूमिका निभाउंँदै आफ्नो उच्चशिक्षा (Lab) complete गरेको थिएंँ ।
अध्ययन पछिको स्वास्थ्य सेवा
शुरुमा विभिन्न private sector lab बिद काठमाडौंमा कार्य गरेको ।
PCL lab बिद अध्ययन पछि Blood Bank Dang शाखामा ६ महिना कार्य गरेको ।
•FHI INGO project मा PLHIv\ बिरामीको CD4 count अयगलत गर्न सेती अस्पताल धनगढीमा ६ महिना कार्य गरेको ।
लोक सेवा पास गरी जिल्ला अस्पताल बैतडी २०६५ सालमा सरकारी सेवा पांँचौ तहमा शुरु गरेको र डंँडेल्धुरा हंँुदै हाल राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरमा सेवारत ।
४. सुदूरपश्चिम र प्रयोगशाला क्षेत्रलाई फर्केर हेर्दा :
Distric Hospital Baitadi (As a Lab Incharge)- 3 Years (2066 to 2069 )- Government service नोटः नेपालको पछाडी परेको सुदूरपश्चिमको दुर्गम जिल्ला बैतडीमा प्रयोगशाला सेवालाई त्यस समयमा मेरै नेतृत्वमा सीमित पुर्वाधार, जनशक्ति ९जम्मा २ जनाले ० उदाहरणयोग्य काम गरेको
क. २४सै घण्टा प्रयोगशाला सेवा प्रदान गरेको ।
ख. microbiology सेवा विस्तार गरि सेवा प्रदान गरेको ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंको तात्कालिन निर्देशक डा. गीता शाक्यको सहयोगमा Blood Bank को स्थापना गरि सेवा प्रदान गरेको। धेरै सुत्केरी अवस्थामा रगत बगेर,रगतको कमी भएर मृत्युको मुखमा पुगेका आमाको ज्यान बचाएको साथै दैविक प्रकोप,एक्सिडेन्ट भएर चोटपटक लागि रगत बगेर ज्यान जान लागेका व्यक्तिको ज्यान बचाएको अनुभव छ जुन समयमा Blood Transfussion को लागि २५० किमी पहाडको बाटो यात्रा गरी धनगढी आउनु पर्ने बाध्यता थियो ।
घ.PLHIv\ बिरामीको लागि प्रदान गरिने बिशेष सेवा (CD4) जांँचको सेवा प्रदान गरेको जुन समयमा HIv\ infected बिरामीको नजिक जान र छुन पनि मानिस डराउने समय थियो , यो सेवा त्यस समय सुदूरपश्चिममा धनगढी मात्र थियो जुन विषय बैतडी दार्चुलाको पहंँुच भन्दा धेरै टाढा थियो ।
Dadeldhura Hospital Dadeldhura (As a Lab Incharge)- 9 Years (2069 to 2078) – Government service.
नोटः सुदूरपश्चिमको दुर्गम जिल्ला डंँडेल्धुरामा लगातार ९ बर्ष सेवा गरेको सो अवधिमा म डंँडेलधुरा सरुवा भएर आउंँदा प्रयोगशालामा जम्मा २ जना कर्मचारी रहेको र म आएपछि जम्मा ३ जनाबाट सेवा दिन शुरु गरेको सो समयमा धेरैनै कम सेवा रहेको थियो । अस्पताल पनि जिल्ला अस्पतालमात्र थियो भने अर्को अस्पताल SDCS नाम गरेको विदेशीको सहयोगमा सञ्चालित अस्पताल थियो विविध कारणले सो अस्पताल बन्द हुन गयो ।
डडेल्धुरा दुर्गम जिल्ला भएतापनि सुदूरपश्चिमका पहाडी सात जिल्ला जाने नाका हो र सेवाग्राहीको संख्या उलेखनीय थियो SDCS ले लामो समय विदेशी डाक्टरहरु मार्फत सेवा प्रदान गरेको हंँुदा त्यहाँका गरिब,सेवाको पहंँुच भन्दा टाढा भएको बिरामीले केही सेवा पाईरहेका थिए । जब SDCS बन्द भयो सम्पूर्ण बिरामीलाई जिल्ला अस्पताल डंँडेल्धुराले सेवा प्रदान गर्नुपर्ने भयो । जुनकुरा infastucture,जनशक्ति,साधन श्रोत हरेक हिसाबले गाह्रो थियो । सेवा पाउनुपर्छ भनेर जनताबाट आन्दोलन भयो बाटो बन्द गर्ने ,नारा जुलुस भयो , नेपाल सरकारले जिल्ला अस्पताल डंँडेल्धुरालाई उप – क्षेत्रीय अस्पताल घोषणा ग¥यो । तर बाँकी पूर्वाधार , जनशक्ति उस्तै जिल्ला अस्पतालकै तर जनताको माग समय अनुसारको सेवा दिन धेरै कठिनाई भयो त्यसपछि जनताको दबाब निरन्तर थियो ।
बिस्तारै स्वास्थ्य मन्त्रालयले जनशक्ति पठाउन शुरु गर्यो र लोक सेवा मार्फत १५ जना डाक्टर र २० जना नर्स पठायो साथै अस्पताल विकास समिति पनि गठन भयो । कार्यालयले गति लिने जस्तो भयो । अस्पताल विकास समितिले डाक्टर ,कर्मचारी , जनप्रतिनिधि राजनैतिक दल ,स्वास्थ्य बुझ्ने व्यक्ति सबैलाई राखेर बैठक बस्यो । सो बैठकमा धेरै सेवाको बिषयमा कुरा भयो डाक्टरहरु मार्फत सबै सेवा संगै अगाडी बढ्नुपर्छ भन्दै प्रयोगशाला सेवाको अबस्था कस्तो छ , अहिलेको अबस्थामा प्रयोगशाला सेवा गुणस्तरीय व्यवस्थित,हामीलाई dignosis,उपचारको लागि विभिन्न किसिमको जाँचको सुविधा भएको र २४सै घण्टा चाहिन्छ , भन्ने कुरा राख्नुभयो । त्यस समय सेवा १० देखि ३ बजे सम्म मात्र सञ्चालन थियो । तर प्रयोगशाला जनशक्ति,मेशिन,ठाउँ सबै कुराको कमी थियो मैले हालको अवस्थाको बारेमा सबै बताएंँ ।
डाक्टरहरुबाट ल्याबमा हामीलाई तत् तत् सेवा चाहिन्छ भन्ने कुरा आयो, जुनकुरा डंँडेल्धुरा अस्पतालमा तुरुन्त सम्भवनै छैन भन्नुपर्ने अबस्था थियो । मलाई धर्म संकटजस्तो पर्यो । मनमनै सांँेचे डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका गरिब जनता , सेवाको पहंँुच र मैले हासिल गरको मेरो सिप र मैले सरकारी सेवा गर्न पाएको मौका साथै प्रयोगशाला प्रमुखको जिम्मेवारी अनि मैले भने यो बैठकमा उपस्थित सबै जनाले सहयोग गर्ने हो भने प्रयोगशाला सेवाको लागि बिरामी धनगढी रिफर गर्न नपर्ने बनाउंँछु र धनगढी अञ्चल अस्पताल हो, यो उप – क्षेत्रीय अस्पताल हो भनेर प्रयोगशाला सेवाको लागि धनगढीबाट test को लागि जाँचका नमुना डंँडेल्धुरा आउने सम्म बनाउंँछु र फेरी हरेक कुरामा सहयोग गर्नु पर्छ ।
मेसु र अस्पताल विकास समिति अध्यक्षले तपाई काम गर्नुस हामी सहयोग गर्छौं भन्नु भयो । सहयोग पनि पाएंँ लगातार ९ बर्ष डंँडेल्धुरा अस्पतालमा काम पनि गरेंँ, सहयोग पनि प्राप्त भयो । समय धेरै उत्तारचढाब भयो, बीचमा कोभिड प्रकोप आयो । बिशेष काम गरियो र सम्मान पाइयो । धेरै लाई बचाउन सकियो तर covid मा अरुको लागि काम गरेर धेरैको ज्यान बचाउनमा प्रयोगशाला सेवाबाट सहयोग गरियो तर मैले मेरो सासु आमालाई covid उपचारमा महेन्द्रनगरबाट डंँडेल्धुरा लगेको थिएंँ बिडम्बना बचाउंँन सकिन ठुलो पीडा भयो तर धेरैलाई सेवा दिन पाउंँदा, समुदायको माया पाइयो, दिनरात नसुतेर , आफ्नो पायक नपर्ने दुर्गमको ठाउँ भएपनि आफ्नो पेशामा डुबेर काम गर्दा धेरै सन्तुष्टि प्राप्त भयो ।
हाल डंँडेल्धुरा अस्पताललाई मेडिकल कलेज बनाउंँदा पठनपाठनको शुरुवात गर्न लाग्दा चिकित्सा सेवा आयोगले गरेको निरीक्षणमा प्रयोगशालामात्र मापदण्ड पुरा छ भनेर ल्याबमा मात्र पठनपाठनको अनुमति दिई यसै बर्ष देखि BMLT पठनपाठन शुरु भएको हंँुदा धेरै खुशी लागेको छ र त्यो बैठकमा भनेको कुरा,सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका बिरामीले पाएको प्रयोगशाला सेवाको साथै अन्य जिल्लाका ल्याब बनाउंँदा डंँडेल्धुरा अस्पतालको ल्याबलाई मोडल मानेर हेर्न आई धेरै सुदूरपश्चिमका जिल्लाका ल्याबको सुधार भएको देख्दा अतिनै खुशी लागेर आउंँछ ।
साथै मैले अस्पतालको बैठकमा गरेको commitment बिरामी डंँडेल्धुराबाट प्रयोगशाला सेवाको लागि धनगढी बिरामी refer गर्न नपर्ने commitment पुरा गर्न सफल भएकोमा commitment को समयमा धनगढी ,महेन्द्रनगरबाट lab जाँचको sample डंँडेल्धुरा अस्पताल lab मा आउन शुरु भयो हामी त्यस समय emergency मा covid PCr को result १ घन्टामा प्रदान गथ्र्यों । र ठुलो sample भोलि पल्ट प्रदान गथ्र्यौ, जसमा NTCC / NPHLको पनि सहयोग गरेको थियो ।
डडेल्धुरा अस्पताल प्रयोगशालामा गरेका नवीनतम कार्यहरु :
१. covid lab सञ्चालन सुदूरपश्चिम फाउन्डेसनले चन्दा उठाई मेशिन दिएको र डंँडेल्धुराका स्थानीय तहले सहयोग गरी घर बनाईदिएर covid lab सञ्चालन गरेको र सुदूरपश्चिममा covid मा बिशेष योगदान दिएको ।
२. १ कोठामा रहेको lab डंँडेल्धुरा अस्पतालको lab हाल BMLT पठनपाठनको लागि मापदण्ड पुरा हुने अवस्थामा पु¥याउन सफल भएको जुन lab मा शुरुमा हामी ३ जना कर्मचारी थियौं । हाल २५ जना कर्मचारीले काम गर्दैछन् ।
३. विभिन्न lab सेवा विस्तार भएको Bio – chemistry, Haematology,Immunology ,Microbiology emergency lab covid lab etc नेपाल सरकारको अस्पताल lab देश भरिमै उदाहरण दिन मिल्ने अवस्थामा पुगेको ।
covid -19 को समयमा सुदूरपश्चिम सरकारले दिएको जिम्मेवारी अनुसार बैतडी जिल्ला अस्पताल,बझाङ्ग जिल्ला अस्पताल र अछामको कमल बजारमा PCR सेवा विस्तार गर्न सफल भएको ।
सुदूरपश्चिम सरकार र (PPHL)ले छुट्टाछुट्टै covid मा बिशेष योगदानका साथै समग्र सुदूरपश्चिममा प्रयोगशाला सेवाको विस्तार,गुणस्तरीय प्रयोगशाला सेवाको सेवा विस्तार र सेवा प्रदान गर्नुभएको भन्दै सम्मान र पुरस्कृत गरेको ।
मेरा पेशागत सुझाबहरु :
१ .प्रयोगशाला सेवा सरकारी अस्पताल ,ल्याबमा महँगो व्यापारको रुपमा स्थापित हुँदै गएको हँुदा तुरुन्त सरकारले नियन्त्रण गर्नुपर्छ गरिब जनतालाई महंगो स्वास्थ्य सेवा हुँदै गएको छ ।
२ . सरकारी अस्पतालमा देशभरी प्रयोगशालामा लाग्ने शुल्क एकैनाशको हुनुपर्दछ ।
३ . प्रयोगशाला सेवा प्रदानगर्न सरकारी दरबन्दी धेरै कम छ , बिरामी संख्या ( work load)