बाँके । क्यान्सर निको पार्न गरिने उपचार पद्धतिबारे नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेड काठमाडौंले जानकारी गराएको छ । नेपालगन्जमा आयोजित एक कार्यक्रमबीच क्यान्सरको उपचार पद्धति, रोग पहिचान गर्न प्रयोग गरिएको नयाँ प्रविधिबारे जानकारी गराइएको हो ।
कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष एवम् सिनियर कन्सल्टेन्ट मेडिकल अन्कोलोजिष्ट (एमडी) डा.सुदिप श्रेष्ठले क्यान्सरको उपचारका लागि देश बाहिर जानुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । समयमै उपचार पाएमा क्यान्सर निको पार्न सकिने उहाँको भनाई थियो ।
सिनियर अन्कोलोजिष्ट सर्जन डा. हेमन्त बताजु, सिनियर कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. बनिता गुरुङ, कन्सल्टेन्ट गाइनेकोलोजिष्ठ डा. अञ्जु श्रेष्ठ र असिस्टेन्ट कन्सल्टेन्ट रेडियोलोजी अन्कोलोजिष्ट नवीन काजी बज्राचार्यले क्यान्सरका प्रकृति, रोग निदान गर्ने प्रविधिको प्रयोग लगायतबारे जानकारी गराउनुभएको थियो ।